निर्णय नं. ६७०७ - करार अनुसारको सांवा व्याज दिलाई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०७ - करार अनुसारको सांवा व्याज दिलाई पाऊँ । भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/१०/११ २७३९ निर्णय नं. ६७०७ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५२ सालको स.अ.दे.पु.नं.... ३३५८ फैसला मितिः २०५५।१०।११।२ मुद्दाः करार अनुसारको सांवा व्याज दिलाई पाऊँ । पुनरावेदक प्रतिवादीः जि.पर्सा बीरगंज नगरपालिका वडा नं १२ बस्ने श्रवण कुमार अग्रवाल । विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने शंकरलाल मारवाडी । § पुनरावेदन अदालतको क्षेत्राधिकार सम्बन्धि न्याय प्रशासन ऐन, २०४८ को व्यवस्था हेर्दा दफा १४ को खण्ड (ख) ले पुनरावेदन सुन्ने अदालतले तल्लो अदालतले गर्न पाउने फैसला गर्न पाउने गरी क्षेत्राधिकारको व्यवस्था भएकै देखिन्छ । शुरु पर्सा जिल्ला अदालतको खारेजी फैसलालाई फैसला होइन, कारवाही तहको आदेश मात्र हो भन्न नमिल्ने भएकोले पुनरावेदन अदालत हेटौडाबाट क्षेत्राधिकार ग्रहण गरी औचित्यमा फैसला गरेको कानूनी र न्यायिक प्रचलन अनुरुप नै देखिन आउने । (प्र.नं. १२) § कुनै पनि मुद्दामा नालेस उजूर गर्ने पक्षले आफूलाई परेको मर्का मुद्दा गर्नुपर्ने कारण र सम्बन्धित कानूनका विभिन्न दफाहरु खुलाई नालेस उजूर गरेकोमा निजव्दारा खुलाईएको मध्ये कुन चाहि प्रयोग हुने हो उपयुक्त कानूनको चयन गर्नुपर्ने अदालतकै कर्तव्य भएको र तदनुसार करार सम्बन्धी ऐन, २०२३ को दफा १६ प्रयोग गरी वादी दावी अनुसार लिखत बमोजिमको रकम रु ८,००,०००। (आठ लाख रुपैया) भरी पाउने गरी शुरु पर्सा जिल्ला अदालतको खारेजी फैसला वदर गर्ने गरेको इन्साफ मनासिव देखिँदा पुनरावेदन अदालत हेटौडाको मिति २०५२।३।१९ गतेको फैसला सदर हुने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, हेटौडाबाट मिति ०५२।३।१९ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः २. विपक्षी म संग अंश लिई भिन्न भएको छोरा हुन् । निजले रा.वा.बैंक बीरगंजमा रुपैया कर्जा लिई निजको नाममा दर्ता रहेको जिल्ला पर्सा वीरगंज न.पा. वार्ड.नं. १२ को र.नं. ९२६ को ज.ब. ०–०–१७.५ र सो जग्गामा बनेको दुई तल्ले पक्कि घर १ एक पछाडि पट्टीको पक्कि घर तीन तल्ले अगाडीको घरमा जडान गरको सेलर तेल मिल समेत धितो राखेको सेलर मिल सहितको सम्पुर्ण घर जग्गाहरु बैंकबाट फुकुवा भएपछि मलाई सो जग्गा रजिष्ट्रेशन गरी दिने भोगचलन आजै देखि गर्न पाउने र विपक्षीले रुपैया दिएमा रजिष्ट्रेशन भएपनि सो सवै घर जग्गा समेत फिर्ता गरी दिने गरी विपक्षी र मेरो बीचमा ०४७।८।५ गते घरसारमा करारको लिखत भएको, उसै दिन विपक्षीलाई रु ८,००,०००। (आठलाख) रुपैया दिई बैंकको ऋण चुक्ता गर्न लगाएको थिए । उक्त जग्गा करार अनुसार मलाई रजिष्ट्रेशन गरी देउ भनि वरावर विपक्षीलाई भन्दा बैंकबाट फुकुवा भएको छैन फुकुवा हने वित्तिकै रजिष्ट्रेशन गरी दिन्छु भन्दै आएको र लिखतमा लेखिए अनुसार भोगचलन पनि गर्न नदिएकोले रा.वा. वैंक, वीरगंजमा गई सम्पर्क राख्दा विपक्षीले सो घर जग्गा ०४७।१२।२० मा फुकुवा गराई सो घरजग्गा कृषि विकास वैकमा धितो राखी २,००,०००। (दुईलाख) कर्जा लिएको र थप रु २,५०,०००। समेत लिने तरखरमा रहेको थाहा हुन आएकोले करार बमोजिम