निर्णय नं. ९१२ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/07/27 २३९८ निर्णय नं. ९१२ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको फौज्दारी पुनरावेदन नम्बर ५६५ फैसला भएको मिति : २०३१।७।२६।२ प्रतिवादी : वि.न.पं. वा.नं. ६ घर भै केन्द्रिय कारागारमा थुनिएको झमेली माया विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) हिरासतमा राखी अभियुक्तसँग गराएको विवादास्पद बयानलाई निजका विरुद्ध स्वतन्त्र प्रमाण मान्न नमिल्ने । (२) शंका र विश्वास प्रमाणको रुपमा ग्राहृय हुन नसक्ने । (३) सिर्फ शंकाको आधारमा कसैलाई कसूरदार ठहराउन फौज्दारी न्याय सिद्धान्त विपरीत हुने। (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : वैतनिक अधिवक्ता किशोरकुमार अर्याल विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर बिष्ट फैसला न्या. वासुदेव शर्मा १. बद्रीप्रसाद कोइरालाको र महम्मद स्माइल मियाँको जाहेरी परेको ठिठर मियाँ कर्तव्य गरी मरेको भन्ने ज्यान मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको छ : विराटनगर नगरपञ्चायत वडा नं.६ निवासी ठिठर मियाँ ०२७।७।२५ को राति भैंसी चराउन गएको फर्कि घर नआई खोजी गर्दा घरदेखि पूर्व दक्षिण ज.क.मा पं.वडा नं १ मा मरिरहेको छ भन्ने गाउँलेहरूले भन्दा जाहेर गरेको छु कर्तव्यको हो बुझी कारवाही गरियोस् भन्नेसमेत विराटनगर नगरपञ्चायत वडा नं.६ का सदस्य बद्रीप्रसादको मिति ०२७।७।२६।४ को र झमेली मियाँले ठिठरको श्रीमतीलाई करणी गरेमा पक्राउ गरी चुनाकालोे पोती गाउँ घुमाई छाडिदिएको । सो २५ गते राती ३ बजे तिर सिगाई नदीको किनारा माझमेली मियाँले ठिठरलाई भैंसी चराउन गएको अवस्थामा डोरीले घाँटीमा बाँधी चोटपटक गर्ने गरी कुटी मारेछ । सो मार्दा ठिठरकी श्रीमती अल्साया मियाँनीसमेत भई मारेकोले कारवाही गरिपाउँ भन्नसमेत मर्ने ठिठरको मामा महम्मद स्माइल मियाँको २०२७।७।२६ को दरर्खास्त जाहेरी । २. झमेली ठिठर एकै बाबुका भिन्ना भिन्नै स्वास्नीतर्फका छोरा सौतेनी दाजुभाइ हुन ठिठरको स्वास्नीले झमेलीलाई खाने खुवाउने र ठिठर नभएको बेलामा करणी गराउन र गर्ने गर्थे भन्ने कुरा सुन्थें झमेली र अल्सीयासमेत २ जनाका मिलोमतोबाट ठिठरलाई मारे मराएको शंका लाग्छ भन्नेसमेत उस्तद मियाँ, खुदा बक्स मियाँ, लखन मलाहाबंगाल मिश्रीको पृथक–पृथक कागज । ३. २०२७।७।२५ गते पटुवाको निमित्त ठिठरसँग मेरो मुख झगडा भएको र ठिठरको स्वास्नीसँग मेरो करणी भइरहेको कुरा गाउँलेले चुनाकालो पोती छाडी दिएकोबाट समेत ठिठरलाई ज्यान लिन्छु भनेको २५ गते बेलुकी भैंसी लिई सिंगाई नदी किनारा खाडीका सिरकको पल्ला ओडी भैंसीको पिठमा किनारा सुतिएको मौकामा म घरबाटै लगेको काठको लठ्ठीले मर्ने ठिठरको पिठ्यूमा ३।४ पटक हिर्र्काएको पछि भैंसीबाट लेडेपछि पनि लाठीले हिर्काउँदा भाइ ठिठर त्यहीं मरी म ठाकुरप्रसादको घरमा गएँ मर्नेको श्रीमतीको सल्लाहबाट मारेको होइन भन्नेसमेत प्रहरीमा र ठिठरलाई कर्तव्य गरी मारेको होइन ठिठरलाई पटुवामा माटो किन हालेको भनी दोकानदारले मलाई पिटेबाट ठिठरलाई पिटेको हुँ । ठिठर के भई २५ गते रातमा मरे थाहा छैन भनेको स्वास्नीसँग मेरो अनुचित सम्बन्ध भएको थिएन । प्रहरीले कुट्लान भन्ने डरले मैले मारेको हुँ भनी बताएको हुँ तापनि मैले कुटी मारेको होइन भन्नेसमेत अदालतमा झमेलीले गरेको बयान रहेछ । ४. ठिठरलाई झमेली र ठिठरको श्रीमती अल्सियासमेतको मिलेमतोबाट मरे मराएको भन्ने देखिन आएकोले ठि