निर्णय नं. ८११ - अर्को लिखत गराइपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११ - अर्को लिखत गराइपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०१/२७ २२२६ निर्णय नं. ८११ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १४४ फैसला भएको मिति : २०३१।१।२७।६ निवेदक : का.जि. क्षेत्रपाटी बस्ने मुकुन्दबहादुर श्रेष्ठ समेत विरुद्ध विपक्षी : ऐ. इखापोखरी बस्ने गोविन्दमान श्रेष्ठसमेत मुद्दा : अर्को लिखत गराइपाउँ (१) हक बेहकतर्फ ठहर गर्नुपर्ने स्थिति नभएकोमा हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा हदमाथिको हुने भन्न नमिल्ने । यो मुद्दा हदमुनि या माथि के हुने हो भन्ने सम्बन्धमा हेर्दा हकबेहकको जुन बयानमा खुलाएको मोल बिगो रू.१०,०००। लाई कायम मानी हदमाथिको भनी बागमती अञ्चल अदालतको फैसलाउपर पुनरावेदन गर्न पाउने गरी ०२६।३।१९।५ मा आदेश भएको छ । सो हकबेहकतर्फ यस मुद्दाबाट ठहर गर्नुपर्ने स्थिति नभएको समेत माथिको प्रकरणमा उल्लेख भइसकेकोले सो हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा यो मुद्दा हदमाथिको हुने भन्न मिलेन । न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो रू.५,०००। भन्दा माथि बिगोको मुद्दामा र बिगो नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचरण वा तायदाती नआएको अंश मुद्दामा मात्र अञ्चल अदालतउपर पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको पाइन्छ । वादीले नालिस गर्दा अर्को लिखत गराइपाउँ भन्नेसम्म दावी लिई रू.५। कोर्टफी राखी नालिस गरेको यो यति बिगो भन्ने नखुलाएको र शुरू का.जि.अ.को फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन गर्दा पनि लिखत बदरतर्फको शुरू कोर्टफी रू.५। लाई नै कायम मानी पुनरावेदन गरेमा लाग्ने कोर्टफी राखी पुनरावेदन गरेको समेत हुँदा यो मुद्दा हदमाथिको देखिन आएन । (प्र.नं.१७) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : म इन्द्रकुमारीको आमा मदनकुमारीका नाममा म इन्द्रकुमारीको रूपैयाँबाट का.ई.क्षेत्रपाटी इखापोखरीको घर जग्गा खरीद गरी लिई पछि सो जग्गामा मोटर ग्यारेज घर बनाउने खर्च म इन्द्रकुमारीबाटै लगाई घर मोटर ग्यारेज बनाई बसी भोगचलन गरिआएकोमा आमाको नामबाट खरीद भएकोले आमा आगे गरी बाबु कृष्णमान, कान्छो भाइ वाशुदेवमान अन्तरसाक्षी बसी गोविन्दमान लेखक भई सो जग्गा खरीद गर्दा र मोटर ग्यारेज र बनाउँदा पनि तिमीहरूको रूपैयाँ परेको हो, त्यसोहुँदा तिमीहरू बसुञ्जेल अर्थात् हामी छोरी नातिको जिन्दगी रहेसम्म बस्न चाहेमा बस्न पाउने र कदाचित छोडी जान चाहेमा जो परेको खर्च अर्थात् घर जग्गा खरीद गर्दा र मोटर ग्यारेज घर बनाउँदा लागेको खर्चसमेत अन्यायीहरूले दिने सो घर जग्गा हामीहरूले अन्यायीहरूलाई नै छाडिदिने रूपैयाँ दिनु भन्दाभन्दै अरूलाई बेच्न नपाउने गरी शर्त राखी भोग गर्ने व्यहोराको बन्देजी शर्तनामाको कागज लेखी ०११।२।२६।३ मा दिएको थियौं । गोविन्दमान, वासुदेवमानले मेरो हक भोगको जग्गा भनी घर बनाउन नक्सा पास गर्न का.न.पं.मा दर्खास्त दिएकोमा मुद्दा परेकोले सो मुद्दा