निर्णय नं. ८०५ - जग्गा चलन चलाइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०५ - जग्गा चलन चलाइपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१२/१३ २६०४ निर्णय नं. ८०५ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२९ सालको दे.फु.नं. १३१ फैसला भएको मिति : ०३०।१२।१३।३ निवेदक : जुम्ला पानसयनदरा बुझी गाउँ बस्ने मनहरे बुढासमेत विरुद्ध विपक्षी : जुम्ला पानसयादरा दुक्रि गाउँ बस्ने बरेबुढा समेत मुद्दा : जग्गा चलन चलाइपाउँ (१) अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुने । कानूनी व्यवस्थातर्फ विचार गर्दा प्रचलित मुलुकी ऐनको महल २ दण्डसजायको नं.४३ मा फैसलाबमोजिम चलन पाउने बस्तु चलन चलाई माग्ने दर्खास्त परेपछि अड्डैबाट चलन चलाई दिने व्यवस्था भएको त्यसरी अड्डैबाट चलन चलाई दिएकोमा र अड्डैबाट पुर्जि भएपछि पनि चलन गर्न नदिई जबरजस्ती गरेको ठहर्‍यो भने त्यस्ता जबरजस्ती गर्नेलाई पहिलापटक सो मोल विगोको सयकडा १० जरिवाना गर्नुपर्छ दोस्रोपटक जबरजस्ती गर्‍यो भने सो मोल विगोको सयकडा २० जरिवाना वापत कैद गर्नुपर्छ...भन्ने समेत उक्त ४३ नं. को देहाय ६ मा उल्लेख भएको देखिने प्रधान न्यायालयको फैसलाले जिती पाएको जग्गा चलन चलाइपाउँ भनी पहिलो दर्खास्त परेको मुद्दामा प्रतिवादीको चलन छोडाई वादीलाई चलन चलाई दिने समेत ठहराएको सुरूको सदर गरी डिभिजन बेञ्चबाट समेत फैसला भइराखेको देखिएकोले वादीले प्रधान न्यायालयबाट जिती पाएको जग्गा फैसला तथा द.स.को ४३ नं.बमोजिम रीत पुर्‍याई प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुन आउने हो प्रस्तुत मुद्दामा सोबमोजिम चलन चलाई दिइसकेको नभई प्रधान न्यायालयले वादीले जिती पाएको जग्गालाई चलन चलाइपाउँ भनी पहिले दर्खास्त दिएको मुद्दामा अड्डैबाट चलन चलाई दिने ठहराएको सुरूको सदर गरेको डिभिजन बेञ्चको ०२२।११।१४ को फैसलाबमोजिम वादीबाट प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेको अवस्थाको नभई पहिले दर्खास्त दिएकोमा जरिवाना भएकोले दोस्रोपटक दर्खास्त दिन आएको छु चलन चलाइपाउँ भन्ने दर्खास्तबाट चलन चलाउने कारवाई भई चलन छाड्दैनौं भनी प्रतिवादीले कागज गरिदिएकोमा दोस्रोपटक चलन नछाडी जबरजस्ती गरेको भनी सजाय गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. त्रैलोक्यराज अर्याल १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याइपाउँ भन्ने प्रतिवादीको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : अन्यायका बाबुबाजे र अन्यायवालाहरूसँग जग्गा मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट हामीले जितिपाएको जग्गा चलन चलाउने दर्खास्त दिँदा चलन छाडेकाले पहिलापटक जरिवाना भएकोले दोस्रोपटकको दर्खास्त गरेको छु । चलन चलाइपाउँ भन्ने समेत ४४ जनाको वारेस भई आफ्ना हकमा समेत मनिराम बुढाको दर्खास्त । ३. झगडा परेको जग्गाको चलन पनि छाड्दैनौं । त्यसबारे कुनै कागजमा सही पनि गर्दैनौं भनी प्रतिवादी मु.सिंग रूपसमेतले भनेको ठीक हो भन्ने समेत प्र.पं.करविर रावलसमेतको सर्जमिन मुचुल्का । ४