निर्णय नं. ४८२२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२२ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०८/१४ २३८६ निर्णय नं. ४८२२ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा २०४७ सालको रिट नं. ११९५ आदेश मिति: २०५०।८।१४।२ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. १० कोटेश्वर बस्ने ध्रुब प्रसाद रिमाल । विरुद्ध विपक्षी : श्री ३ नं. नापी गोश्वारा जय बागेश्वरी काठमाडौं समेत । (१) तत्काल बहाल रहेको जग्गा नाप जाँच ऐन, २०१९ को दफा (६) ७ बमोजिम नापी गोश्वाराले निर्णय गरिदिनु पर्नेमा यो उजुरी परिेसकेपछि भएको छैठौं संशोधनमा मात्र प्रारम्भ भएको दफा ६(९) लाई निर्णयको आधार मानी पश्चातदर्शी समेत प्रयोग हुने गरी गरेको निर्णय मिल्न नआएबाट रिट निवेदकको जग्गाहरुबाट रेखाङ्कन गरी कट्टा गरिएको प्रत्यर्थीको नाउँमा समावेश गरी गरिएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । तत्काल बहाल रहेको कानून व्यवस्था अनुसार कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभाव अधिकारी । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. का.जि.का.न.पा. वडा नं. १०(१) को कि.नं. १४१ को ०–७–२–१ को जग्गाको जग्गाधनी प्रत्यर्थी स्कूल र सो जग्गाको दर्तावाला मोही म हुँ । ऐ वडा नं. कि.नं. १४२ को जग्गाधनी जोगबीर समेत हुन ऐ वडा कि.नं. १४३ को ०–२–१–३ जग्गाको जग्गाधनी अम्बर राज र सो को मोही म निवेदक हुँ यसै गरी का.न.पा. वडा नं. १० प– १ को कि.नं. १३० र १३१ को क्रमशः ०–१–३–३ र ०८–१–३ क्षेत्रफल जग्गाको जग्गाधनी प्रत्यर्थी मध्यकी शारदा शिवाकोटी र उक्र दुवै कित्ताको मोही म निवेदक नै हुँ । ऐ वडा नं. कि.नं. १३२ को क्षेत्रफल ०–०–३–१ कि.नं. १३६ को २–१४–१–३ गरी दुवै कित्ताको जग्गा धनी तथा मोही समेत मेरै हो । ऐ वडा नं. कि.नं. १३४ को ०–१–०–१ को जग्गा धनी प्रत्यर्थी स्कूल र मोहियानी मेरो हो । मेरो जग्गाधनी स्वामित्वमा रहेको हाल कि.नं. १३२ र १३६ को क्रमशः क्षेत्रफल ०–०–३–१ र २–१४–१–३ साविक कोटेश्वर गा.पं. वडानं. ८ को कि.नं. ५५७ को ०–२–०–० र कि.नं. ५३८, ५४२ र ६६४ को तीन कित्ता गरी जम्मा ३–१–१–० रहेकोमा हाल सो तीनै कित्ता एउटै कित्ता १३६ बाट क्षेत्रफल २–१४–१–३ कायम भएको छ । मैले मोहिया भई कमाई आएको जग्गा मध्ये प्रत्यक्षी शारदा शिवाकोटीको नामको साविक कि.नं. ६६५ र ७५९ को क्रमशः ०–३–१–० र ०–१०–१–० जग्गा रहेकोमा हाल नापीमा क्रमशः कायम हुन आएको ०–१–३–३ र ०–८–१–३ क्रमशः हालको नापीको कि.नं. १३० र १३१ कायम हुन आएको हो । साविक कि.नं. ५५६ मा हचुवा किसिमबाट देखाइएको १–३–०–० मा हाल कायमी कि.नं. १४१ र कि.नं. १३४ दुई कित्ता देखाइएकोमा क्रमशः ०–७–२–१ र ०–१–०–१ कायम गरी नापीले निर्धारित ऐन नियम अनुसार नापी गरी नक्सा समेत तयार भएको थियो । विपक्षी कार्यालयमा विपक्षी शारदा शिवाकोटीले हुलाक मार्फत दिएको उजुरी विपक्षी शारदा शिवाकोटीले हुला मार्फत दिएको उजुरी अनुसार विपक्षी कार्यालयले साविक कि.नं. ६६५ र ७५९ को जग्गा कि.नं. १३६ मा घुसेको देखिंदा कि.नं. १३० र १३१ को क्रमशः पूर्व र उत्तरतर्फ नक्सा ट्रेसमा रातो मसीले रे