निर्णय नं. ९२० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२० - कर्तव्य ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/11/05 २११९ निर्णय नं. ९२० ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंहह रावल सम्वत् २०२९ सालको फौज्दारी पुनरावेदन नम्बर ५३५ फैसला भएको मिति : २०३१।११।५।२ पुनरावेदक : हे.कं. रुद्रबहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : मनीलाल घर्तिमगर, लालबहादुर घर्तिमगर समेत मुद्दा : कर्तव्य ज्यान (१) कुटपिट गरेकोबाट ज्यान सम्बन्धीको ९ र १० नम्बरमा लेखिएको म्यादभित्र मर्न गएकोमा ज्यान मारेको सरह सजाय दिनलाई सो कुटाई माग्ने व्यक्ति कुटाईको चोट पिरले थला परेको हुनुपर्ने ऐनमा उल्लेख भएकोमा थला परेको नदेखिए ज्यानमाराको बात नलाग्ने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता प्रेमबहादुर बिष्ट फैसला न्या. झपटसिंह रावल १. राप्ती अञ्चल अदालतबाट ०२९।३।२९।४ मा फैसला भई वादी श्री ५ को सरकारतर्फबाट पुनरावदेन परी आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. ०२२।७।१२ का दिन मेरो घरमा मनीलालसमेत आई मलाई कुटपिट गरेकोले निज घाउ जाँची पाउँ भन्नेसमेत ०२२।७।१८ को बलबहादुरको दरखास्त । ३. मु.मनीलाल घर्तिमगरसमेत जना ६ ले मु.मनीलाल गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा घर १ को कर रु.२। का दरले लिएछन् । मेरा बाबु बलबहादुर चन्द्रसमेतले रु.१। का दरले दिन्छु रु.२। का दरले दिन्न भन्दा मु.मनीलाल बचन दिने अरू प्रतिवादीहरूले बाबालाई ०२२।७।१० का दिन कुटपिट गरेछन् । ऐ.१५ गते घाजाँच गराई घर जानु भएछ । म पुलिस चौकीमै थिएँ । ऐ.२६ गतेका रात सो चोटपीरले परलोक हुनुभएछ । कर्तव्यबाट बाबाको ज्यान मरेको देखिंदा गाउँ सर्जमिन समेत बुझी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत रुद्रबहादुर चन्द्रको ०२२।७।२९।१ को जाहेरी दरर्खास्त । ४. प्रतिवादी मध्ये मनीलालले बचन दिई तुल्सीराम नरुवीरबहादुर, दरबहादुर, लालबहादुरले कुटपिट गरे भन्ने बलबहादुरको घाउ जाँच गर्न दिएको दरर्खास्तमा पनि मनीले बचन दिए भन्ने हुनाले मु.मुनीलाललाई ज्यान सम्बन्धीको १३(४) नं.ऐन अन्तर्गत र ज्यान मार्नेको इवी लागेबाट कुटपिट गरेको नदेखिई भैलो खेल्दा दिएको पैसा थोरै भयो भन्ने कुराबाट उसै मौका उठेको वादविवादबाट रीस थाम्न नसकी बलबहादुर कुटपिट गर्ने प्र.वीरबहादुरसमेत जना ५ का हकमा ज्यान सम्बन्धीको १४ नं.ऐन अन्तर्गत मुद्दा चलाउने भन्नेसमेत प्रहरी प्रतिवेदन । ५. २०२६।७।१० का दिन मनीलालसमेतका हामी सबै गाउँकै गुणबहादुरका घरमा जम्मा भई भैलो खेल्ने सल्लाह भई गाउँघरमा नभई सिमल कुना गाउँमा छौं बलबहादुरले मसमेत उपर झुट्टा दर्खास्त गर्नाको कारण मेरो बाबु प्रधानपञ्च भएका र घरकर उठाएकोमा र गाउँको भैलो खेल्ने नाँच एकै गर्नुपर्छ भन्ने भनाई भएकोमा धेरै जना भई राम्रो नहुने भई नाच फुटायो भन्ने रीस पनि थियो । त्यसै कारणले झुट्टा दर्खास्त गरेका हुन् रक्सी खाई मत्त भई कुर्लिदा गमरसिंको आगनमा बलबहादुर लडी घाउ चोट भएको भन्ने कुरा नरबहादुर मगरसमेतले भनेको थियो बलबहादुरलाई मैले कुटेको छैन रिसाएका सर्जमिनका व्यक्तिले हामीलाई फँसाउन झुट्टा भनेका हुन् ज्वरोले बलबहादुर मरेका हुन् भन्नेसमेत लालबहादुर घर्तिमगरको बयान । ६. पञ्चायतको मिटिङ्गबाट पास भएको घरको कर उठाउने कुरामा निज बलबहादुरले विरोध गरेका र निजलाई दमको बिमार अघिदेखि थियो । ०२२।७।१४ का दिन छोरा रुद्रबहादुरलाई भेट्न जाँदा दाघीगर्पा गाउँमा घोडाबाट लडी घाउचोट पर्न गएछ । सो गाउँका बल र