निर्णय नं. ९२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2031/06/10 २०९७ निर्णय नं. ९२३ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंहह रावल सम्वत् ०३१ सालको रिट नं.९३५ आदेश भएको मिति : २०३१।६।१०।५ मा निवेदक : काठमाडौं जिल्ला का.न.पं.वडा नं.१ थापाथली बस्ने अष्टमान महर्जन विरुद्ध विपक्षी : काठमाडौं नगर पञ्चायत काठमाडौं समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गाको मोल गरी क्षतिपूर्ति दिंदा काठमाडौं नगरपञ्चायत ई.बनाउने फाँटबाट कायम गरिएको मूल्यलाई मान्यता दिई नगरपञ्चायतबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको भूमिसम्बन्धी ऐनको दफा २७ को उपदफा १ र नियम १३ को देहाय ३ को प्रत्यक्ष कानूनी त्रुटि गरेको स्पष्ट हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता मधुप्रसाद शर्मा, अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली आदेश न्या. धनेन्द्रबहादुर सिंह १. काठमाडौं नगरपञ्चायत कार्यालय तथा काठमाडौं नगरपञ्चायत सभाको क्रमशः ०३० साल पौष १९ गतेको र ०३१ साल आषाढ २६ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : बकसपत्रबाट मेरो हक हुन आएको जग्गा अष्टमान महर्जनले कमाई आएको सो जग्गा घरबारी बनाई बसोबास गर्न परेकोले भूमिसम्बन्धी ऐनको दफा २७ अनुसार उल्लेखित जग्गाको मोलले हुने क्षतिपूर्तिको रकम कायम गरी निज अष्टमान महर्जनलाई दिलाई निजलाई झिक्ने आदेश जारी गरिपाउँ भन्ने वादी, उक्त जग्गा मैले कमाई आएको हुँ, ३ खण्डको एक खण्ड जग्गा दिएमा उक्त जग्गा छाडिदिनु मेरो मञ्जुर छ भन्ने प्रतिवादी अष्टमानको बयान भएकोमा वादीबाट दाखिल हुन आएको क्षतिपूर्तिको रुपैयाँ १२४२१।८८ भू.सु.ऐन, २०२१ को दफा २७ को १ नं.बमोजिम मोही अष्टमान महर्जनलाई दिलाई दिने र मोहियानी हकको लगत क¬ट्टा गर्नु भू.प्र.का.मा लेखी पठाउने ठहर्छ भनी न.पं.का.ले निर्णय गरेको रहेछ र सुरु का.न.पं.कार्यालयबाट गरेको फैसला सदर हुने ठहर्छ भनी का.न.पं.सभाबाट ०३१ साल आषाढ २६ गते निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यसप्रकार छन् : प्रस्तुत मुद्दामा निवेदकले बसोबासको निम्ति घरबारी छैन भनी लेख्न नसकी यो जग्गासमेत मिलाउँदा काठमाडौं उपत्यकामा ५ रोपनी भन्दा कम जग्गा भनी लेखेको छ यसबाट निवेदकको घर छ भन्ने हुन आउँदछ यस्तो घर भएका व्यक्तिको निम्ति नगरपञ्चायतले मोहीबाट जग्गा झिक्न पाउने व्यवस्था ऐनमा नभएको हुँदा मबाट जग्गा झिक्ने गरी गरेको फैसला अनधिकृत भएकोले अ.बं.३५ नं. ले स्वतः बदर भागी छ । मैले बसोबास गरिआएको घर मेरो भन्ने म र वादीले निजैको हो भनेको भएपछि यहाँ तेरो मेरोको प्रश्न उपस्थित भयो, यस्तो तेरो मेरोको प्रश्न समावेश भएकोमा अदालतको अधिकार क्षेत्र ग्रहण गरी नगरपञ्चायतले फैसला गर्न पाउने होइन, त्यस्तो कुरामा अदालतबाट आफ्नो हक कायम गरी ल्याएपछि मात्र सो बमोजिम नगरपञ्चायतले गर्न पाउनेमा उक्त कानून विपरित नगरपञ्चायतले फैसला गरेकोले सो फैसला कानून त्रुटिपूर्ण भएकोले बदरभागी छ । उक्त जग्गा मेरो घरबारी भएकोले भूमिसम्बन्धी ऐनको दफा २६ (क) को प्रतिबन्धात्मक वाक्यांशले मैले बेचविखन गर्न पाउने भएकाले सो हकबाट वञ्चित गरी उक्त घर जग्गा मबाट झिक्न पाउने होइन, दफा २७ ले स्थानीय पञ्चायतले काठमाडौं उप