निर्णय नं. ६७०८ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७०८ - निषेधाज्ञा भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०७/०९ २८७० निर्णय नं. ६७०८ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत् २०५२ सालको दे.पु.नं.... ३०२२ फैसला मितिः २०५५।७।९।२ मुद्दाः निषेधाज्ञा । पुनरावेदक निवेदकः जि. भोजपुर दोभाने गा.वि.स. वाड नं. ४ वस्ने कृष्ण वहादुर खत्री समेत । विरुद्ध प्रत्यर्थीः झापा जिल्ला अदालत तहसिलदार समेत । § फैसला र कानून बमोजिम विगोभरी भराउ हुने कार्यलाई आशंकाको स्थिति देखाई विगो भरी पाउँ भन्ने व्यक्तिलाई विपक्षी समेत नवनाइएको निषेधाज्ञाको निवेदनबाट कारवाही रोक्न कानूनसंगत पनि नहुने हुँदा माग बमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिलेन तसर्थ निषेधाज्ञाको निवेदन खारेज गर्ने ठहराएको पुनरावेदन अदालत इलामको मिति २०५१।११।२९ को निर्णय आदेश मनासिव देखिँदा सदर हुने । (प्र.नं. ८) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री चन्द्रप्रकाश काफ्ले प्रत्यर्थी तर्फवाटः X अवलम्वित नजिरः X फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत, इलामको मिति ०५१।११।२९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छः २. हाम्रा दाता नारायण सिंह राजबंशीका नाममा दर्ता हकभोग भएको मोरङ वयरवन ९(क) कि.नं. ५९,६०,६१,६२,६४ समेतको जग्गा मध्ये नारायण सिंहबाट अधिकृत वारेसनामा लिने भानुकुमार लिम्बुबाट मिति ०५०।११।२४ मा निदेदक दुर्गाप्रसाद अधिकारीले र मनोज कुमारले र.नं. ५५९९ कि.नं. ५९ को ससिम कि.नं ६१ बाट ज.वि. २–१९–० कि.नं. ६४ वाट १–१०–० जग्गा निवेदक दुर्गा प्रसाद ढकालले र.नं. ५६०१ कि.नं. ६१ बाट ज.वि. १–४–० निवेदक लक्ष्मी माया चौहानले र.नं. ५६०० कि.नं. ६१ वाट ज.वि. १–०–० निवेदक कृष्ण वहादुर खत्रीले र.नं. ५६०२ कि.नं. ६१ बाट ज.वि. ०–१०–० जग्गा मालपोत कार्यालय काठमाडौ चावहिलबाट रजिष्ट्रेशन गराई लिएपछि हाम्रो हक स्वामित्व निर्विवाद रहेको अवस्थामा हाम्रा दाता नारायण सिंह राजबंशी र रुद्र प्रसाद न्यौपाने, हरि प्रसाद न्यौपानेले समेत भई लेनदेन मुद्दा गरी नारायण सिंहबाट वादी रुद्रप्रसाद न्यौपाने, हरि प्रसाद न्यौपानेले विगो भरि पाउने गरी फैसला भएपछि विगो भरिभराउको लागि निजहरुको तहसिल फाँट झापामा दरखास्त दिई उक्त राजिनामा पास गरी लिएको जग्गा रोक्का राखि सोही जग्गाबट वादीको विगो भरी भराउ गरी दिने ०५१।३।२१ गते लिलाम गर्ने सूचना प्रकाशित गरेकाले नारायण सिंह राजवंशिले खाएको कर्जामा हामीले रजिष्ट्रेशन गरी हाम्रो स्वामित्वमा रहेको जग्गाबाट विगो भरी भराउ गरी दिनु पर्ने होइन । उक्त हाम्रा जग्गामा विपक्षी झापा जिल्ला अदालतबाट हामीले नखाएको विगोमा लिलाम गर्ने पूर्ण आशंका विद्यमान भएको हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा ६(६) तथा दफा ९ विपरित हुने गरी उपरोक्त जग्गा लिलाम गर्ने भएकोले सो जग्गा लिलाम नगर्नका लागि विपक्षीहरुका नाममा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने निवेदन दावी । ३. निवेदकको माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी नहुने हो ? सूचना पाएको मिति वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने मिति ०५१।३।१७ गतेको आदेश । ४. वादी हरिप्रसाद न्यौपाने र रुद्र न्यौपाने प्रतिवादी नारायण सिंह राजबंशी भएको लेनदेनको विगो मुद्दा वादी रुद्र प्रसाद प्रतिवादी नारायण सिंह भएको लेनदेन मुद्दामा