निर्णय नं. ९१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2027/11/10 २३५७ निर्णय नं. ९१० ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२७ सालको रिट नं.८०६ आदेश भएको मिति : ०२७।११।१०।२ निवेदक : का.प्र.म. मौजे भमरपुरा बस्ने सुतिं भूमिहांरानी विरुद्ध विपक्षी : जि.भू.सु.का. महोत्तरीका भू.सु. अधिकारी श्री पदमबहादुर कार्की समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) दावी नभएको कुरामा सजायसमेत गर्ने गरी गरेको निर्णय कानूनी त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार बर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल आदेश न्या. प्रकाशबहादुर के.सी. १. श्री ५ को सरकारको मिति ०२५।८।९।१ को निर्णयअनुसार उच्च स्तरीय टोली गठन भएको र सो टोलीले गर्ने कामको विषयमा उल्लेख गरेको छ । विचारणीय कुरा के छ भने ऐन कानूनद्वारा सो काम कारवाई गर्न पाउने श्री ५ को सरकारलाई अधिकार छ र कुनै ऐन कानून अनुसार यो भएको अधिकार प्रत्यायोजन त्यस्तो टोलीलाई गरी पाउने हो सोसमेत उक्त सूचनामा उल्लेख भएको पाईंदैन एक छिनको लागि श्री ५ को सरकारलाई सो त्यस्तो अधिकार भएको मानिएको खण्डमा पनि श्री ५ को सरकारले प्रत्यायोजन गरी टोलीलाई दिएको अधिकारलाई पुनः टोलीले अरूलाई प्रत्यायोजन गर्न पाउने अधिकार कतै पनि छैन । अतएवः प्रत्यायोजन अधिकारलाई प्रत्यायोजन गर्न नमिल्ने प्रष्ट हुन आउन कुरा हो । यसबाट पनि आफ्नो अधिकार नै नभएकोमा श्री ५ को सरकारले निर्णय गरी सूचनाबाट टोलीको गठन गरेको अधिकार क्षेत्र बाहिरको काम कारवाई गरेको र त्यस्तो टोलीले तोक आदेश गरी रुल नियमबमोजिम गर्नु भनी तोक लगाई भू.सु.कार्यालयमा पठाएको हुँदा त्यस्तो तोकबाट कारवाई गर्नु नपर्ने र गरेको खण्डमा पनि रुलनियमबमोजिम भू.सु.कार्यालयले म्याद नाघेको भएकोले उजूरी खारेज गर्नुपर्ने प्रष्ट छँदाछँदै सो नगरेकोबाट ऐन कानून रुल नियमको विपरीत आचरण गरी फैसला गरेको हुँदा सो निर्णय फैसला बदर हुनुपर्छ । भू.सु.ऐन, २०३१ लागू भएको अवस्थामा निवेदनका बिरामी भई इलाज अप्रेशनको निमित्त भारतको हरियासरायमा रहेको अवस्था परेको हुँदा म्यादभित्र भमरपुराको जग्गा विषयमा फाराम भर्न सकिन । सोही अवस्था विपक्षी सुविरन खत्वेले भमरपुराको मेरो हक भोगको जग्गामा मोहियानीमा आफ्नो लेखाएकोले मेरो उजूरी पर्न सकेन । मेरो पिपराको विरगामाको जग्गाको हकमा पछि मात्र नापी हुँदा मैले आफूले कमाइ आएको जग्गाको विवरण भरेको हुँदा २०२६।१।४ मा जोताहाको अस्थायी निस्सा प्राप्त गरेको हुँ । जग्गाको विवरण पेश दाखिल गर्नुपर्ने व्यक्तिले विवरण पेश गर्दा निजको अधिराज्य भरीमा भएको जग्गाको विवरण दखिल गर्नुपर्ने बुझिन्छ, तर निवेदिकाले पिपरा कविरगामाको विवरण पेश गर्ने समयमा अधिराज्य भित्रको सबै सम्पत्तिको विवरण पेश गर्न लागेको अवस्था, पिपरा कविरगामाबाट सो ठाउँमा मात्र विवरण पेश गर्नुपर्छ अरू ठाउँमा विवरण लेखेको लिन मिल्दैन भनी सम्पूर्ण विवरण दाखिल नगराई पिपराको जग्गाको विवरण मात्र भर्न लागाई विवरण फाराम लिइयो । भू.सु. अधिकारीज्यूको यस फैसलामा विपक्ष सुविरन खत्वेले २०२३।९।७ मा नै जोताहा अस्थायी निस्सा प्राप्त गरिसकेको देखिन आएको भनी गर्नुभएको तर्कको हकमा निजले सुविरन खत्वेले लिनु भएको जो.अ.निस्साको कागजको अध्ययनबाट प्रष्ट थाहा हुन्छ कि निजले मेरो जग्गामा मोही भई कमाएको भनी विवरण भमरपुरा