निर्णय नं. ८१५ - पास नामसारी बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१५ - पास नामसारी बदर भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१२/०६ १९४८ निर्णय नं. ८१५ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १३४ फैसला भएको मिति : २०३०।१२।६।३ निवेदक : भ.पु. जि. इटाछे टोल बस्ने विष्णुदेवी धवला श्रेष्ठको हकमा र आफ्ना हकमा समेत ऐ. बस्ने जगतमान धवला श्रेष्ठ विरुद्ध विपक्षी : का.जि. भीमसेनस्थान बस्ने कृष्णखावा श्रेष्ठसमेत मुद्दा : पास नामसारी बदर (१) अन्य ज्यानमुद्दामा भएको अंश रोक्का मुचुल्काकै भरबाट अंश छुट्टिई भिन्न भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न नमिल्ने । यसमा निर्णयतर्फ विचार गर्दा जेठा बाजे रामनरसिंका नाममा दर्ता भई जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोग गरिआएको हाम्रो हकसमेत लाग्ने बिक्री गरेको बदर गरिपाउँ भन्ने बिषय लेनदेन व्यवहारको १० नं. ले रजिष्ट्रेशन भएको मितिले १ बर्षसम्ममा थाहापाएको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद नाघी फिराद दर्ता भएकोले खारेज हुने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । निवदेकतर्फका विद्वान अधिवक्ताले निवेदक वादी अघिदेखि अलग भई छुट्टिई जग्गाको भागशान्ति आयस्ता खाई छुट्टी भिन्न भई आएको र सोअनुसार नै ज्यान मुद्दामा प्रतिवादी माधवलालको अंश रोक्का हुँदा भएको मुचुल्काबाट पनि अंश भई छुट्टिसकेको भन्ने देखिएको हुँदा लेनदेन व्यवहारको १० नं.नलाग्ने ऐ.४० नं.कै हदम्याद लाग्ने भई म्यादभित्रै फिराद दायर भएको छ भन्ने बहसमा जिकिर लिएको हकमा मानिकलाल मरेको ज्यान मुद्दामा भ.पु.अ.त.बाट ०१५।६।१।४ मा प्रतिवादी माधवलालको अंश रोक्का भएको मुचुल्का हेर्दा मौका मौकामा आफ्नो भाग लिइसकेको र अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको माधवलालको धनमाल केही नभएको घरखेत लेखिदिएको छु । समुचा घरखेतमा माधवलालले ६ खण्डको १ खण्डमात्र पाउनेभन्ने उल्लेख भएको सम्म देखिने निवेदक वादी र प्रतिवादी माधवलाल, कृष्णमाया अंशियार हो भन्नेमा निवेदक वादीको मुख मिलेकै र ति अंशियारहरू भिन्न भई बण्डा भइसकेको अंश छुट्टी लगत भिन्न भएको कानूनको रीत पुगेको रजिष्ट्रेशन पास भई अंश अंश छुट्टी भिन्न भएको भन्ने र मानो छुट्टी अलग भएको समेतको रीतपूर्वकको लिखत प्रमाण छ भन्न र प्रमाणमा पेश दाखिल गर्न सकेको देखिँदैन । अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको ६ खण्डको १ खण्ड माधवलालले पाउने भन्ने ज्यानमुद्दामा भएको उक्त अंश रोक्का मुचुल्काकै भरबाट प्रतिवादी माधवलालसँग निवेदक वादीहरू अंश छुट्टी भिन्न अगल भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न मिल्दैन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा दोहर्‍याइपाउँ भन्ने निवेदक वादीको निवेदन परी न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : जेठा बाजे रामनरसिंहको नाममा इखाछे ३४।४० नं.का पोता लगतमा दर्ता भएको २१।।२ रोपनीको खलैपिच्छे खण्डी लगाई खाई आएको, ज्यानमुद्दामा अन्यायवाला धेमाकर्ण भन्ने माधवलालको