निर्णय नं. ९०७ - लुटपिट हक बेहक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०७ - लुटपिट हक बेहक भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/04/20 २३४० निर्णय नं. ९०७ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. ११६ फैसला भएको मिति : २०३२।४।२०।३ प्रतिवादी : का.जि. गोकर्ण बस्ने भक्तकुमारी बिष्ट क्षेत्रीनी समेत विरुद्ध विपक्षी : का.जि.गोकर्ण सुताखानी पुली गाउँ बस्ने डोलबहादुर बिष्ट क्षेत्री मुद्दा : लुटपिट हक बेहक (१) भोगबन्धकी खाने साहुले लखबन्धकीसम्म लेखी दिन पाउने कानूनी हक हुनेमा तिरो तिरेको रसिदबाट आफ्नै हक भनी राजीनामा गरी दिएकोमा राजीनामाबाट पाउने व्यक्तिको दावी लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १९) (२) भोगबन्धकीमा खाने भोग्नेवाला भनी दर्तामै जनिई राखेको छँदै थैली कपाली भइसकेको भन्ने जिकिर मुनासिव नदेखिने । (प्रकरण नं. २०) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०२९।१।२९ मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने प्रतिवादी खेचरबहादुर बिष्ट क्षेत्रीसमेतले चढाएको विन्तिपत्रमा सर्वोच्च अदालत फुल बेञ्चबाट एकपल्ट दोहर्‍याई हेरी दिनु र त्यसको नतिजा जाहेर गर्नु भनी सर्वोच्च अदालतमा लेखी पठाई दिनु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्सेको भनी विशेष जाहेरी विभागबाट ०२९।५।२ मा छुट्टै लेखी आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहर्‍याएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : साल १ को धान २।१६ गहुँ ।२ घ्यू रु.।३३ चा.ठे.।५ समेतको माल पहिलामा तिर्नुपर्ने पुली खेत मुरी ।१३।०१८।३।२५ मा राजीनामा पास गरी लिई मेरो हक भएको जग्गामा मैले दश कर्म गरी पकाएको धानबाली ०१९ साल कात्र्तिक २५ गते विपक्षी समेतका मानिस आई लुटपिट गरी लगे बिगो रु.४१५। विपक्षी ३ जनाबाट भराई पाउँ भन्नेसमेत डोलबहादुरको फिराद । ३. सो जग्गा ८२ सालमा मेरो ससुरा टेकबहादुरको नाउँमा रै.नं.२८७ दर्ता भई त्यसपछि पदमबहादुरले बन्धकीमा खाएकोले ९९।१०।५ मा पदमबहादुरका नाउँमा बन्धकी जनिई दर्ता भएको उल्लेख गरेको जग्गा मध्ये आधा खेत मुरी ।६।१० खेचरबहादुरको र आधा ।६।१० मा पनि आधी हरिबहादुरको आधी ।३।५ मेरो अंश हक भएकोले सासु रत्नकुमारीसँग छुट्टिई भिन्न भई ०१० सालदेखि मेरो भागमा परेकोले भोगचलन गरिआएको छु, मेरो भागको खेत ।३।५ मा मैले नै दश कर्म गरी काटी माडि ल्याएको हुँ, विपक्षीको दश कर्म भन्ने झुट्टा हो भन्नेसमेत प्र.भक्तकुमारीको प्रतिउत्तरपत्र । ४. मेरो बाबुको अंश भागमा परेको माटो मुरी ।६।१० मध्ये माटो मुरी ।३।५ मेरो अंश भागमा र माटो मुरी ।३।५ दाज्यू भिमबहादुरका भागमा परेकोले दाजु परलोक भई रत्नकुमारीबाट हक भोग गरी खाई आएको वादीको दश कर्म भन्ने झुट्टा हो भन्नेसमेत हरिबहादुरको प्रत्युत्तरपत्र। ५. वादीमा उल्लेख बमोजिम खेत ।१३ को धान २।१९ गहुँ ।२ घ्यू रु.।३३ चा.ठे.।५ मध्ये आधी ।६।१० हरिबहादुरको बाबु मेरा जेठा बाबु टेकबहादुरका र मेरो बाबु खिलबहादुर २ भाइ भिन्न हुँदा आधी–आधी गरी १९८५ सालमा अंशबण्डा छुट्याई बाबुको अंशको खेत ।६।१० मा घर बनाई घरबारी गरी हक भोगचलन गरिआएको पदमबहादुरले भोगबन्धकी खाएको असामीले थैली बुझाएमा पछि छाडिदिने भनी दर्ता गरी राखेको छ, विपक्षी वादीको भाग दश कर्मको बाली लुटपिट गर्‍यो भन्ने झुट्टा हो, ०१९ साल जेष्ठ महिनामा धान रोपी दश