निर्णय नं. ९१९ - उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१९ - उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/12/28 २०९५ निर्णय नं. ९१९ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०३१ को रिट नम्बर १११८ आदेश भएको मिति : २०३१।१२।२८।५ निवेदक : जिल्ला डोल्पा गा.पं. दुनै वडा नं.१ बस्ने लक्ष्मीशरण शर्मा समेत विरुद्ध विपक्षी : न्यायाधीश, निर्वाचन विशेष अदालत डोल्पा जिल्ला अदालत डोल्पासमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ (१) निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १५ को अधिकार प्राप्त आदेशको अभावमा पोलिङ्ग अधिकृतले उपयुक्त अधिकार प्रयोग गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर बिष्ट आदेश न्या. वासुदेव शर्मा १. हामीलाई जरिवाना गरी निर्णय गरेको पोलिङ्ग अधिकृतको मिति ०३०।९।२४ को आदेश र निर्वाचन विशेष अदालतको फैसला अनधिकृत एवं कानूनी त्रुटिपूर्ण भएको र सो आदेश फैसला नेपालको संविधानको धारा १०(१), ११(३) द्वारा प्रदत्त हकमा आघात पारेकोले ऐ.संविधानको धारा ७१ अन्तर्गत उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी विपक्षीहरूको आदेश फैसला बदर गरी हाम्रो हक प्रचलन गरिपाउँ भनी प्रस्तुत रिट निवेदन मिति ०३१।७।२।६ मा दर्ता हुन आएको रहेछ । निवेदकको निवेदन सम्बन्धी संक्षिप्त तथ्य यसप्रकार छ : २. निवेदकहरू जिल्ला डोल्पाको बासिन्दा भएको र जिल्लाको सदरमुकाम दुनैको गाउँ पञ्चायतको मिति ०३०।९।२२ गते भएको प्रधान एवं उपप्रधान पञ्चको निर्वाचनमा भाग लिन हामी उपस्थित भएका थियौं । अशक्त मतदाताहरूले मतदान गर्ने वारेस बन्ने कुरामा निजहरूले चाहेको व्यक्ति साथमा लैजानु पर्दछ भन्दा रि.अ.प्र.जि.अ. लक्ष्मणप्रसाद खरेलले सो गर्न नदिई उल्टै हामीलाई मतदान गर्न दिनुभएन । आफ्नो हक प्रयोग गर्न नपाएकोले श्री ५ महाराजाधिराजमा आकाशवाणीद्वारा विन्ति चढाई पठाएका थियौं । प्रमुख जिल्ला अधिकारीले जिल्लामा हाम्रा विरोधी नरबहादुर बुढाको पक्ष लिई हरेक क्षेत्रमा हामीलाई दुःख दिँदै आएको र लक्ष्मीशरणको छोरा जि.प्र.सदस्य अशोक हमाललाई शान्ति सुरक्षामा पनि कयौं दिन थुनामा राख्नुभयो र श्री ५ को सरकारको आदेशले मात्र छाड्नुभयो । त्यस्तै अशोक हमाललाई थुनेकोमा म बागबहादुर शाहीले समर्थन गरिन भनी जिल्ला सभा भनेकोमा निज आफै बसी आफ्नो सम्बन्धमा बडो तारिफ गरी प्रस्ताव पास गराएका र मेरो विरुद्धमा अविश्वासको प्रस्ताव पारित भयो भनी मलाई उपसभापति भई काम गर्न नदिएकोले सम्मानीत अदालतमा निवेदन दिएकोमा उक्त गैरकानूनी प्रस्ताव बदर भएकोले उप–सभापति रहिआएको छु । सर्वोच्च अदालतमा निवेदन दिएको र गा.पं. को निर्वाचनमा प्र.जि.अ.ले धाँधली गरेमा श्री ५ मा विन्ति चढाइएकोले रिटनिङ्ग अधिकृत प्र.जि.अ. आफैसमेत भई जिल्लाका कार्यालय प्रमुखहरूलाई राखी ०३०।९।२२ को निर्वाचनमा म मोतीबहादुर शाहीले प्र.पं.उप–प्रधानपञ्चमा उठेको उम्मेद्वारलाई तानी लगेको र पछि मत गिन्ती गर्न लागेको समय म बागबहादुर शाहीसमेतले निर्वाचन क्षेत्रभित्र गोलमाल र अशान्ति हुलदड्डासमेत गर्न गएको निजहरूले देखेको भनी मिति ०३०।९।३२।२ मा मुचुल्का गरेछन् । सोही दिन अर्थात निर्वाचनको भोलिपल्ट हामीलाई प्रहरीले पकडी लगेका र निजहरूको प्रतिवेदनमा निर्वाचनको दिन पक्डीन फेला