निर्णय नं. ९१८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८ - जग्गा खिचोला भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/07/11 २०८० निर्णय नं. ९१८ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको दे.फु.नं. १११ फैसला भएको मिति : २०३२।७।११।३ निवेदीका : काभ्रे. जि. बनेपा गाउँ पञ्चायत वडा नं.७ बस्ने धनमाया बाडे श्रेष्ठनी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने अष्टनारायण मानन्धर मुद्दा : जग्गा खिचोला (१) ऐनबमोजिम बन्धकीको दोहरी समेतको लिखित सबूतको अभावमा भोगबन्धकीमा दिएको भन्ने जिकिर कायम मान्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा ०२९।८।९।४ को फुल बेञ्चबाट छिनिएकोमा दोहराई पाउँ भन्ने धनमायाको निवेदन परेकोमा एक पटक फुल बेञ्चबाट दोहर्याई कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरवार मार्फत ०३०।९।२५ को हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : हर्षमाया मानन्धरबाट मेरो बाबु बिसनारानले राजीनामा गरी लिई १९८३ साल माघ ४ गते रोज २ मा बनेपा अ.मालबाट बहाली पुर्जि लिई बाबु छउन्जेल बाबुले शेषपछि मैले भोगचलन तिरो भोग गरिआएको बहिबु खेत कित्ता २ को मुरी ।९।१० के फ.ना.१।१५।५ गहुँ ।४।६ धान ।९।२ चारदाम ।५ बुझाउनु पर्र्ने सो जग्गामध्ये पूर्व बाटो पश्चिम भालालको खेत उत्तर जहरमानको छोरी न्हुछेमायाको खेत दक्षिण जोगराम कर्मीको खेत हाल राजमार्ग यति ४ किल्ला भित्रको माटो मुरी ।४ को जग्गामा ०२३ साल माघ ३ गते प्रतिवादीहरूले जबर्जस्ती कब्जा गरी सो घर बनाएकोले ऐनबमोजिम सजाय गरी सो घर निजहरूले उठाई लैजाने र मेरो जग्गामा मेरो हक सदर थामी पाउँ भन्नेसमेत वादी । ३. भालालको खेतदेखि पूर्वको मट्टितेल पेट्रोल मोबिल डिजेल वितरण गर्न घर दोकान बनाएको माटो ।५।१० को कित्ता १ र भालालको खेतदेखि पश्चिमको माटोमुरी ।४ समेत बहिबु खेत ।९।१० र अरू खेत खला ३ समेत म जगतमानकी श्रीमती म केदार सिंकी आमा धनमायाँ मानन्धरनीलाई निजकी आमा हर्षमायाँले १९८२ साल जेष्ठ १७ गते दाईजो पत्र गरिदिएकी वादीको आमा पञ्चलक्ष्मी बाबु विसनारान धनमायाँकी सानीआमा सानो बाबु भएकोले १९८२ सालमा रु.१५०। मा भोगबन्धकी दिएकी अरू खेत खला ३ र घर आधी रजिष्ट्रेशन पास गरी वितरण गरिसकेकी बन्धकीमा भोग गरेकोमा भूमिसुधारमा उजूर गर्ने हो कि सल्लाहबाट छाडिदिन्छौं भन्दा भालालको खेत देखि पूर्वको १ कित्तामा घर बनाउन ठाउँ पुग्छ बनाउ अरू जग्गा गहुँ बाली काटेपछि चाहिए छाडि दिउँला भनेकोले पूर्वपट्टिको जग्गामा घर दोकान बनाई बसेको हो । अ.बं.८२ नं. समेतले वादीको उजूर नलाग्ने हुँदा वादी खारेज गरिपाउँ भन्नेसमेत जगतमान, केदारमानको प्रतिवादी । ४. वादीमा हामीहरूको कसूर उल्लेख छैन वादी दावीको जग्गा हर्षमायाले छोरी धनमायाँलाई दाइजो पत्र गरिदिएकी हो वादीको बाबुलाई राजीनामा गरिदिएको होइन भन्नेसमेत बाबु काजी, हरिलाल दानकाजीसमेतको प्रतिवादी । ५. वादीले अ.मालबाट पाएको भनेको बहाली पुर्जिको हकमा सो कुनै सरकारी अड्डा नभएको जिम्मावालसँग मिल्न सके जहिले जुन मितिको पनि गरिदिने भएकोले प्रमाण लाग्न नसक्ने र वादीले राजीनामाबाट हक भएक