निर्णय नं. ९०६ - मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०६ - मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/05/17 २३३८ निर्णय नं. ९०६ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् ०३१ सालको दे.फु.नं. ८४ फैसला भएको मिति : ०३२।५।१७।३ मा निवेदक : जि.पाल्पा, बन्दी पोखरा गा.पं.वा.नं.१ बस्ने गोविन्दबहादुर रावल विरुद्ध विपक्षी : जि. बुटवल खस्यौली न.पं. बस्ने रामबहादुर रावल क्षेत्री समेत मुद्दा : मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ (१) मिलापत्रबाट बण्डा लिई पाएको भएमात्र मिलापत्रबमोजिम सम्पत्ति दिएन दिलाई पाउँ भन्ने नालिस दावी लाग्न सक्ने, लिई पाई हक भएकै नदेखिएकोमा मेरो हक सदर थामी बाली बिगो भराई पाउँ भन्ने वादीको नालिस दावी लाग्न नसक्ने । (प्रकरण नं. १४) विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०२७।५।९ गते निर्णय भएको दोहर्याई पाउँ भन्ने निवेदक वादी गोविन्दबहादुरले चढाएको निवेदनमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएको यसमा लेखिएको मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनि दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी विशेष जाहेरी विभाग सवारी सिविर धनकुटाबाट लेखि आएको प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : ७० सालमा बण्डापत्र हुँदा चेरथरी ।। मध्ये । बाबु जोगबहादुर समेतका बण्डामा परी सगोलमा रहेको चक्रबहादुरको बण्डा पनि बाबुले राजीनामा लिई ७८ सालमा बाबुको नाउँमा नाउँसारी भएको अवस्था चक्रबहादुरको चेरथरी मौजा बढाबढ गर्नु भन्ने ८२ सालमा खड्गनिशाना भई बढाबढी भएपछि ८७ सालमा सो बदर भई चक्रबहादुरले भोगचलन गरिआएको ९१ सालमा अंश मुद्दा पर्दा आमा जौंकुमारी र विपक्षीका बाबु डि.चक्रबहादुर समेतको मिलापत्र गरेछन् । सो ९१ सालको मिलापत्र समेतले हक भोग हुन आएको मधेसको चेथरी । आना म नाबालख आमा विधवा भएको अवस्था ९५ सालदेखि चक्रबहादुरले भोग गरी साल–साल आयस्ता दिने गरिआएको १५ सालदेखि आयस्ता पनि नदिने जग्गा पनि चलन गर्न नदिने गरेकोले अंश छुट्याई पाउँ भनी मेरो उजूर परेकोमा मिलापत्रबमोजिमको सम्पत्ति दिलाई पाउँ भन्ने उजूर परेमा ठहरे बमोजिम हुने भनी स.अ.डिभिजन बेञ्चबाट खारेजी फैसला भएको ७० सालको बण्डापत्र कायम राखी ९१ सालको मिलापत्रले हक भएको चेरथरी । जिमिदारीमा खिचोला मेटाई मेरो हक सदर थामी उक्त जग्गाको मैले पाउने साल ३ को आयस्ता रु.२७३४३।६ दिलाई पाउँ भन्नेसमेत वादी गोविन्दबहादुरको फिराद । ३. मधेशको चेरथरी ।। आठ आना ८२ सालमा लिलाम भई चन्द्रवीरले लिएकोमा बाबु चक्रबहादुरको उजूर पर्दा लिलाम बदर भई मौजा छाड्न मन्जुर गरे मालबाट लिई फिर्ता गराई मौजा चक्रबहादुरलाई थामी दिनु छाड्न मन्जुर नगरे लिलाममा लिएको थैली र जफत भएको आयस्ता चक्रबहादुलाई फिर्ता दिनु भन्नेसमेत ८७।४।१२ मा खड्गनिशाना भई चन्द्रवीरले रुपैयाँ बुझी छाडि दिएबाट मालबाट बाबा चक्रबहादुरले वहालीसमेत पाई दर्ता दाखिल खारेज भई आफ्नो भोगचलन भई आएको ९१ सालको मिलापत्रले वादीको हकनै छैन, मालपोत समेत हामीले नै तिरी भोग गरेको १६ सालमा हामी दाजु भिन्द हुँदा सो जिमिदारी म रामबहादुरको बण्डामा परि दर्ता वहाली गर्न ३५ दिने म्याद टांसिएकोमा समे