निर्णय नं. ८१४ - लेनदेन जालासाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१४ - लेनदेन जालासाजी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१०/२५ ४१०८ निर्णय नं. ८१४ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२२ सालको देवानी पुनरावेदन नम्वर १९७९ फैसला भएको मिति : २०२४।१०।२५।५ निवेदक : यांगरूप यागसिं बड बस्ने मानबहादुर लिम्बु समेत विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने गजलाल लिम्बु मुद्दा : लेनदेन जालासाजी (१) भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुने । यसमा आदेशबमोजिम झिकाइएका वादी गजलाल लिम्बुलाई २३।९।१७ गते हाजिर हुन आउनु भनी यस सर्वोच्च अदालतबाट तोकेको तारिखदेखि नै हाजिर नभई तारिख गुजारी बसेका र प्रस्तुत मुद्दाको धरौटी पुनरावेदन जिकिर समेतको मिसिल हेर्दा वादीले आफ्ना बाबु मानबहादुरलाई समेत प्रतिवादी बनाई जालसाजी मुद्दामा मेची जिल्ला अदालतको ०२१।७।२८।६ को फैसलामा वादीको हक पुग्ने अवस्थामा नालिस परेमा ठहरेबमोजिम हुने गरी वादीको नालिस हाल खारेज हुने ठहर गरेको देखियो । निजहरूको जग्गा मुद्दामा गजलालको बाबु जीवितै देखिँदा वादीको हक पुग्ने अवस्थामा नालिस गरे ठहरेबमोजिम हुने भनी लेखिएको व्यहोरा यस मुद्दामा मिल्न आउँदैन । वादीले आफ्नै बाबुलाई प्रतिवादी तुल्याई मुद्दा गरेकोमा बाबु छँदै उजूर नलाग्ने भनी ठहर गर्नुहुँदैन । ऐनबमोजिम ईन्साफ गर्न पर्ने देखिन्छ । ०१०।२।१३।३ मा पास गरेको लिखतलाई जालसाज गरे भनी ०२०।५।१८ गते फिराद लाग्न सक्छ सक्दैन भनी विचार गर्नुपरेको छ । कीर्ते कागजको नं.१८ मा सरकारीया छाप लागेको र सरकारीया अड्डामा रहेको कागजबाहेक अरू कीर्ते वा जालसाजी गर्यो भन्नेसमेत मुद्दामा सो काम भए गरेको मितिले २ बर्षभित्र नालिस लाग्न सक्दैन भन्ने लेखिएको छ । भएगरेको मितिले हदम्याद शुरू हुने देखिएकाले यो मुद्दामा कुन मितिदेखि हदम्याद शुरू हुने हो भनी व्यवस्था गर्नुछ । मिति ०१०।२।१३।३ मा रजिष्ट्रेशन पास भएको मितिदेखि वा बाली लुटपिट गरेको भनी वादीले लेखेको मिति ०१९।७।१७।७ देखि शुरू हुने हो ? जब दुवैथर मिली जालसाज कागज खडा गर्छन् तिनीहरूले सो कागजमा उजूर नपरोस् भनी प्रयत्न गर्छन् । पास भएको मितिदेखि हदको म्याद शुरू गर्दाको हदको म्याद भरी कागज गुम पारी पछि पेश गर्न ल्याउँदा सो कागजउपर मुद्दा नचल्ने हो भने जालसाज गर्नेहरूलाई ठूलो मौका मिल्न जान्छ । लिखत तयार गरेकै अवस्थामा त्यस्तो उद्देश्य प्राप्त गर्नु निमित्त लेखिएको हुन्छ । यदि लिखत उद्देश्य पूरा गर्न पाएन भने त्यो लिखतको स्थान रहँदै उद्देश्यमा पुग्नु नै लिखत गरेको पूर्ण अवस्था हो । त्यसकारणले भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुन्छ । उपरोक्त ऐनको गरेको भन्ने पदको (अर्थ–संयोजक) त्यही हो यदि लिखत भएको अरू नै अवस्थामा थाहा पाएको रहेछ भने भएको भन्ने पद उक्त ऐनमा परेबमोजिम लिखत भएको मितिदेखि नै हदम्यादको शुरू हुन्छ, ऐनबमोजिम यो मुद्दा कारवाही किनारा गर्नु भनी शुरू मिसिल नियमबमोजिम गरी मेची अञ्चल अदालतमा पठाइदिनु । धरौट पुनरावेदकलाई फैसला भएको जनाउ समेतदिनु । (प्रकरण नं. ८) फैसला न्या. नयनबहादुर के.सी. १. ९६ सालदेखि छुट्टी बाबुले नै विपक्षी नरबहादुरलाई जेठा बाबु बछिमान विदेश बेपत्ता भएकोले ३ भाइ बिना अंशबण्डा हुँदैन धर्मपुत्रको मुचुल्काबाट छुट्टी बस्नु भनेकाले छुट्टिदा यो मेरो लुटपिट उजूर परेको जग्गा