निर्णय नं. ४८२१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८२१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०९/०६ २५०० निर्णय नं. ४८२१ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०४८ सालको रिट नं. १६६९ आदेश मिति: २०५०।९।६।३ निवेदक : राप्ती अंचल प्यूठान जिल्ला पुष्पखोला गा.वि.स. वडा नं. ७ घर भै नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगंजको सुरक्षक पदबाट दरखास्त गरिएको नरेशराज भट्ट । विरुद्ध विपक्षी : संचालक समिति नेपाल बैंक लि. प्रधान कार्यालय, काठमाडौं समेत । विषय : उत्प्रेषण । (१) नेपाल बैंक लिमिटेडको कर्मचारी नियमावली, २०३१ को नियम ८(२) को ५ मा विभागीय कारवाही गरी सजाय गरेकोमा त्यस्तोमा सजायमा चित्त नबुझ्ने कर्मचारीले संचालक समिति समक्ष पुनरावेदन दिन सक्ने व्यवस्था भएको पाइन्छ । पुनरावेदन परेपछि पुनरावेदन सुन्ने अधिकारी पनि नियम ८(१०) को (२)(क)(ख)(ग) बमोजिम निर्णय गर्नुपर्ने हुन आउँछ । तर संचालक समितिको निर्णय हेर्दा विभिन्न शिर्षकहरुको सम्बन्धमा निर्णय भएको पाइन्छ र निवेदकका हकमा सिर्फ “व्यवस्थापनले गरेको कारवाही ठीक भएकोले निजको पुनरावेदन बारे केहि गर्न नमिल्ने भन्ने भयो” भनी हचुवा किसिमले निर्णय गरेको देखिन आयो । विभागीय सजाय उपर परेको पुनरावेदन निर्णय अर्ध न्यायिक निर्णय हो । यस्तो निर्णय गर्दा माथि उल्लेख भएको नियम ८(१०)(२) को (क)(ख)(ग) बमोजिमको कुरा स्पष्टसँग बोलि न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने हुन आउँछ तर संचालक समितिको निर्णयमा सो कुरा केही देखिन नआएबाट संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । आफू समक्ष परेको पुनरावेदनमा कानून बमोजिम निर्णय गर्नु भनी संचालक समिति ने.बै.लि. प्रधान कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राम कुमार श्रेष्ठ : विद्वान अधिवक्ता श्री हिरा रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणि राजसिंह मल्ल आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदक नरेश राज भट्ट नेपाल बैंक लि. को सुरक्षक पदमा २०४४।३।१८ मा नियुक्त भै नेपाल बैंक लि. को उपशाखा बर्दिया राजापुरबाट सेवामा प्रवेश गरेकोमा विपक्षी महाप्रबन्धक कर्मचारी नियमावली, २०३१ को नियम ८.७ अनुसार सस्पेण्ड गरिएको मिति २०४७।८।१९ को पत्रमा पहिलो स्पष्टीकरण मिति २०४७।७।२५ का दिन मादक पदार्थ सेवन गरी अफिसमा आई अपशब्द प्रयोग गरी बैंकका इज्जत प्रतिष्ठानमा दाग लगाई कर्मचारी नियमावली, २०३१ अनुसार विभागीय कारवाही गर्न भनी १५ दिनको सूचना प्राप्त भएकोमा खास कुनै गल्ती विना एकाएक यस्तो कार्यवाही भएकोमा नेपाल बैंक लि. कर्मचारी नियमावली, २०३१ को नियम ८.९ को विपरित पनि भएकोले स्पष्टीकरण सन्तोषजनक नभएको भनी पुनः मिति २०४७।१०।८ मा अर्को स्पष्टीकरण माग गर्दै दोश्रो स्पष्टीकरण हचुवाको भरमा सन्तोषजनक नभएको मात्र भनिएकोले खास निर्णय कर्ताले निष्कर्ष लेख्दैमा नहुने भएकोले कुनै कारण र आधार विना नै विपक्षी महाप्रबन्धक ज्यूले हस्ताक्षर गर्नु भएको मिति २०४७।११।२३ को पत्रद्वारा कर्मचारी नियमावली, २०३१ को नियम ८.६(घ)(ज) मा उल्लेखित कसुरमा नियम ८.१ (१) घ अनुसार बैंक सेवाबाट हटाइएको छ भनी जानकारी प्राप्त भएकोले कुनै निर्णयको नक्कल समेत दि