निर्णय नं. ९१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2030/12/16 २१७५ निर्णय नं. ९१७ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको रि.फु.नं. ३६ फैसला भएको मिति : ०३०।१२।१६।६ निवेदक : जि.स. खड्गपुर गा.पं. मा वार्ड नं.६बस्ने सिताराम साहुतेली समेत विरुद्ध विपक्षी : जि. सप्तरी तरहि गा.पं. वार्ड नं. १ बस्ने बालगोविन्द चौधरी थारु विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नियम ६ अनुसार मोहीको लगत प्रकाशित भएकोमा कुनै व्यक्तिलाई प्रतिकूल असर पर्छ भने त्यस्तो असर पर्ने व्यक्तिले नियम ७ बमोजिम उजूर गर्नुपर्ने कुरा भूमिसम्बन्धी नियमको व्यवस्थाबाट प्रष्ट हुने । (प्रकरण नं. ९) (२) मुद्दा पर्दापर्दै कुनै एकपक्षले अर्को पक्षलाई प्रतिकूल असर पर्ने कुनै प्रमाणको श्रृष्टि गर्छ भने त्यसलाई मान्यता दिन मिल्दैन तर पक्ष आफैले अर्को पक्षलाई प्रतिकूल असर पर्ने प्रमाण श्रृष्टि गरेको नभई कानूनी प्रक्रियाहरूबाट नै कुनै काम कुरा हुनजान्छ र सो काम कुराको परिणामबाट कुनै पक्षलाई प्रतिकूल असर पर्न जान्छ भने त्यसउपर कानूनले तोकेको व्यवस्थाअनुसार निजले आफूलाई असर परेको कुरामा कानूनले तोके बमोजिम उजूर गर्नुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा आदेश न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक सिताराम साहु तेली समेतले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : अघिदेखि बटैयामा कमाई आएकोमा मोही भनेकोले मोही हक कायम गरिपाउँ भन्नेसमेत सिताराम साहुतेलीसमेत उपर रिट निवेदक बालगोविन्दको वादी हामी टंकेश्वरी मिरादेवीले सीतारामलाई जग्गा राजीनामा दिई भोग्न दिएको, मोही लागेको छैन भन्नेसमेत इन्द्रदेव टंकेश्वर मीरादेवीको र राजीनामा लिई आफैले जोती भोगी खाई आएको छु कसैलाई जोत्न दिएको छैन वादीलार्ई अस्थायी निस्सा दिनै नपर्ने दिएको अस्थायी निस्सा बदर हुनुपर्ने भन्नेसमेत सीतारामको प्रतिवादी भएको मोहियानी मुद्दामा जग्गाधनीले उल्लेख गरेको जग्गा प्रतिवादी जग्गाधनी आफैले जोती कमाई आएको ठहर्छ कार्यालयमा रहेको रेकर्ड संशोधन गरी सोही अनुसार रेकर्ड मिलान गर्न सम्बन्धित गा.पं. मा लेखि पठाउने भन्नेसमेत जि.भू.सु. कार्यालय सप्तरीबाट ०२७।९।८।४ मा निर्णय भएको रहेछ । ३. भू.सु.अधिकारीज्यूले उपरोक्त मुद्दाको न्याय निरोपण गर्दा ०३२ सालमा अस्थायी निस्सा पाएको भनी उल्लेख गरेकोमा ०२३ सालको पेश भएको भन्ने निर्णयमा उल्लेख भएको ०२२ साल वा २३ सालको जे भए पनि अस्थायी निस्साको प्रमाणिकतामा कुनै असर पर्दैन ०२२ सालको बाली लुटपिट मुद्दामा प्रतिवादीले नालेश गरेकोमा लुटपिट ठहरेको देखियो भन्ने एउटा असंगत बुँदा लिएको छ उक्त बाली लुटपिट मुद्दा मेरो माथि नभएकोले त्यसलाई वलात मेरो माथि आरोपित गरेको प्रष्ट रुपले कानूनी त्रुटियुक्त भएको सिद्ध छ । सो जग्गा मैले मोहीमा जातेको छ छैन यकिन गर्न सर्जमिन गर्नुपथ्र्यो सो नगरेको र साक्षीसमेत नबुझी दिएको कारणबाट हराउन दुरासययुक्त मनसाय भू.सु.अधिकारीज्