निर्णय नं. ८०९ - जिरायत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०९ - जिरायत भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०२/०४ २५०९ निर्णय नं. ८०९ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२८ सालको दे.फु.नं. १४६ फैसला भएको मिति : २०३१।२।४।६ निवेदक : जि.स.प्र. माल झमुना मौजे इनरुवा फुलवडिया बस्ने अमृतलाल माझी थारुसमेत विरुद्ध विपक्षी : ऐ. मौजे बनौली बस्ने भोलावति चौधराइनी मुद्दा : जिरायत (१) नापी मुन्सिफामा दायर भएको उजूर अदालतमा सर्न नसक्ने, त्यस्तो मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने नदेखिने । मुद्दा हेर्नेसम्बन्धमा यो यस्तो किसिमको मुद्दा यहाँबाट हेरिने भनी तत्काल प्रचलित अ.बं.४९ नं.र हालको अ.बं.२९ नं. समेतमा मुद्दा हेर्ने अड्डा तोकिएको पाइन्छ । उक्त ऐनबमोजिम मुद्दाको कारवाई किनारा गर्नालाई तोकिएको इलाकाको अदालतमै कानूनबमोजिम रीतपूर्वकको नालिस उजूर दायर भएको हुनुपर्छ अथवा न्यायिक निकायकै बेइलाकाको अर्को अदालतमा दर्ता भएको नालिस उजूर उक्त ऐनबमोजिम इलाकाको अदालतमा सरी आएको हुनुपर्छ अनिमात्र त्यस्तो मुद्दामा अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी मुद्दाको कारवाई किनारा गर्न कानूनले मिल्ने हुन्छ, नापी मुन्सिफा मुद्दा हेर्ने अड्डा होइन र त्यस्तो अड्डामा दायर भएको उजूर अदालतमा सर्न सक्ने कानूनमा व्यवस्था पनि छैन । त्यसकारण पहिले नापी मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी त्यस्तो उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने देखिँदैन । अरू साविक अ.बं.५९ नं.का ऐनमा लेखिएदेखि बाहेक बेइलाकाको नालिस हेर्न सुन्न हुँदैन । सुनेको भए पनि बदर हुन्छ भन्ने र हालको अ.बं.३५ नं.मा गैह्र अड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । जसअनुसार अनधिकृत निकायले आफूले हेर्न नहुने मुद्दा हेरे छिनेकोमा हेरेछिनेको दुवै कुरा बदर हुने प्रष्ट छ । (प्रकरण नं. १५) उल्लिखित मुद्दा : दे.फु. नं. १० वरुणदास वैष्णव वि.वलिरामदास वैष्णव, दे.फु.नं. १२८ रोगाहि थारु वि.मानबहादुर, रि.फु.नं. २३ केवल क्षेत्री वि.कविलवस्तु जि.अ., दे.फु.नं. ७९ मुनिलाल गोल्छा वि.धनचन्द्र राईसमेत फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहयाइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ । २. मौजे इनरुवा फुलवडियासमेतको जिरायत जग्गा नापीमा विपक्षीहरूको नाममा दर्ता गराएको बदर गरी मेरो नाममा दर्ता गराइपाउँ भन्ने समेत वादीको निवेदन उजूरीबाट सप्तरी गोश्वराबाट कारवाई किनारा गरेकोमा पुनरावेदन परी आई ०१९।३।६ को डिभिजन बेञ्चमा पेश हुँदा तेरो मेरो परेको मुद्दा सप्तरी गोश्वाराले हेरी छिनेको बदर हुन्छ । मुद्दाका हकमा वादीसमेत जो जसलाई झिकाउनुपर्छ म्याद दिई झिकाई यसै मुद्दाबाट सप्तरी जिल्ला अदालतले ऐनबमोजिम शुरू कारवाई गरी किनारा गरिदिनु भन्ने समेत निर्णय भएको सोबमोजिम मिसिल तत्कालिन सप्तरी जिल्ला अदालतमा गई उक्त जि.अ.बाट शुरू कारवाई भएको समेत रहेछ । तथ्य यसप्रकार छ : मौजे इनरुवा फुलवडियाको । आना जग्गा जमिदारी साविक जिमिदार महंगी तेली लिने शिवनन्दन