निर्णय नं. ८६७९ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६७९ - अंश चलन भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०३/०९ ६८३३ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६७९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भरतराज उप्रेती दे.पु.इ.नं.०६६–DF–००१४, ००१५, ००१६ र ००१७ फैसला मितिः २०६८।३।९।५ मुद्दाः अंश चलन । पुनरावेदक वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल समेत विरुद्ध पुनरावेदक वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल समेत पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. ३ बस्ने धनकुमारी ढुंगेल समेत विरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल समेत पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १० बस्ने रुपेश ढुंगेल समेत विरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल समेत पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने श्यामराज ढुंगेल विरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला, कटुञ्जे गा.वि.स. वडा नं. २ बस्ने उमादेवी ढुंगेल समेत शुरु निर्णय गर्नेः मा.जि.न्या.श्री शुष्मालता माथेमा पुनरावेदन निर्णय गर्नेः मा.न्या. श्री गिरीश चन्द्र लाल मा.न्या. श्री हरिबाबु भट्टराई सर्वोच्च अदालत, संयुक्त इजलासः स.प्र.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री रणबहादुर बम § पूर्व स्थापित नजीरहरूले न्यायिक अनुशासन र न्यायिक निरन्तरता प्रदान गर्ने हुनाले तिनको अनुपालन गर्दै मुद्दाको विशिष्ट तथ्यको विवेचना र परिस्थितिमा भिन्नताको आधारमा सम्बद्ध प्रमाणको मूल्याङ्कन र सान्दर्भिक कानूनको व्याख्या गर्दै न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने हुन्छ । क्रमिक रुपमा अंशबण्डाको ३० नं. को प्रयोगका लागि मापदण्ड, सूत्र वा शर्तहरू निर्धारित गरिनु हुँदैन । त्यस्तो गरिनु भनेको निर्णयकर्तालाई न्यायिक मनको प्रयोग गर्ने अवस्थाबाट बञ्चित गरेको हुने । (प्रकरण नं.९) § कानूनले नै घरसारमा भएको बण्डापत्रको लिखतले कानूनी मान्यता प्राप्त गर्ने पूर्वावस्थाहरू उल्लेख गरिदिएको अवस्थामा तिनीहरूको विद्यमानतावेगर कार्यान्वयनमा नै नआएको लिखतका आधारमा अंशबण्डा भएको भन्ने निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं.१३) § मानो छुट्टिएको मिति सम्बन्धमा मुख नमिलेको अवस्थामा सामान्यतया फिराद परेको भन्दा अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिने न्यायिक परिपाटी रही आएको भए पनि त्यसलाई निरपेक्ष रुपमा ग्रहण गर्न भने सकिँदैन, मुद्दामा रहेको तथ्यले त्यसलाई निर्धारित गर्ने । (प्रकरण नं.१५) § संयुक्त रुपमा हा.व.को लिखत पारीत गरी हक हस्तान्तरण गरिएको भए तापनि सगोलका ती सम्पत्ति परिवारभित्रै रहेकोले एकले अर्कालाई हक हस्तान्तरण गरेकै आधारमा ती सम्पत्तिलाई बण्डा हुने सम्पत्तिबाट बाहेक वा अलग गर्न नमिल्ने । (प्रकरण नं.२२) पुनरावेदक वादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, वसन्तराम भण्डारी, हरिहर दाहाल र शम्भु थापा तथा अधिवक्ताहरू प्रकाश राउत र इन्द्र खरेल पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, पीताम्वर सिलवाल, श्याम पाण्डे, बामदेव ज्ञवाली, फणिन्द्रराज सिलवाल, सविता वराल, अनिता चापागाईं, कृष्ण सापक