निर्णय नं. ९२१ - जग्गाबाली लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२१ - जग्गाबाली लुटपिट भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/07/11 २०९७ निर्णय नं. ९२१ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको फौ.फु. नं. २४ फैसला भएको मिति : २०३२।७।११।३ निवेदक : चितवन शान्तिपुर बस्ने नारायण खड्गी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने थमनबहादुर थापा क्षेत्री मुद्दा : जग्गाबाली लुटपिट (१) चलनी पुर्जि पाएपछि जग्गा कब्जामा रहन गई आवाद गरेको प्रमाणित हुने । (प्र.नं. ११) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिजाबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : चितवन शान्तिपुरको कि.नं.३८ को प्लटको जमीन ०१६ सालमा विपक्षी नारायण खड्गीले पाएको आवाद नगरी पर्ति राखेकोबाट ०१८।१२।२९ मा राप्तीदुन भूमि वितरण कमिटिबाट मलाई स्थायी पुर्जिसमेत दिएको जग्गा बिगाहा ४ कठ्ठा १८ मेरो नाउँमा दर्ता भएको जग्गामा मेरो २२ भारी पराल र ४ गाडा काठ लुटपिट गरी लगेको जम्मा बिगो रु.५१। भराई सो जग्गाको मोल बिगो ४५००। मोलिने जग्गा मेरो सदर कायम गरी हक नपुग्ने जमीन खिचोला गरेमा सजाय गरिपाउँ भन्नेसमेत वादी । ३. राप्तीदुन विकासबाट पुर्जि दिएको कि.नं. ३८ को प्लट नं. ३८ को बिगाहा ४ जमीन म नारायण खड्गीले पाई आवाद गुलजार गरिआएको आधारमा ०१८।२।१६।२ मा राप्तीदुन भूमि विकास विभाग भूमि वितरण कमिटिबाट स्थायी बहाली पुर्जि पाई आजसम्म भोग गरिआएको छु । उक्त जग्गाको ०१९ सालको धानबाली लुटपिट गरेकोले मेरो नालिस परेकोमा त्यसबाट बचतको लागि झुट्टा उजूर गरेको हो लुटपिट खिचोला गरेको समेत छैन भन्नेसमेत प्रतिवादी । ४. नारायण खड्गीबाट प्लट झिकी थामनबहादुरलाई दिनेबारे राप्तीदुन भूमि वितरण कमिटिबाट पर्चा भइसकेको देखिएकोले प्र.नारायाण खड्गीले आफ्नो हक नपुग्ने जग्गामा खिचोला गरी वादी दावी बमोजिम लुटपिट गरेकै ठहर्छ भन्नेसमेत चितवन जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ६. राप्तीदुन विकास विभागबाट भएको निर्णय पर्चाले प्रतिवादीको हक छिनिसकेको देखिएकोले अरू सुरु बुँदासमेतबाट इन्साफ सुरुको मुनासिव छ भन्ने नारायणी अञ्चल अदालतको ०२३।१२।१।३ को फैसला । ७. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा मोल बिगोबाट हदमुनी हुँदा पुनरावेदन नलाग्ने भनी डिभिजन बेञ्चबाट पुनरावेदन खारेज भएकोमा इन्साफ जाँच गरीदिनु भन्ने प्रमांगी बक्स गरिपाउँ भन्ने प्रतिवादीले चढाएको निवेदनपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भएको यो मुद्दा र वादी नारायण खड्गी प्रतिवादी चित्रबहादुरसमेत भएको बाली लुटपिट मुद्दासाथ पेश भएकोमा ०२९।१०।५।५ को डिभिजन बेञ्चबाट भएको निर्णयको ठहर यो मुद्दाको उक्त वादी नारायण खड्गी भएको मुद्दामा र वादी नारायण खड्गी भएको मुद्दाको ठहर यस मुद्दाको फैसलामा लेखिएको देखिएकोले उक्त वादी नारायण खड्गी भएको मुद्दाको फैसलामा लेखिन गएको यो मुद्दाको निर्णय ठहरमा नारायण खड्गीको नाउँमा प्लट नं.३८ कि.नं.३८ को अस्थायी पुर्जा ०१७।७।८ मा र ०१८।२।१६