निर्णय नं. ९१३ - उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१३ - उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/29 २१३१ निर्णय नं. ९१३ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको रिट नम्बर ८२१ फैसला भएको मिति : २०३०।२।२९।२ निवेदक : जि. सुनसरी हरिनगरा गा.पं.वार्ड नं.४ बस्ने लक्ष्मी मियाँ हजामिन विरुद्ध विपक्षी : जि.भू.सु. कार्यालय सप्तरी समेत मुद्दा : उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ (१) विवादमा आएको भरपाई अ.बं. ७८ नं. बमोजिम निवेदकलाई सद्देकीर्तेमा सुनाई त्यसपछि मात्र प्रमाणमा लिनुपर्ने सो अनुसार नगरी प्रमाणमा ल्याएको कानूनी त्रुटि गरेको स्पष्ट हुने । (२) बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी उजूर गरेकोमा निष्कासन गर्न खोजेको भनी सजाय गरेको भु.सं.ऐन २०२१ को दफा ३२(१)ख.को कानूनी त्रुटि गरेको देखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार बर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज आदेश न्या. वासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति ०२८।३।२८ को निर्णय बदर गरिपाउँ भनी मिति ०२८।५।२८ मा रिट निवेदन दर्ता भएको रहेछ । तथ्य यसप्रकार छ : प्रतिरक्षी मोहर मल्लाह मोढिले निवेदकको नाउँको सप्तरी ओद्राहाको जग्गा बिगाहा ०–१०–० दश कठ्ठा मोहियानीमा आधि फाँट दिने गरी कमाई आएकोमा २०२७ सालको धान बाली पाकी तयार भएपछि निवेदकलाई सूचना दिई बाली आधि फाँट निवेदकलाई दिनुपर्नेमा निवेदकलाई थाहा सूचना नदिई काटी जग्गाधनी भाग नदिई लगेको हुँदा कठ्ठा १ एकको धान मन २।। दुई मन बिस सेरका दरले उब्जा भएको धान मन २५ पच्चीसको आधि भाग धान मन १२।। बाह्र मन बीस सेरको मन १ एकको रु.३५ को दरले हुने रु.४३७।५० र पराल बोझा ३० को रु.४५। जम्मा रु.४८२।५० चार सय बयासी रुपैयाँ पचास पैसा दिलाई भराई पाउँ भन्ने भू.सु.कार्यालयमा निवेदन परेको भूमिसुधार अधिकारीबाट निर्णय हुँदा २०२७ सालको धान बाली जम्मा धान मन १०।।। दशमन तीस शेर पञ्चायतको रोहवरमा वादीको सहोदर दाजु हरिलाल ठाकुरलाई आधि फाँट बुझाई भरपाईसमेत गरिलिएको भरपाईको नक्कलसमेत पेश गरेको र पञ्चायतले बाँकी फाँटको मुचुल्का खडा गरी बाँडफाँड गराएको हुँदा वादीले प्रतिवादीबाट ०२७ सालको बाली बुझिलिएको ठहर्छ । वादी जग्गाधनीले प्रतिवादी मोहीलाई बाली बुझी निजलाई निष्कासन गर्न खोजेकोले वादीलाई भु.सं.ऐन २०२१ को दफा ३२ (ख) बमोजिम जग्गालाई रु.३०। तीसका जरिवाना हुने ठहर्छ भनी मिति ०२८।३।२८ मा भूमिसुधार अधिकारीले निर्णय गरेको रहेछ । सो उपर रिट निवेदन पर्न आएको छ । २. निवेदकको लेख जिकिर निम्न प्रकार छ : (१) भु.सं.ऐन, २०२१ को दफा ३६ अनुसार मोहीले उब्जनी बाली काट्नी मठनी हुँदाकै बखत थला वा खरिहान भई निवेदकलाई वा निवेदकको अधिकार प्राप्त प्रतिनिधिलाई बाँडी दिई सकेपछि मात्र बाली उठाउन पाउने कर्तव्य भएको कानूनी व्यवस्था छ । सो मूल कर्तव्य विपरीत गरी मोहीले निवेदक जग्गाधनीलाई बाली कटानी भडनीको सूचना खबरनै नदिई बाली काटी निवेदकको माग निवेदकलाई कुनै अधिकार प्राप्त प्रतिनिधिलाई नबुझाएको प्रष्ट प्रमाणित छ । (२) मोहीले कानूनले तोकिए बमोजिम गरी जग्गाधनी फाँटबाली बुझाउनुपर्नेमा नबुझाई बेसरोकारका व्यक्तिको भरपाई खडागरी जालसाज गरी समुचित न्यायमा असर परेको प्रष्ट छ । मोहर महलाहले बा