निर्णय नं. ८०४ - अंश दाइजो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०४ - अंश दाइजो भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०९/१० २६६० निर्णय नं. ८०४ ने.का.प. २०३१ फूल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १८५ फैसला भएको मिति : २०३०।९।१०।३ पुनरावेदक : का.जि. ज्ञानेश्वर बस्ने यावनिधि तिवारी विरुद्ध विपक्षी : ऐ. घर भई ऐ. नरदेवी नेटपाचो डेरा गरी बस्ने हिरण्य गर्भकुमारी तिवारी मुद्दा : अंश दाइजो (१) दाइजो पाउने स्वास्नी मरी स्त्री अंश धनको ५ नं. अनुसार मर्नेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजो सम्पत्तिमा अरू अंशियारको अंश लाग्ने नदेखिने, त्यस्तो लोग्ने पनि मरी अर्की स्वास्नी जीवित छँदै अरू अंशियारको भाग लाग्छ भन्नु स्त्री अंशधनको ५ नं. को मनसायको विपरीत हुने । उक्त प्रश्नको निराकरणको लागि हेर्दा पैत्रिक सम्पत्तिमा सगोलको अंशियारले अरू कुनै किसिमबाट आर्जन गरेको अंशबण्डाको १८ नं.बमोजिम सबै अंशियारलाई अंश लाग्ने भए किसिमको सम्पत्ति सबै अंशियारलाई अंश भाग लाग्न सक्ने हो । यो त्यस किसिमको सम्पत्ति नभई दाइजो पाउने स्वास्नी मरी स्त्री अंशधनको ५ नं. अनुसार भनेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले र खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजोको सम्पत्तिमा अरू अंशियारको पनि अंश भाग लाग्न सक्ने देखिँदैन किनकी दाइजो पाउने मरेपछि सगोलको अंशियार सबैले खान पाउने भएमा यो यो नाताकाले खान पाउने भनी स्त्री अंशधनको ५ नं.मा नाताको क्रमले खान पाउने विशेष व्यवस्था हुनु पर्ने नै थिएन । उक्त स्त्री अंशधनको ५ नं. को व्यवस्थाबाटै लोग्नेले खान पाउने भई स्वास्नीको हक लोग्नेमा सरी लोग्नेले उपभोग गरी आएको यस्तो दाइजोको सम्पत्ति त्यस्तो हक हुने लोग्ने मरेपछि अपुतालीको २ नं. अनुसार लोग्नेको अपुतालीमा हक हुने अर्को स्वास्नी वादी जीवित छँदै अरू अंशियारसमेतको अंश भाग लाग्छ भन्नु उक्त स्त्री अंशधनको ५ नं. को मनसाय विपरीत हुन जानेसमेत हुँदा अपुतालीको २ नं.बमोजिम अपुतालीको नाताले पोषणनिधिकी स्वास्नी वादीको मात्र एकलौटी हक लाग्ने प्रष्ट छ । (प्रकरण नं. १७) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा ०२८।२।४।३ को डिभिजन बेञ्चबाट छिनेउपर दोहर्याइपाउँ भन्ने यावनिधिको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : जेठाज्यू यावनिधि तिवारीबाट मैले पाउने अंश र सौताको माइतीबाट पाएको दाइजो पेवा ७९।२।३ को खड्गनिसाना फैसलाले पाएको ९८।४।१०।६ मा तायदाती भई जेठाज्यूले बेचबिखन गर्न नपाउने गरी रोक्का राखी खाना खर्च र घर भाडासमेत दिने गरी पाएकोले प्रधान न्यायाधीशज्यूको आदेशले बर्षको रू.१,०००। मैले पाउने भई रहेको उमेर पुगी अंश लिन पाउने भएकाले जेठाज्यू विपक्षी र मेरो खसम पोसनिधिको २ अंश लाग्ने हुँदा पैत्रिक सम्पत्तिको हकमा बराबर र सौताको दाइजो पेवातर्फको ज्ञानेश्वरको घरसमेत तायदातीमा लेखिएको एकलौटी र रोक्का रहेको साल मितिको जग्गा घरको बहाल बालीमध्ये मैले खाना खर्च पाएको कटाई बाँकी हिसाब गरिदिए जिन्सी नदिए नगदी भराई चलनसमेत चलाइदिनु भन्ने आदेश गरिपाउँ भन्ने हिरण्य गर्भकुमारीको निवेदनपत्रका खड्गनिसाना पर्चा कागजसमेत ह