निर्णय नं. ८०६ - जग्गा कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६ - जग्गा कायम गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०१/१७ १९९३ निर्णय नं. ८०६ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरी राज मिश्र सम्वत् २०२९ सालको दे.फु.नं. १२२ आदेश भएको मिति : २०३१।१।१७।३ निवेदक : सुनसरी जिल्ला धरान नगरपञ्चायत वडा नं.१ बस्ने गणेशप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ. वडा नं.२ बस्ने गणेशमान श्रेष्ठ मुद्दा : जग्गा कायम गरिपाउँ (१) अञ्चल अदालतले ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था नभएको। निवेदक गणेशमान श्रेष्ठले चढाएको कं.९९ नं. को निवेदनपत्रमा बक्स भएका हुकूम प्रमांगीबमोजिम सर्वोच्च अदालत सिंगलबेञ्चबाट दुवै पक्ष राखी जो बुझ्नु पर्ने बुझी मामिलाको तहबाट निर्णय हुन उपयुक्त देखिने भन्ने जाहेर गरेको भए पनि अन्तमा कानूनबमोजिम गर्नु भन्नेसम्म हुकूम प्रमांगी बक्स भएको अञ्चल अदालतले बुझी निर्णय गरिदिने समेत हुकूम प्रमांगी बक्स भएको नदेखिएको र पछिल्लो निवेदनपत्रमा एकपटक अर्थ सचिवले हेरी ठीक बेठिक के रहेछ निर्णय गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भएकोमा अर्थ सचिवले सर्वोच्च अदालतको ठहरबमोजिम गर्ने भन्नेसम्म राय व्यक्त गरेको त्यत्तिकैबाट अञ्चल अदालतले वादी र प्रतिवादीका बीचको प्रस्तुत विवादलाई मुद्दाको रूप दिई ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था भएको पाइँदैन । (प्रकरण नं. १२) फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भन्ने गणेशप्रसादको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : धरान बजार अड्डा तालुकको चिनिमाया सो उत्तर धरान अस्पताल देखिन मूल सडक पश्चिम चौकिवारी माल एरिया पूर्व ३।७ को विगा १।१ गणेशमानले आफ्नो नाममा नाप नक्शा गराएको बदर गरिपाउँ भन्ने गणेशप्रसादको उजूरी परी गणेशमानको कि.नं.२१४ को जग्गा देखिएको २१४ नं.देखि २१९ नं.तकको जग्गा अस्पताल एरियाभित्र परी लगत कट्टा गर्न मो.वि. अमिनबाट जाहेरी फैसला भई गएको देखिनाले गणेशप्रसादको दर्ता सदर गर्ने गरी विराटनगर सर्भे जाँच कमिसनबाट ०१८।६।२७ मा निर्णय गरेकोमा चित्त बुझेन भन्ने गणेशमानको निवेदन कारवाई चलेको आखिर श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको निवेदनपत्रमा यसमा के हुनु मनासिव पर्छ रायसाथ जाहेर गर्नु भन्ने हु.प्र.बक्स भई आई स.अ.सिंगलबेञ्चमा पेश हुँदा निवेदकको मागमा सत्यता के कति छ सो जाँच कमिसनको निर्णय वैध छ वा छैन दुवै पक्ष राखी जो बुझ्नु पर्ने बुझी मामिलाको तहबाट निर्णय हुन उपयुक्त देखिने भनी राय जाहेर गरेकोमा ऐनबमोजिम गर्नु भन्ने हुकूम प्रमांगी बक्स भई आएको हु.प्र. बमोजिम गर्ने भनी सिंगलबेञ्चबाट तोक लागी कोशी अञ्चल अदालतमा गएको । ३. गणेशप्रसादले चढाएको एउटा निवेदनमा व्यहोरा हेरी रुल नियमबमोजिम गर्नु भन्ने र अर्को निवेदनपत्रमा भई गएका हु.प्र.र कानूनबमोजिम चाँडो निर्णय गर्नु भन्ने अर्थमन्त्रालयका नाममा हुकूम प्रमांगी बक्स भई सर्वोच्च अदालतको ठहरबमोजिम गर्ने राय ठहर भएको भनी अर्थमन्त्रालयबाट मिसिल कोशी अञ्चल अदालतमा पठाएको । ४. जग्गामा तेरो मेरो पर्न गएकोले अदालतमा उजूर गरी हक सधाई लिनु पर्ने हुँदा आदेश सुनी पाएको