निर्णय नं. ६७११ - निर्णय वदर वण्डा वदर गर्दा वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७११ - निर्णय वदर वण्डा वदर गर्दा वदर भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०६/२९ २३०२ निर्णय नं. ६७११ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५३ सालको दे.पु.नं.... ३५८२ फैसला मितिः २०५५।६।२९।५ मुद्दाः निर्णय वदर वण्डा वदर गर्दा वदर । पुनवेदक वादीः जि. रौतहट, वरियापुर गा.वि.स. वार्ड नं ५ बस्ने महमतिया मलाहिन विरुद्ध प्रत्यर्थि प्रतिवादीः ऐ. वार्ड नं ४ बस्ने अन्हिमा मलाहिन समेत २ § वादीले आफ्नो दावीको पुष्ट्याइको लागि मोहीको १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुक उत्तार समेत पेश गरेको पाइन्छ । तर सो १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुकमा नाम जानिएकै आधारमा मात्र कुनै जग्गामा उक्त व्यक्तिको हक पुग्ने हो भनि मान्न मिल्ने होइन । वादीको कि.नं. २२१ को जग्गा मिति २०२३।८।१२।२ मा नै प्रतिवादीको पति वावु तिलक सहनीको नाममा दर्ता भै जग्गा धनीदर्ता प्रमाण पुर्जा समेत प्राप्त गरेको स्थिति छ । फिरादलेखबाट नै २०३७ सालमा मात्र वादीको वावु तिलक भन्ने भोला सहनीको मृत्यु भएको भन्ने देखिन्छ । आफ्नो हक लाग्ने जग्गा भए वादीका वावुले नै यथासमयमा प्रतिवादीको पति वावुको नामको दर्ता वदर गराई आफ्नो हक कायम गराउनु सक्ने स्वाभाविक स्थितिको विद्यमानता हुँदा हुदैं २०२३ सालमा दर्ता भएको जग्गाको विषयलाई वावुको मृत्यु पश्चात २०५१ सालमा सोही दर्ता वदर तर्फ लिएको दावीलाई कानून संगत भएको मान्रन नसकिने । (प्र.नं. १०) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शेष अव्वास प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्बित नजिरः X फैसला न्या. अरिविन्दनाथ आचार्यः पुनरावेदन अदालत, हेटौडाको मिति २०५३।२।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. मुल पुरुष सहन सहनी भन्ने सहद सहनीको छोरा तिलकसहनी भन्ने भोलाको जेठी स्वास्नी दुलरिया मलाहिनबाट म फिरादी एक मात्र छोरी तथा कान्छी स्वास्नी वतही मलाहिनबाट छोरा छोरी केही नभएको, वावु २०३५ सालमा र त्यसपछि आमाहरु पनि अघि पछि आ–आफ्नो कालगतिले स्वर्गवास भई निजहरुको अपुताली हक खाने म फिरादी मात्र भएको र मेरो पनि विवाह सोहि गा.वि.स. वडा नं. ४ मा भएकोले वावुको नाममा सर्वे नापी भएको गा.वि.स. वरियापुरवडा नं. ५ (क) कि.नं २२१ को ०–०–९ जग्गा र सो जग्गामा भएको फुसको घर २ तथा काठवासको खपडा फुसको घर कम्पाउण्ड समेत मैले भोगचलन गरि आएकोमा सो घर जग्गामा प्रतिवादीहरु समेतको हक कायम टंटा खिचोला लगाई दिएकोमा हक कायम टंटा खिचोला चलन यसै अदालतमा दे.नं. २४९३ को मुद्दा दर्ता गराई पुर्पक्ष भई रहेकोमा प्रतिवादीहरुको लोग्ने वावुको नाम तिलक सहनी रहेकोले नाजायज, फाइदा उठाई सो मेरो वावु तिलक सहनीको नामको सवै नापी भएको भएको जग्गालाई आफ्नो हो भनि तिलक सहनीको नाउँको ज.ध. पुर्जामा चढाउन लगाई तिलक सहनी मरि सकेको भनि मिति २०५०।३।२७ को मालपोतको निर्णयले प्र. अन्हीया मलाहीनको आफ्नो नाममा नामसारी गराई मिति २०५०।३।२९ को पारित वण्डापत्र अनुसार प्र.कैल सहनीको नाममा दर्ता हुन गएको कुरा मिति २०५१।५।१३ मा नक्कल लिई थाहा पाएकोले नालेस गर्न आएको । प्रतिवादीहरुको लोग्ने वावु आयोध्या सहनीको छोरा तिलक सहनीको हो । मेरो वावु सहन भन्ने सहद सहनीको छोरा तिलक सहनी भन्ने भोला भई वावुको नाउँमा सवै नापी भएको र मोहीकको १ नं. लगत तथा ७ नं. फाट