निर्णय नं. ९११ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९११ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/04/27 ३७४८ निर्णय नं. ९११ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् ०३० सालको फौ.फु. नं. ८२०।८५२ फैसला भएको मिति : ०३१।४।२७।१ मा पुनरावेदक : सुन्दर सिं सिखको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : जि.बांके हिरमिनिया गा.पं.वार्ड नं.६ बस्ने सहदेव सिं सिखसमेत मुद्दा : ज्यान (१) प्रहरीमा भएको कागजमा लेखिएको कुरा अन्य प्रमाणबाट समर्थित हुन नआएकोमा त्यसलाई आधार मान्न नमिल्ने । (२) वारदातको अवस्थामा घटनास्थलमा नभई अन्यत्र रहे भएको भन्ने कुराको प्रमाण सो जिकिर लिने व्यक्तिले गुजारी सो कुरा स्थापित गर्न सक्नुपर्ने । (प्रकरण नं. ५ र ६) पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल विपक्षी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट फैसला न्या.धनेन्द्रबहादुर सिंह १. भेरी अञ्चल अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन म्याद दिने भन्ने उल्लेख भएकोबाट वादी श्री ५ को सरकार प्रतिवादी सहदेवको पुनरावेदन परी आज यस डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : २०२८ साल जेष्ठ २२ गते विवाहको निमन्त्रणमा मेरो बाबु छेदा सिं र मेरो स्वास्नी दुखि सिख पनि गएको म एक्लै घरको आगनमा सुतेको मौकापारी सहदेव सिं निजको भाइ घिराउ सिं समेत २ जना र मैले नचिनेको अरू २ जना समेत ४ जना रक्सी खाई गाली गर्न लागेको सहदेव सिंले हातमा लिई राखेको खुकुरीले मेरो ज्यान मार्ने उद्देश्यले प्रहार गर्दा मैले बचाउँदा नारीमा लागी काटी घाउ चोट रगतपच्छेसमेत भई मैले हल्ला गरेकोबाट भागी गएको सोही राति विवाहको निम्ता खान गएको मेरो बाबु छेदा सिं रातको करिब ३ बजे फर्कनु भएको त्यसको केही बेर वाद मेरो स्वास्नी दुखिसिख पनि घरतर्फ आउन लागेकोमा गोरेटा बाटो खेतमा टाउको नभएको मेरो बाबुको लास देखि घरमा आई हल्ला गरेकोले गई हेरी पहिचान गरी बाबुको ज्यान मारी टाउको बेपत्ता गरिदिएकोले पक्राउ गरी कानूनबमोजिम गरी मेरो घाउ चोट समेत अस्पतालमा जाँच गरिपाउँ भन्ने समेत सुन्दर सिंको जाहेरी मैले छेदासिंको खुट्टा समातेको कुञ्ज विहारी लोनियाले हातमा लिएको खुकुकरीले छेदासिंको घाँटीमा प्रहार गरेकोमा पुरा टाउको नछुटिएकोले दाज्यू सहदेव सिंले पनि हातमा लिएका खुकुरीले हानेपछि टाउको छुट्टिन गएकोले टाउको बोकी कुञ्ज विहारी चुनी दाजु सहदेव दक्षिणतर्फ गए टाउकोलाई के गरे मलाई थाहा छैन भन्नेसमेत घिराउ सिंको कागज छेदासिं माथि मैले खुकुरी प्रहार गरेको होइन सहदेवले प्रहार गरेको हो भन्नेसमेत कुञ्ज विहारी लोनियाको कागज । प्रहार गरेको सहदेव सिं घिराउ सिं कुञ्ज विहारी लोनियार वदलु राउसमेत उपर मुद्दा चलाउन पर्ने र मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय हुनुपर्ने हुँदा कारवाही गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ३. मैले जाहेरवालाको बाबु छेदासिंलाई मार्नमा सहमती भई खुट्टा समात्ने कामसमेत कुनै गरेको छैन भन्नेसमेत घिराउ सिंको अदालतमा बयान छेदासिंलाई मार्नमा मेरो सहमति र साथसमेत थिइन कसले मारे मलाई थाहा छैन भन्नेसमेत कुञ्ज सिं हारी लोनियाको बयान । छेदा सिंलाई कर्तव्य गरी मारेको होइन, म निरपराधी हुँ भन्नेसमेत सहदेव सिंको बयान मैले कर्तव्य गरी मारेको होइन भन्नेसमेत बदलु राउको बयान । मसमेत भई छेदासिंको ज्यान मारेको छैन भन्नेसमेत घिराउ चुन्नि लोनियाको वयान । छेदा सिंको ज्यान घिराउ तथा चुन्निका सहयोगबाट