निर्णय नं. ८१० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१० - जग्गा खिचोला भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०२/१८ २५३५ निर्णय नं. ८१० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको दे.फु.नं. १५० फैसला भएको मिति : २०३०।२।१८।६ निवेदक : पश्चिम १ नं. धादिङ जितारुका आयचौर बस्ने तुल्सीराम अधिकारी जैशी विरुद्ध विपक्षी : ऐ.चौतारा बस्ने जीतबहादुर अधिकारी क्षेत्री मुद्दा : जग्गा खिचोला (१) कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने, यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न नउठ्ने, आसामीले जग्गा चलन गर्न आएमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउने । राजीनामा लिखत पास नभए पनि जग्गा मैले भोग तिरो गरी आएकोमा जग्गा मिच्नेको १८ नं. को म्याद नाघिसकेपछि वादीको नालिस दावी लाग्न नसक्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र जग्गै वादीको भोगमा छैन भने खिचोला गरेको कसरी ठहर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल बहसमा मुख्य जोड दिनु भएको हकमा एकाको हकको जग्गामा अर्काको हक स्थापित हुनलाई पहिलेको जग्गाधनीले आफ्नो हक हस्तान्तरण गरेको कानूनबमोजिम रीत पुगेको लिखत हुनुपर्छ अनिमात्र अर्को व्यक्तिको हक स्थापित हुन सक्छ । कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने हुनाले यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न उठ्न नसक्ने र आसामीले आफ्नो हक खोजी आफ्नो जग्गा चलन गर्न आएकोमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउनेसमेत हुँदा उपरोक्त जिकिरहरूसँग सहमत हुन मिलेन । तत्काल प्रचलित रष्ट्रिेशनको ७ नं.मा यस्तो रजिष्ट्रेशन पास नभई लिखत कपाली भएको अवस्थामा भोग नपाएको जतिमा ऐनबमोजिमको शुदसमेत साहूले कपालीसहर भराइलिन पाउने कुरा उल्लेख भएकोले कपाली भएको लिखतबाट जग्गा साहूले भोग तिरो गर्नु नगर्नुको असर सुदपाउने नपाउनेसम्म कुरामा पर्न जाने देखिन्छ । लिखत पास नभए पनि साहूको भोग तिरो चलेकोमा जग्गामा साहूकै हक पुग्ने भन्ने उक्त रजिष्ट्रेशनको ७ नं. को मनसाय समेतबाट मिल्ने देखिँदैन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०३०।१।१९ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : यदुकुमारका हकको भुत्याहा खेत ।४१।८।६ मध्ये ।२०।१४।३ रू.३०३ मा २००४।२।४।७ मा रणबहादुरलाई राजीनामा गरी दिएको म हकदार हुँदा विपक्षीबाट सापटी गरिलिई जग्गा निखनी निजलाई भोगबन्धकी दिएको निखनीपाउँ भन्ने उजूर गरी माल गोश्वाराबाट निखनी पाउने ठहरेकोमा सर्वोच्च अदालतमा पुनरावेदन पर्दा माल गोश्वाराले गरेको फैसला बदर भएको घरसारमा मिल्ने कुरा भई मोल रू.११००। कायम गरी रू.७९७ बुझाई रू.३०३ को ०२०।९।३ मा भरपाई गरिदिएकोले ७–१४ नं.फारामसमेत मैले भर