निर्णय नं. ६७१० - हक कायम वण्डापत्र लिखत वदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१० - हक कायम वण्डापत्र लिखत वदर दर्ता भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०७/३० २७२८ निर्णय नं. ६७१० ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल संवत् २०५२ सालको दे.पु.नं.... ३१६७ फैसला मितिः २०५५।७।३०।२ मुद्दाः हक कायम वण्डापत्र लिखत वदर दर्ता । पुनरावेदक प्रतिवादीः रौटहट जिल्ला जोकहा गा.वि.स. वडा नं. २ वस्ने शेख मुसिर विरुद्ध प्रत्यर्थी वादीः रौतहट जिल्ला जोकाहा गा.वि.स. वडा नं. २ बस्ने भरनी शेखिन । § मिति ०३७।१।८ मा भएको अंशवण्डाको कागज प्रतिवादीहरु वावु शेख मसिर र छोरा शेख मजारुल बीच मात्र भएको देखिन्छ उक्त वण्डापत्र सवै अंशियार बीच भएको पनि देखिदैन । मुलुकी ऐन अंशवण्डाको महलको १ नं. मा अंशवण्डा गर्दा वावु आमा स्वास्नी छोराहरुको जियजियको अंश गर्नु पर्छ भन्ने उल्लेख छ भने ऐ. को २ नं. मा अंशवण्डा गर्दा अंश पाउने सवैको वरावर अंश गर्नु पर्दछ भन्ने उल्लेख छ । ०३७।१।८ को वण्डापत्र बमोजिम प्रतिवादी शेख मजारुलले वावुको भागमा परेको जग्गा र आफ्नो भागमा परेको भनी देखाएको सम्पत्ति असमान देखिन्छ । यसरी असमान रुपमा र कानूनी रीत समेत नपुगी भएको अंशवण्डाबाट अंश पाउने अंशियारले घटी अंश पाउन भन्ने उद्देश्य गरेको प्रष्ट हुँदा कानूनको रीत समेत नपुगी दुरासय पुर्ण भावनाबाट भएको त्यस्तो लिखत भएकै कारणले अंशियारको हकमा आघात पार्ने प्रष्ट हुँदा ०३७।१।८ को वण्डापत्र लिखत वदर भई सो लिखतमा उल्लेखित अचल सम्पत्तिमा तीन भाग मध्ये एक भागमा प्रत्यर्थी वादीको हक कायम समेत हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. गोविन्दबहादुर श्रेष्ठः न्यायप्रशासन ऐन, २०४८ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यसप्रकार छः २. प्रतिवादी शेख मसिर मेरो ससुरा तथा प्रतिवादी शेष मजारुलहक भन्ने शेख मजरुलहक मेरो पति हुनुहुन्छ । सासू सुसुरा लोग्ने सौता समेतले खान लाउन नदिई घरबाट निकाला गरी दिएकोले निजहरु उपर २०४५ सालको दे.नं. १३२४ को अंश मुद्दाको नालेस गर्दा अंश पाउने ठहरी यसै अदालतबाट मिति २०४६।२।१५।१ मा फैसला भएको छ । यता जालसाजी व्यवहारबाट वण्डा पत्र खडा गरी गराई सासू ऐ. सो सेखिनबाट ०४५ सालको दे.नं. १३४६ को अंश मुद्दा गराई मिति ०४६।६।२३ गतेमा मिलापत्र गरी लिएतर्फ दे.नं. १९२१ का हक कायम मिलापत्र वदर नालेस गरेकै छु । मिति ०३७।१।८।१ मा द.नं. ३४६८ मा मालपोत कार्यालय रौतहटबाट वण्डापत्र पारीत गराई लिए उपर जालसाजी मुद्दाको नालेस दर्ता गराएको छु । उक्त अवैध तरिकाबाट गरेको वण्डापत्र जग्गामा मेरो पतिको अंशबाट ३ खण्डको १ खण्डको अंशियार नभएकोले नालेस गर्न आएको छु । मिति ०३७।१।८।१ को वण्डापत्रबाट शेख मसिरको अंशभागमा परेको ०.१३.१ जग्गा मध्ये प्रत्येक कित्ताको पश्चिम तर्फबाट शेख मसिरको अंशभागमा परेको ०.१३.१ जग्गा मध्ये प्रत्येक कित्ताको पीश्चमतर्फबाट मोल रु ३००। जाने ०.१.९ जग्गा र दे.नं. १९२१ को मुद्दामा उल्लेख भएको भागको वण्डापत्र वदर गरी मेरा नाममा गर्दा नामसारी समेत गराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । ३. हामीहरुले आ–आफ्नामा हित्तचित्त नमिल्दा भाग नरम गरम मिलाई वण्डापत्र गरे गराएको कुरा यी वादी मेरो श्रीमती मेरै घरमा साथै रहेकोले थाहा हुँदा हुँदै ८ वर्ष पछि वण्डापत्र वदर गरी