निर्णय नं. ६७०९ - लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७०९ - लिखत वदर भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०६/०१ २५८९ निर्णय नं. ६७०९ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५३ सालको दे.पु.नं.... ३८४८ फैसला मितिः २०५५।६।१।५ मुद्दाः लिखत वदर । पुनरावेदक /वादीः का.प.जि. फुलवारी गा.वि.स. वडा नं. ८ वस्ने हरिप्रसाद उप्रेती । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने प्रमेवहादुरज्यू ठकुरी § मुलुकी ऐन अंशवण्डाको १९(१) नं. हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिको हकमा आधि सम्म घर व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधिवा वुहारीको मंजुरी नभए पनि पनि आफूखुख गर्न पाउछ । अचलमा आधि भन्दा बढी भने व्यवहार चलाउने परे पनि २१ वर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी दावीको लिखत २०४७।३।५ मा पारीत हुँदाकाअवस्था वादीको जन्ममिति २०२९।५।४ ले निजको उमेर २१ वर्ष पुरा भएको भन्ने देखिदैन तसर्थ उल्लेखित कानूनी व्यवस्थाबाट २१ वर्ष नाघेको छोराको मात्र मंजुरी लिनुपर्ने भएबाट वादीको उमेर २१ वर्ष पुगि नसकेको अवस्थामा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.११) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५३।१।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर भई पेश हुन आएको पुनरावेदन सहितको मिसिलको संक्षिप्त तथ्य यसप्रकार छः २. मेरा पिताले आफ्नो पैतृक सम्पत्ति विक्री गरी लिएको फुलवारी गा.वि.स. अन्तर्गतका जग्गाहरु मध्ये दाजुहरु २ जनालाई अंश दिँदा मेरो विवाह खर्च भनी पर सारेको फुलवारी गा.वि.स. वडा नं. ८ को कि.नं. १२७२ ज.रो १–६–२–२, कि.नं. १२७६ ज.रो. १२–०–०–० कि.नं. १२७८ ज.रो. ३–०–०–० गरि ३ कित्ता जग्गामा पिताजीको अंश समेत भएकोले हामी २ बावु छोराको अंश थियो । मैले घर व्यावहार गर्नको लागि वावुलाई छाडी आफू काठमाडौमा ईटा पार्ने काम गर्न गएको र धेरै जसो उहि वस्ने गरेको थिए । मिति २०४७।८।२५ मा घरमा आउँदा आफ्नो घरमा अर्कै व्यक्ति वसेको देखि किन बसेको भन्दा तिम्रा वावुसंग रु ४०,०००। मा जग्गा राजिनामामा गरि मैले लिई सके, तिम्रा बावु हाल वडा ६ टुनीटारमा वसेका छन भन्ने जवाफ पाएकाले पिता भए ठाउँ गई सोध्दा मैले आषाढमा नै राजिनामा पास गरी दिएको थिए र हाल यहा सरेको हो भन्नु भयो तव मेरो अंश खोइत भनी सोद्धा मैले वेचेर खाएं आजबाट तलाई पाल्न पनि सक्तिन, खान लाउन पनि दिन्न भन्ने जवाफ गरि २०४७।८।२६ बाट घरमा वस्न नदिई निकाला गरेकोले अदालतको शरणमा आएको छु । यसरी मेरो अंश हक लाग्ने जग्गा मेरो मंजुरी वेगर मिति २०४७।३।५ गरेको रु ४०,०००। को लिखतको आधा भाग वदर गरी त्यसबाट गरेको दर्ता नामसारी समेत वदर गरि मेरा नाउँमा दर्ता गरि पाउँ भन्ने समेत व्यहोराको हरिप्रसाद उप्रेतीको फिराद दावी । ३. विपक्षी र विपक्षीका पिता समेतले मेरो रुपैया पनि खाने जग्गा पनि आधा वदर गराउने दूषित विचारबाट झुठ्ठा कुराको फिराद गरेकोले लिखत वदर हुनुपर्ने होइन । मेरो साविक घर वाल्टीङ गा.वि.स. मा रहेको जग्गा जामिन विक्री गरि फुलवारीमा विपक्षीका पितासँग रु ४०,०००। मा घर जग्गा लिएको हुँ । सो रुपैयाबाट विपक्षीका पिताले पनि रु ३६,०००