निर्णय नं. ९२४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२४ - अंश भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/19 २५२१ निर्णय नं. ९२४ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु.नं. ८७ फैसला भएको मिति : २०३२।९।१९।६ निवेदीका : पद्मावती उपाध्यायको मुद्दा सकार गर्ने तारादेवी उपाध्याय विरुद्ध विपक्षी : ऐ.ऐ. सतो ज्ञादीचौर बस्ने जि. इन्द्रप्रसाद उपाध्याय पौडेल समेत मुद्दा : अंश (१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने हुनाले मुद्दा चल्दा चल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने र निजले तत्कालिन अ.बं.१७४,६२ नं.बमोजिम सकार गर्न पाउने । (प्र.नं. २२) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ र अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट : अधिवक्ता कृृष्णप्रसाद घिमिरे फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारीशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : हरिप्रसाद र म नाबालखदेखि इलम गर्न गई घरको व्यवहार वा वारदाजु इन्द्रप्रसादले गरिआएको ९९ सालमा बाबा परलोक भई सबै व्यवहार दाजु इन्द्रप्रसादकै भएको २००० साल मार्गमा घरमा आएपछि म बेवरजित अन्याय दुबै जनाले कारोबार गर्ने जत्रतत्र गर्ने गरी मलाई खान लाउन नदिई अंशसमेत नदिएकोले अंश दिलाई पाउँ भन्नेसमेत वादी । ३. बाबा नारानदत्तको जेठा दाजु देवीप्रसाद माहिलो म साहिलो वादी कान्छा हरिप्रसाद समेत ४ छोरा १ नाल हाम्रो आमातर्फ भइ अरू नालपट्टि छोरीहरू मात्र भएको ०७ सालमा देवीप्रसाद परलोक भई विधवा भाउजू रहनु भएको वादी ९० सालमा घरमा आउनु भएको बाबा परलोक भएपछि ढुकुटीको ताला वादीले नै लिई व्यवहार गरी आउनु भएको आमा भाउजूसमेत अंशियारै नदेखाई उजूर गरेको ६ जवान अंशियार हुँदा ६ बण्डाको १ बण्डा निजको छुट्याई पाउँ भन्नेसमेत इन्द्रप्रसादको प्रतिवादी । ४. दाजु बाबुले लाए अराएको काम गरी हिंड्ने म जिम्मा केही छैन भन्नेसमेत ना.सु.हरिप्रसादको प्रतिवादी । ५. प्रतिवादीबाट तायदाती लिने पर्चा भए उपर अपील तह चल्दै जाँदा प्रतिवादीले देखाएको अंशियार बुझेको र मानु छुट्टिएको मिति कायम गरेकोसमेत नदेखिएकोले बुझ्नु पर्ने बुझी मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई बण्डा गरी दिनु भन्नेसमेत स.अ.डिभिजन बेञ्चको ०१५।८।१९ को फैसला । ६. नारानदत्तको जेठी जमुना, माहिली वादी प्रतिवादीकी आमा प्रभावती कान्छी म पद्मावतीसमेत ३ घरवारमा जेठीपट्टि छोरी मात्र भई माहिलीपट्टि ४ छोरामध्ये जेठा देवीप्रसाद अघि नै परलोक भएको विधवा बुहारी भएकी वादी प्रतिवादीको आमा ०४ सालमा र जेठी जमुना नालिस परेपछि प्रतिवादी पर्नुभन्दा अगावै ०३ सालमा परलोक भएकोले हाल ५ अंशियार छौं भन्नेसमेत पद्मावती र सोही मिलानको तिलकुमारी समेतको एउटै बयान । ७. मानो छुट्टिएको मिति २००२।९।२८ गते कायम गरी सो दिनभन्दा अघिल्ला दिनसम्मको श्री सम्पत्तिको तायदाती लिने ठहरभई सो अनुसार इन्द्रप्रसादबाट तायदाती लिई फाँट दाखिल भएको बुझ्नुपर्ने अंशियारका नाउँमा म्याद पठाउँदा प्रभावती मरिसकेकी वादी