निर्णय नं. ९१४ - ज्यान, हाडनाता करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१४ - ज्यान, हाडनाता करणी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/08/16 २८४९ निर्णय नं. ९१४ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३० सालको फौ.पु.नं. ७८५, ७५४ फैसलाभएको मिति : ०३१।८।१६।१ मा पुनरावेदक : श्री ५ को सरकार विरुद्ध पुनरावेदक, प्रतिवादी : जि. कास्की चापाकोट गा.पं.वडा नं.७ बस्ने देवीरमण पाध्या मुद्दा : ज्यान, हाडनाता करणी (१) साविती बयानलाई असंगत तुल्याउने मिसिलमा अन्य प्रमाण नभए कर्तव्य गरी मारेको भन्ने देखिने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ असमर्थक तर्फबाट : अधिवक्ता किशोरकुमार पुनरावेदक वादी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय फैसला न्या. धनेन्द्रबहादुर सिंह १. श्री ५ को सरकार र देवीरमण पाध्याको गण्डकी अञ्चल अदालतको फैसला उपर पुनरावेदन परी यो मुद्दा आज डिभिजन बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छन् : चापाकोट गा.पं. बलभद्रकी विवाहिता श्रीमती लक्ष्मीमाले गर्भ बोकी छन् निजको लोग्ने १८ सालमै परलोक भएको हुँदा गर्भ निजको नभएकोले सो गर्भलाई फालिछन् । निजको भनाई अनुसार सो गर्भ देवीरमण पाध्याको हो तर देवीरमण पाध्या समाजमा नआएकोले हामीमा शंका लाग्छ उक्त गर्भ ५ महिनाको हो वा १० महिनाको हो भवितव्यले मरेको हो वा कर्तव्यले मरेको हो तुरुन्त जाँच गराई पाउँ भन्ने प्र.पं.बज्रमोहन तथा सदस्य खिमलालको ०५२।१२।२५।२ को जाहेरी दरर्खास्त रहेछ । ३. म भैंसी दुहन गएको बेला देवीरमणले मलाई जवरजस्ती करणी गर्यो । त्यसदिन म रजस्वला भएको १२ दिन भएको जस्तो लाग्छ त्यसको ३ महिना पछि मात्र मलाई गर्भ रहेको थाहा भयो गत चैत्र १३ गते बिहान उज्यालो नहुँदै घरको आगनमा बालक पैदा भयो घरमा छोरीसँग पानी मागी खान आउन लाग्दा मलाई देवीरमणले च्याप्प समाती बच्चा लिएर बारीतिर गयो घर आगनबाट बच्चा च्यापी लाँदा च्याँ गरेर कराएको थियो र बच्चा गाड्ने खाल्टो खन्न लाग्यो बच्चा घरबाट लाँदा र गाड्दा कराएन बाटामा मर्यो वा के गर्यो बालक महिना पुगेको छोरा रहेछ भन्नेसमेत लक्ष्मीमाको कागज । ४. सङ्कलित सबूत प्रमाणबाट मनाई गर्दागर्दै पनि नमानी देवीरमणले बालख च्यापी लिएर गए कर्तव्य गरी मारी कोल्टो पारी बारीको डिलमुनी गाडेको कुरा बुझिएसम्मबाट तथ्य हुन आएको र । ५. गाउँ कचहरी देखि निज देवीरमण चापागाईँ जोशी भागी बेपत्ता भएको देखिएकोले निज देवीरमणका उपर ज्यानसम्बन्धीको महलको १३ नं. को दफा ३ अनुसार र लक्ष्मीमाले आफूले जन्माएको छोरालाई देवीरमणले मारी गाडी रहेको अवस्था मौजुद रहेको देखिन आएकोले निजका उपर ज्यानसम्बन्धीको महलको १७ नं.को दफा ३ अनुसार सजाय हुन लक्ष्मीमा चापागाईँलाई पेश गरेका छौं भन्नेसमेत प्रहरी प्रतिवेदन । ६. ७ पुस्ता माथिको छोरा नाता पर्ने देवीरमणसँग बिग्री गर्भ रहन गएको थियो सो गर्भबाट महिना पुरा भई बालक पैदा हुँदा बिहान पख देवीरमण आई हामी दुबै बच्नुपर्छ भनी सो बालकलाई लिएर गयो म पनि पछि–पछि जाँदा र निजले खाल्टो खन्न लाग्दा म फर्की आएँ भन्नेसमेत लक्ष्मीमा चापागाईँको अदालतमा बयान । ७. निज लक्ष्मीमा मेरो नौ पुस्ता भित्रको आमा नाता पर्ने हो निज विधवा भएकी र निजले पेट बोकेको कुरा थाहा भएको तर गाउँघरमा त्यो विषयमा कुनै कुरा भएको थिएन । म यही ०२५।१२।१० गते जागिर खान्छु भनी खेमलाल पाध्या पौडेलको साथ लगी बनारस गई हरिहर संस्कृत पाठशालामा शिक्षक भई बसेको थिए