निर्णय नं. ८१२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२ - ज्यान भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०१/१६ ६११० निर्णय नं. ८१२ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको फौजदारी पुनरावेदन नम्बर ५२८ फैसला भएको मिति : २०३१।१।१६।२ निवेदक : जि. दैलेख दुल्लु खड्गा वडा घर भई दैलेख कारागारमा थुनामा बस्ने भुवाने बस्नेत क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने हर्के दमाईको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव नपर्ने । यस मुद्दामा भने बस्तु नै नभएकोले पुष्टि हुने कुरा गुज्रन गएन, सामान्य नियमले पोलाहाले पुर्‍याउनु पर्ने सबूत अभियुक्तले वारदात गरेकै थियो । वादरदातमा अभियुक्त थियो भनी बताउन सकेको छैन । लालमति गाउँघरमै छ वा जीवितै छ भन्ने केही देखिँदैन । यसरी शंकाकुल तथ्यमा अभियुक्तलाई सजाय तोक्न उचित हुन्छ हुँदैन भनी निर्णय गर्नुपरेको छ । जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव पर्दैन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाईदिनु । (प्र.नं.१७) उल्लिखित मुद्दा : (फौ.पु.नं.१७ लक्ष्मण राउत अहिर वि.श्री ५ को सरकार) फैसला न्या. हेरम्बराज १. पुनरावेदक भुवाने बस्नेतले जाहेरवाला हर्के दमाईँकी छोरी लालमतिलाई ज्यान मारेको अभियोग लगाई जन्मकैदको सजाय हुने गरी शुरू दैलेख जिल्ला अदालतबाट भएको इन्साफ मनासिव ठहराई भेरी अञ्चल अदालतबाट भएको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी भुवाने बस्नेतको पुनरावेदन परिआएको यस मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ : २. भुवाने क्षेत्रीले मेरी छोरी लालमती दमिनीलाई करणी गरी गर्भधारण गरेकी रहिछ । २०२४।६।१९ का बखत निजहरू गीत गाउन गएका बखत भुवानी बस्नेतसँग लालमतीले तिम्रा करणीले मेरा पेटमा गर्भ रहृयो अब के गर्ने भन्ने कुरा गर्दा भुवानेले भोलि राती भागी भारततर्फ गई बसौंला भन्ने कुरा गरेको लालमतीको साथी पानमती, जुना दमिनीसमेतले सुनेका रहेछन् । ०२४।६।२० गते अं.रातको ९ बजे निज लालमती घरबाट निस्किएकी र घर नआएकीले उक्त कुरा मानवतीसमेतले भनेबाट थाहा पाई ऐ.२१ गते भुवानेका घरमा गई सोद्धा भुवाने पनि घर नभएको र बेलुका ६ बजे घर आएको थाहा पाई गई सोद्धा लालमतीलाई करणी गरेको निजलाई लिई भागेको छैन भिनाजुको घर गएको थिएँ भनेको हुँदा लालमतीलाई मारी कर्णालीमा फाली आएकोमा भुवानेउपर पूरा शंका लाग्छ भन्ने समेत हर्के दमाईँको मिति ०२४।७।२६।१ को जाहेरी दर्खास्त । ३. तिम्रो करणीबाट मेरो पेटमा गर्भ रहृयो अब तिमीलाई छाड्दिन भनी पानमतीले भुवानेलाई भन्दा भोलि २० गते बेलुका देशतर्फ जाउँला भनेको आश्विन १९ गते सुनेको हुँ भुवानेले लालमतीलाई मारी कर्णाली नदीमा फाली घर आएको कर्तव्यमा शंका लाग्छ भन्ने समेत पानमती, जुना दमिनीको र म दीपबहादुर जुना, पानमती ०२४।६।१९ का रात गीत गाउन थाल्दा लालमती भुवाने केही फरकमा बसेका हुँदा के कुरा गरे थाहाछैन २० गते रात दुवैजना भागी गए भन्ने सुनें । भुवानेमात्र घर फर्की आएकोले निजेले मारी कर्णाली नदीमा फालिदिएको शंका लाग्छ भन्ने समेत सार्की दमाईँं र सोही मिलान गरी भुवानेले लालमतीलाई कर्णाली नदीमा मारी फालेको शंका लाग्छ भन्ने समेत प्रभा खड्कासमेत जना ५ को प्रहरीमा भएको ठाडो कागज र लालमतीसँग गीत गाउन साथी फेला नपरी १८ गते फर्की गगनबहादुरको छाडेको एक्लो घरमा एक्लै सुती २० गते भिना प्रभाको