निर्णय नं. ९०९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०९ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/05/18 २२९९ निर्णय नं. ९०९ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको फौ.फु. नं. ५२५, ६३६, ६३८, ८०१, ८०२ फैसला भएको मिति : २०३१।५।१८।३ प्रतिवादी : दिलबहादुर लिम्बु समेत विरुद्ध विपक्षी : नरशेरकुमार लिम्बुको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) वारदातमा सरिक रहेका अन्य अभियुक्तहरूले आपसमा पोलापोल गरेकोमा पनि वारदातमा थियो भनी पोल्न नसकेको, बयान गर्दा पनि इन्कारी देखिए वारदातमा नभए नरहेको सिद्ध हुन आउने यस्तोमा ज्यान सम्बन्धीको १३ (३) नं.लगाई जन्म कैदको सजाय गरेको नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदकहरू तर्फबाट : वरिष्ठ अ.सर्वज्ञ रत्नतुलाधर, अधिवक्ता गङ्गाप्रसाद उप्रेती, अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी, वैतनिक अधिवक्ता कुलराज गुरुघराना विपक्षी तर्फबाट : वरिष्ठ सरकारी अधिवक्ता जोगेन्द्रप्रसाद श्रीवास्तव फैसला न्या. वासुदेव शर्मा १. निज नरशेरबहादुर लिम्बुको जाहेरीबाट कार्यावाही चली सुरु झापा जिल्ला अदालतबाट प्रतिवादी करुणकुमार, दिलबहादुर, डम्बरबहादुर, चन्द्रबहादुर प्रशुराम, पूर्णबहादुर, गोपालचन्द्र, समेतलाई जन्म कैद र भिमप्रसाद अर्कोलिया, हर्कबहादुर, कृष्णप्रसाद, नरबहादुर, मदनकुमार समेतलाई ३ वर्ष कैद र नरेश लिम्बुको कसूर मनासिव नपर्ने र खेमराज, नारायणप्रसाद आलो किसानको हकमा म्याद गुजारी बसेको हुँदा अ.बं.९६ नं.बमोजिम गर्ने ठहराएको सुरु इन्साफ मनासिव ठहराई मेची अञ्चल अदालतबाट मिति ०३०।१।१८।२ मा भएको इन्साफमा चित्त बुझेन भनी प्रतिवादी कृष्णप्रसाद समेतको पुनरावेदन परी आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । १. ०२६।८।२६ गतेका दिन हरिराजका घरदेखि पूर्वपट्टिमा निजको जग्गामा विपक्षीहरू हुल भई धमाधम धान काट्ने गर्दा र निज हरिराजलाई यो खेतमा आईज तलाई खतम गर्छौ भन्दै घरतर्फ खुकुरी लाठा लिई आउन लाग्दा किन यसो गर्छौं भन्दै घरबाट निस्कनासाथ जम्मै धुइरी कसैले हात खुट्टामा समाउने र विपक्षी मध्ये पूर्णबहादुरले कुटपिट गर्न थाले छुट्याउन लाग्दा अमृतबहादुर लिम्बु समेतलाई कुटपिट गरी हरिराजको बन्दुक झिक भनी नचिनेकाले बन्दुक ल्याई बन्दुकका कुन्जा, लाठा खुकुरीले कुटपिट गरी बन्दुक फायर समेत गरी ६५।७० जनाको हुल हुज्जत हुँदा प्रहरी चौकी धुलावारी लानुपर्छ भनी गाडामा हरिराजलाई हाली ल्याउँदा आई नपुग्दै बीचबाटैमा हरिराजको मृत्यु भएकोले विपक्षीहरूलाई पक्राउसमेत गरेको छु मृत लास पोष्ट मार्टम गरी हामीलाई केश फाराम समेत गराई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत ०२६।८।१७।३। को नरशेर लिम्बुको जाहेरी । २. आमाले हरिराजलाई दिएको जग्गा पास गरेको थिएन २०२६ सालमा खेत रोप्न दिएन, झाक्रीलाई रोप्न दिए म नभएको मौका आमाले २ कठ्ठा जग्गाको आफ्नो खेतको भनेर धान काटी घरमा राखेको हरिराजले थाहा पाई घरबाट उठाई लगेछ । ३ नं.वडा सदस्य समेतको मिटिंगले मेरो धान कटाउने निश्चय भएछ १५ गते म आई १६ गते सो खेतमा हर्कबहादुर समेत भई धान काट्दै थियौं हरिराजले १५।२० जना लाठा खुकुरी लिएका मान्छे लिई हरिराजले बन्दुक फायर गरे मेरो दूध मुनी छर्राले लाग्यो अर्काे फायर गरे लागेन दिलबहादुर बन्दुक खोस्न गयो त्यसै बीचमा धान काट्न आएका र हरिराजसँग आएकाको मुडभेड भई मैले दुई पल्ट लाठीले हरिराजलाई हिर्काएँ नारायणप्रसादकी आमा भागी गएकोले ती बाहेक अरू सबैले रिसको झोकमा १।२ पल्ट अवश्य