निर्णय नं. ९२६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२६ - जग्गा खिचोला भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/02 २०५४ निर्णय नं. ९२६ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु.नं. ८६ फैसला भएको मिति : २०३२।१०।२।३ निवेदक : भ.पु. जि. बालकुमारी वा.नं. ५ बस्ने नारायणबहादुर जगलु श्रेष्ठ विरुद्ध विपक्षी : भ.पु.जि. ठिमी बहाखा बजार बस्ने दिनानाथ थापा श्रेष्ठको मु.स.गर्ने धर्मनाथ थापा श्रेष्ठको सकार गर्ने रमेश थापा श्रेष्ठ मुद्दा : जग्गा खिचोला (१) प्रतिवादी जिकिरबाट जग्गा हक बेहकको प्रश्न उठेको र त्यसको निर्णय नगरी मोहियानी हक बेहकको निर्णय गर्न नमिल्ने भएमा प्रचलित अन्य कानूनअन्तर्गत सम्बन्धित पक्षले अदालतमा छुट्टै नालिस गरी हक बेहकको निर्णय गराई ल्याउनुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गाना विपक्षी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : लहरमायाँका नाममा दर्ता १० नं.मौजे इडोल साविक कि.नं.२४०४ को रोपनी ।।.।। र जनकबहादुरको नाममा दर्ता भएको कि.नं.२४०५ को रोपनी ।।.।। समेत हालको नापीमा दधिकोट गा.पं.वार्ड नं. ९ बाट कि.नं.२७०७ मा नापी भई फिल्डबुकमा समेत म जोताहा लेखी सहीछाप गरिसकेको मेरो मोहियानी हकको जग्गामा ०२२।३।९ गते प्रतिवादी दिनानाथले मेरो धानको बीउमाथि बीउ मिसाई ऐ.२७ गते धान रोपी खिचोला गरे खिचोला मेटाई मेरो मोहियानी हक कायम गरिपाउँ भन्ने वादी । ३. साबिक कि.नं.५१ को हेरामायाँले बाली नबुझाई बाँकी राखेबाट ०८ सालमा लिलाम हुँदा मैले सकार गरेको रोपनी ३।।। हनुमन्ते खोला कुसल भैरवथली र इडोल मौजाको सीमानामा भई पछि साविक ठाउँ छाडी धेरै उत्तरमा बगी मेरो ५१ नं. को जग्गा हनुमन्तेदेखि दक्षिणतर्फ पर्न गएकोले १५ सालको नापीमा इडोल नं. २९७ बाट र हालको नापीमा १० नं. इडोल कि.नं. २७०६।२७०७९ नं. देवडोल कि.नं.१२४४ समेतमा नापी भएको छ । न.नं. २७०७ को जग्गा वादीको मोहियानी हक र निजको बाबु आमाको नाउँको दर्ता होइन भन्ने प्रतिवादी । ४. जुन जग्गामा खिचोला गरे भनी दावी गरेको छ सो जग्गामा प्रतिवादीले खिचोला गरे भनी जनकबहादुर वादी भई यिनै प्रतिवादी दिनानाथसमेत उपर जग्गा खिचोला मुद्दा १ लुटपिट मुद्दा १ समेत दायर गरी कारवाही चलिरहेको जग्गातर्फ सो परिरहेको मुद्दाबाटै टुड्डो लाग्ने हुँदा त्यसतर्फ विचार गर्न नपर्ने र वादीले यो फिरादपत्रमा दावा लिनु भएको जग्गा वादीका नाउँको दर्ता नभई लहरमायाँ जनकबहादुरका नाउँको दर्ता तिरोको जग्गामा निज वादीले जग्गावालाबाट मैले यस किसिमले हक टुटाई लिएको छ भनी सबूत केही पेश दाखिल गर्न नसकेकोले जग्गावालाको हक टुटेको सबूत बेगर सो दावीको जग्गामा वादीको हक लाग्न सक्ने कानूनी व्यवस्था नहुँदा त्यस्तो हक नपुगेको उजूरीबाट दायर भएको यो फिरादबाट इन्साफ तहिकात गरिरहन नहुने हुनाले बुझिएसम्मबाट हक पुगेको सबूत बेगरको उजूरीको यो मुद्दा अ.बं.८२ नं. ले खारेज हुने ठहर्छ भन्ने २०२४।९।७।६ को भक्तपुर जिल्ला अदालतको फैसला । ५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ६. शुरु जिल्ला अदालतबाट जनकबहादुरले यही जग्गाको खिचोला मुद्दा दाय