निर्णय नं. ९२५ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२५ - जग्गा खिचोला भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/05 २१६४ निर्णय नं. ९२५ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु.नं. ८५ फैसला भएको मिति : २०३२।१०।५।६ निवेदक : भ.पु. जि. बालकुमारी गा.पं. वा.नं. ५ बस्ने जनकबहादुर जगलु श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ. बहाखा बजार बस्ने दिनानाथ थापा समेत मुद्दा : जग्गा खिचोला (१) आफू मोही भई कमाएको भनेको जग्गाको मोहियानी हकसम्मको खिचोला गर्यो भन्ने नभई जग्गामा खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने दावी भएको जग्गा खिचोला गर्यो भन्ने कुरामा अ.बं. ८२ नं. बमोजिम जग्गामा हक पुग्ने जग्गाधनीको नालिस उजूर चाहिने । आफूलाई मोहियासम्म देखाएको वादीको नालिस लाग्न र उक्त नालिसबाट जग्गा हक बेहक समेतको निर्णय दिन नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना प्रतिवदी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : पूर्व पश्चिमबाटो उत्तरबाटो दक्षिण कुलोबाटो यति ४ किल्ला भित्रको १० नं.मौजे इडोल मौजाको २००२।४।२२ को खड्गनिशानाबाट मेरो नाममा दर्ता भएको १५ सालको नापीमा उक्त १० नं. इडोल (क) मौजाको नं. २९७ एकै कित्ता कायम भई नापी भएको नम्बर २४०५ को रोपनी ।।२ मेरो दर्ता तिरो तिरान जोत र कृष्णमायाँबाट कमाएको कि.नं. २४०४ को रोपनी ।।.।। औ ९ नं.देवडोलको पुनकुमारबाट कमाएको नं. ५३ को रोपनी ३ समेत जग्गामा ०२१।४।२९ गते दोहरो धान गोडी खिचोला गरे खिचोला मेटाई पाउँ भन्ने वादी । ३. नं.२४०५ को रोपनी ।। मात्र नभई रोपनी १।।।२ सिंहबहादुरको दर्ता भोगमा थियो । २००२।४।२२ को खड्गनिशानले रोपनी । वादीको हुन गएको छ । नं. २४०४ को रोपनी ।।२ कृष्णमायाँको होइन कृष्णमायाँबाट लहरमायाँले ०२१।२।२० मा राजीनामा पास गराई लिइसकेकी छिन् । कि.नं.५३ को भनेको रोपनी ३ होइन रोपनी ५ हो । नं. २४०४ को सहित वादीको कुनै पनि जग्गासँग मेरो कुनै प्रकारको सम्बन्ध नहुँदा दावी मुताविक मैले केही गरेको छैन । मेरो कि.नं. ५१ को जग्गा पनि त्यहाँ छ । उक्त जग्गामा फिरादबाट दावा गरेको नदेखिएकोले केही लेखिरहनु परेन । बेमतलबले वादीको जग्गामा हात हाल्नु कुनै कारण छैन भन्नेसमेत प्रतिवादी । ४. पुनकुमारको भनेको ५३ नं. को रोपनी ३ पुनकुमारबाट यस मितिमा मैले कबुलियत गरी लिई बाली बुझाएको रसिद भरपाई छ भन्न पेश गर्न नसकेको कृष्णमायाँको भनेको नं.२४०४ को जग्गा कृष्णमायाँबाट लहरमायाले २१।२।२० गते राजीनामा पास गराई लिएको लहरमायाँबाट हक टुटाई लिएको सबूत नदेखिएकोले वादीको हकको रहेछ भन्न नहुने र नं.२४०५ को हकमा सो जग्गामा मेरो कुनै सम्बन्ध छैन भनी प्रतिवादीले जिकिर लिएको भए पनि यिनै प्रतिवादी मध्येको दिनानाथ उपर यसै जग्गामा खिचोला गरे भनी नारायणबहादुरले दिएको मुद्दाको प्रतिवादीमा ३१ नं.कुशल भैरव थली मौजाको जग्गामा हनुमन्ते खोला पसी ९ नं.देवडोलमा परी ०८ सालमा मैले लिलाममा लिई भोग गरेको भन्दै वादी दावाको जग्गामा मेरो जग्गा छ भनी दावी गरेको देखिन आएकोले त्यस्तो वादीका नाउँमा दर्ता भई तिरोभरो चलिरहेको जग्गालाई वादीको हक टुटेको सबूत