निर्णय नं. ८०७ - मोहियानी हक बेहक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०७ - मोहियानी हक बेहक भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०२/११ २२८१ निर्णय नं. ८०७ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको दे.फु.नं. १४६ फैसला भएको मिति : २०३१।२।११।६ निवेदक : का.जि. क्षेत्रपाटी बस्ने पूर्ण डंगोल मरी मुद्दा सकार गर्ने ज्ञानमान डङ्गोल विरुद्ध विपक्षी : का.जि. क्षेत्रपाटी बस्ने बाबुकाजी महर्जन समेत मुद्दा : मोहियानी हक बेहक (१) वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरामा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने । वादीको नालिस दावीमा मैले सानुभाइ महर्जनसँग राजीनामा गराई लिएको मेरो मोहियानी हकको जग्गामा मैले लगाएको आलु, बकुल्ला, सिमीसमेत प्रतिवादीहरूले लुटपिटमा गरी लगेकोले विगो रू.४००। भराई लुटपिटका ४ नं. अनुसार सजाय गरिपाउँ भनी बाली लुटपिटको सम्म वादीले दावी लिएको र काठमाडौं जिल्ला अदालतले लुटपिट मुद्दा नामाकरण गरी फौजदारीमा दर्ता गरेको समेत पाइन्छ । पछि प्रतिवाद गर्दा प्रतिवादी बाबुकाजीले सो जग्गा ०११ सालदेखि मैले मगनीमा कमाई आएको मेरो मोहियानी हकको भनी मोहियानी हक तेरो मेरोको विवाद उठाएको भए पछि वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने दे.फु.नं. ८६ गोपी सा तेली विरुद्ध सु.भूपालसिंह प्रधानको जायजात बेहिसाब मुद्दामा ०२४।६।१०।३ को फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भइराखेकोसमेत हुँदा लुटपिटसम्मको दावीको नालिसबाट दावी नै नभएको मोहियानी हकबेहकमा निर्णय दिन नमिल्ने प्रष्ट हुन्छ । त्यसकारण मोहियानी हकबेहकको निर्णय दिनु पर्ने यो मुद्दा देखिन आएन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : (दे.फु.नं. ८६ गोपी सा तेली विरुद्ध सु.भूपालमान सिंह) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट निर्णय दोहर्‍याइपाउँ भन्ने वादी पक्षको निवेदन परी न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : घलको खेत रोपनी २ सानुभाइसँग निजको मोहियानी हकको प्रेमबहादुर पद्मनाथलाई कूत बुझाउनु पर्ने जग्गा रू.१६०१। मा ०१३ सालदेखि भोगबन्धकी लिई आफैं कमाई आएपछि रू.२४०१। थप लिई जम्मा ४००२। मा ०२१।७।१० गते राजीनामा गरिदिएकोले आफ्नै जानी भोग चलन गरी आएको ०२२।२।२ का दिन अन्यायहरू र नचिनेकाहरूको हुल ल्याई मैले लगाएको आलु बकुल्ला सिमी जबरजस्ती लुटी लगेकोले विगो रू.४००। दिलाई लुटपिटको ४ नं. अन्तर्गत सजाय गरिपाउँ भन्ने समेत पूर्ण डंगोलको दावी । ३. वादी दावीअनुसार लुटपिट गरेको होइन फिरादमा उल्लिखित जग्गा म बाबुकाजीले मगनीमा कमाई पूर्ण डंगोललाई कूत बुझाई आएको ०२१ सालको बाली काठमाडौं मालमा धरौट राखेको छु हामीले लगाएको बकुल्ला फिरादीले लुटपिट गरी लगेको हो भन्ने समेत पञ्चमहर्जन, भाजु महर्जन, शान्त महर्जन, कान्छी महर्जनी, सन्तमाया महर्जनी, जना ५ को वारेस भई आफ्ना हकमा समेत बाबुकाजी महर्जनको प्रतिवादी । ४. मोहियानी हक तेरो मेरो परेको देखिएको