निर्णय नं. ९०८ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०८ - जालसाजी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/04/20 २०२६ निर्णय नं. ९०८ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिं रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको फौ.फु. नं. २६ फैसला भएको मिति : २०३२।४।२०।३ मा निवेदक : का.जि गोकर्ण सुंताखाना पुली घैयावारी बस्ने खेचरबहादुर बिष्ट क्षेत्री विरुद्ध विपक्षी : का.जि. गोकर्ण पुली गाउँ बस्ने डोलबहादुर बिष्ट क्षेत्री मुद्दा : जालसाजी (१) सहिछाप गरी दिने लिने दुबै थरीको मिलोमतोको अभावमा कीर्ते कागजको ३ नं. अनुसार लिखत जालसाजी कायम हुन नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा ०२९।१।२९।५ को डिभिजन बेञ्चले छिने उपर दोहोर्‍याई पाउँ भन्ने वादीको निवेदन परेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा सर्वोच्च अदालत फुल बेञ्चबाट एक पटक दोहोर्‍याई दिनु र त्यसको नतिजा जाहेर गर्नु भन्ने ०२९।५।२।५ का हु.प्र.बमोजिम बक्स भई आई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : काठमाडौं मालमा सालको धान २।१९। गहुँ ।२ घ्यू रु.३३ तिर्नुपर्ने पुलिखेत भन्ने जग्गा १९८२।२।२२।६ मा रै.नं.२८७ मा दर्ता भएको खेत ।१३ जेठाबाबु टेकबहादुरका नाउँमा दर्ता भएको पदमबहादुरलाई भोगबन्धकीमा दिएको का.मालबाट ९९।१०।५ मा भोगबन्धकी परेको थैली असामिले बुझाएमा निखनी लिन पाउँछ पनि जनिई ९९।३।८।२ मा पर्चा बमोजिम पदमबहादुरका नाउँमा दर्ता भएको थियो । बन्धकीसम्म खाने पदमबहादुरले ०१८।३।२५ मा रु.४५०१। मा राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत फिराद । ३. वादीको जेठाबाबु ऋणि पदमबहादुर धनी भई ९०।१।९ गते पास भई बन्धकी लिएको खेत ।७ को खला १ खेत ।२० को खला १ महांकाल खेत ।८।१० सम्म बन्धकी भई टेकबहादुर ९६ सालमा मरेको निजको छोरा हरिबहादुर, भिमबहादुरले पदमबहादुरले बन्धकी खाएको रु.७८५। बुझाई दरपिठ गरी ०६।९।४ गते लगत समेत कटाईसकेको रहेछ माटो ।१३ को खेत २८७ नं.खला रु.४५०१ मा राजीनामा पाससमेत गरी मेरो हक भएको टेकबहादुरबाट पदमबहादुरले बन्धकी लिएको यो खला जग्गा होइन मेरो राजीनामाको जग्गा पदमबहादुरको नभए मालले तिरो बुझी रसिद दिनु नपर्ने हुँदा वादी दावा नलाने भन्नेसमेत डोलबहादुरको प्रतिवादी । ४. प्र.पदमबहादुरका नाउँमा तामेल हुनगएको म्यादको पिठमा,परलोक भइसकेको भनी जनी आएको । ५. यो मुद्दा दायर हुनुभन्दा अगावै प्र.डोलबहादुरले वादी खेचरबहादुर समेत उपर ०१९।१२।३० मा यही राजीनामाबाट हक भएको भनी जग्गा बालीमा समेत दावा लिई मुद्दा दायर गराएको सो मुद्दामा प्र.पदमबहादुरको हकदारका नाउँमा म्याद गएको म्याद भित्र कुनै हकदार उपस्थित हुन नआएको प्र.पदमबहादुरबाट प्र.डोलबहादुरले ०१८।३।२५ मा हक छुटाई रु.४५०१।–मा राजीनामा लिएको कि.नं.२८७ को पुलिखेत ।१३ वादीको जेठा बाबु टेकबहादुरको नाउँमा दर्ता कायम रही रहेको र पदमबहादुरको नाउँ बन्धकी खाने भन्ने दर्तामा प्रष्ट जनिएको दर्ताबाट देखिएको हुँदा जग्गा बाली लुटपिट मुद्दा आजै डोलबहादुरको हक नपुग्ने देखि खारेज फैसला भएको समेत हुँदा प्र.हरूले हक नपुग्ने जग्गा जालसाजीबाट दिएलिएको राजीनामा बदर हुने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला । ६. सो उपर चित्त बुझेन भन्ने प्र.डोलबहादुरको पुनरावेदन । ७. वादीले यही जग्गा समतेका अरू जग्गा समेत पदमबहादुर र हरिबहादुर समे