निर्णय नं. ८१३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१३ - लेनदेन भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०२/२२ ३५३१ निर्णय नं. ८१३ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १६७ फैसला भएको मिति : २०३१।२।२२।३ निवेदक : भक्तपुर तेछाचो बस्ने प्रेमबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.गोलमढी बस्ने गणेदास पलिखेल मुद्दा : लेनदेन (१) लेख्नजान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुने, लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य नहुने । यसमा प्रतिवादीले रू.८०१। लिई २०।८।११ मा गरिदिएको दृष्टिबन्धकी तमसुक पास गरिदिएन पास गराइपाउँ भन्ने वादीको दावी र वादीको तमसुकको रूपैयाँ ०२१।३।३० गते बुझाई भरपाई लिएको हुँदा पास गरिदिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको रहेछ, वादी दावीको तमसुक पास हुने नहुने के हो ? यो कुराको निर्णयको लागि प्रतिवादीले पेश गरेको ०२१।३।३० को भरपाई उपर नै सर्व प्रथम विचार गर्नु पर्ने हुन आएकोछ । प्रतिवादीले रूपैयाँ बुझाउन आएकोले उक्त भरपाई लेखिएको भन्ने कुरा वादीले पनि स्वीकार गरेकै पाइन्छ, उक्त भरपाई वादीकै बाबु नारायणबहादुरकै स्वहस्ताले लेखिएको भन्ने कुरामा विवाद पनि छैन, भरपाई लेखिसकेपछि आफ्नो मानिसलाई देखाई आउँछु भनी लिई गएको फर्की नआई सोही भरपाईमा मिति सच्याई सहिछाप कीर्ते गरी दाखिल गरेको भन्ने वादीको मुख्य जिकिर भएको हकमा एक त रूपैयाँ नबुझी स्वयं वादीको बाबुको स्वहस्ताले लेखेको भरपाई आसामीको हातमा दिई पठाएको भन्ने कुरा व्यवहारिक र प्रतितलायक नै देखिँदैन । अर्कोकुरा उक्त भरपाईमा भएको हस्तासही वादीको हस्तासहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जनाउँदा मिल्छ भनी लेखिदिएकोले हस्तासही कीर्ते गरेको भन्ने वादीको जिकिर समर्थित हुन आएको पनि छैन, मितिको अंक सच्याएको भन्ने हकमा सो मिति अगाडिकोलाई पछाडिको गराई बनाएकै भए पनि त्यसबाट प्रतिवादीलाई के फाइदा हुने र रूपैयाँ बुझाएको भन्ने कुरामा त्यसबाट के असर पुग्ने हो सो कारण वादीपक्षले देखाउन नसकेको समेत हुँदा त्यो कुरा त्यति महत्त्वको देखिँदैन । खास गरी सो भरपाईमा लागेको ल्याप्चे सही वादीको ल्याप्चे सहीसँग मिल्दैन भनी विशेषज्ञले लेखिदिएकोले कसो हो भन्ने तर्क उठेको हकमा लेख्न जान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुन्छ । लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य हुँदैन । यतिमात्र कि लेख्न जान्नेको हस्तासही मात्र भई ल्याप्चे सही नभएकोमा कागज जाँचको ८ नं. अनुसार रू.२०। सम्म जरिवाना गरी त्यो कागज प्रमाण लाग्न सक्ने कानूनी व्यवस्था छ । त्यसकारण खुदै वादीको बाबुको स्वहस्ताले लेखेको र वादीको लेखात्मक सही मिल्न भिड्न पनि आएको यस्तो अवस्थामा उक्त भरपाइको ल्याप्चे सही कति कारणले नमिल्ने हो विशेषज्ञको रायमा प्रष्ट नखुलेको उक्त ल्याप्चे सही नमिल्ने भनी विशेषज्ञले लेखिदिएको भन्ने सम्म कारणले रूपैयाँ बुझाएको होइन भनी ठहर गर्न नमिल्ने देखिन्छ । तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट वादीले थैली बुझी भरपाई गरी दिइसकेको प्रमाणित हुन आएको हुँदा वादी दावीको लिखत पास हुन नसक्ने ठहराएको शुरू तथा बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्