निर्णय नं. ६७१२ - जोत लगत कट्टा गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७१२ - जोत लगत कट्टा गरी पाउँ भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५५/०३/२३ ३०५३ निर्णय नं. ६७१२ ने.का.प २०५६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५२ सालको दे.पु.नं.... २९८९ फैसला मितिः २०५५।३।२३।३ मुद्दाः जोत लगत कट्टा गरी पाउँ । पुनरावेदक प्रतिवादीः भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. २ बस्ने गौरी भन्ने गिरी वहादुर विरुद्ध विपक्षी वादीः भ.पु.न.पा.वडा नं. ४ बस्ने विल बहादुर हेमुखा । § भूमि सम्बन्धी ऐन, २०२१ को दफा २(ख) ले गरेको मोहीको परिभाषा अनुसार “मोही” भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भन्ने परिभाषा गरेको देखिन्छ तर एकै घर परिवारको व्यक्ति (भाउजु) जग्गाधनी भएको अवस्थामा सोही परिवारको एकासंगोलको व्यक्ति (देवर) यि प्रतिवादी मोही हुन सक्ने अवस्था नरहने । (प्र.नं. १२) § प्रतिवादीले शुरु भूमि सुधार कार्यालयमा तारेख गुजारी वसेको समेत देखिन आएको अवस्थामा त्यस्तो प्रतिवादीलाई लिखत सुनाई रहन पर्ने समेत नदेखिँदा निज प्रतिवादीको जिकिर तर्क संगत नदेखिने । (प्र.नं १२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राम मल्ल विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामलोचन झा अवलम्बित नजिरः कुभरीया चाइनी विरुद्ध रुद्र तुलसी महतो चाई समेत (ने.का.पा २०४३, अंक ३, पृष्ठ १९२, नि.नं २६४५, फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तरगत मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजालसको मिति ०५१।११।१२ को आदेश बमोजिम दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिप्पणी एबं ठहर यस प्रकार छः २. मैले ०४६।१।१५ मा रजिष्ट्रेशन पारीत गरी लिएबाट मेरो हक हुन आएको भ.पु.जि. छालिङ वडा नं. २ को कि.नं. ११ ६३ को जग्गाको जोताहा मोही जनिएका गौरी वहादुर थापा क्षेत्री भन्ने गौरी वहादुर थापा क्षेत्रीले मलाई जग्गा दिने चुना थपेनी निजको भाउजुलाई जोत तगत कट्टा गरी लिएको मन्जुर छ भनि निजको नि.नं. २४६० मा एकासंगोलमा जोत कायम हुन नसक्ने भन्ने निर्णय समेत भएको हुँदा यस कार्यालयबाट जे जो वुझ्नु पर्छ वुझि जोत लगत कट्टा गरी म ज.ध.कै नाउँमा जोत कायम गरी पाऊ भन्ने विल वहादुर हेमुखाको ०४६।२।१७ को निवेदन दावीको यिनै साविक मोही गिरी वहादुरले भाउजु चुना थपेनीलाई गरी दिएको ०४६।१।१२ को छोडपत्र कागजको चुना थपेनीले विल बहादुर हेमुखालाई गरी दिएको ०४६।१।१५ को र.नं. २३७६ को पारीत गरी दिएको तमसुकको र छोडपत्रको फोटोकपी पेश गरेको रहेछ । उक्त कि.नं. जग्गाको निज दिलबहादुरले ०४६।१।१५ मा पारित गरि दिएको तमसुकको र फिल्डवुकको फोटोकपी पेश गरेको छु । भु.सु. अन्तर्गतको अनुसुचिहरु मैले भु.सु का. बाट पाएको छैन र २०४६ सालको धानवाली शान्ती सुव्यस्था अन्तर्गत मिति ०४६।८।११ गते धान वाली सो को दुवै तर्फको झगडीयाको रोहवरमा प्रहरीको जिल्लामा छ सो को भरपाई भक्तपुर डि.एस.पि. कार्यालयमा छ । निज पोत किन्ने व्यक्तिले मैले जो पोत किनेको भनि यसपाली पनि जग्गा खिचोला गर्न आएको हुँदा सो व्यक्तिलाई कानूनी कारवाही गरी मेरो जोतको सुरक्षा गरी पाऊँ र पाउने प्रमाण पत्र पनि पाऊ भन्ने गिरी वहादुर थापा भन्ने गौरी वहादुर थापा क्षेत्रीको ०४७।४।१५ को