निर्णय नं. ८१६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१६ - ज्यान भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/२८ २१७७ निर्णय नं. ८१६ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२८ सालको फौ.फु.नं. ३५ फैसला भएको मिति : २०३१।३।२८।६ पुनरावेदक : खिल शर्माको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : प.१ नं.नु.जि. दाङमै बस्ने रुद्रप्रसाद सेढाइँ समेत मुद्दा : ज्यान (१) अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न नहुने । सहअभियोगी हुँ भन्ने कान्छी पँडेनीले रुद्रप्रसादलाई पोल गरेको छ । निज रुद्रप्रसाद इन्कारमा रहेको छ । सहअभियोगीले पोल गरेको कुरा अरू प्रष्ट प्रमाणले समर्थन के कति गर्न सकेको छ भन्नेतर्फ हेर्दा रुद्रप्रसादको कमिज सुरूवालमा रगत लागेको भन्ने उल्लेख छ । सो रगतको सम्बन्धमा मौका सर्जमिनले लेख्दा रगतको दागजस्तो भनी उल्लेख गरेका छन् । रुद्रप्रसादले अदालतमा बयान गर्दा रगतको छिटा लागेको कपडा देखें सो रगत होइन । अघिदेखिको फोहर लागेको दाग भने र के को दाग हो भन्न सक्दिन भन्ने पनि बयान गरेको छ । सो दाग लागेको रगत हो कि होइन भनी वैज्ञानिक जाँचबाट निष्कर्ष आउन सकेको छैन । रगतको दाग हो भन्ने निश्चिय हुनु र सो पनि मानिसको रगत हो भन्ने देखिनु पर्छ र वारदात भएको समयमा लागेको दाग हो भन्ने निश्चयमा पुगेमात्र सो रगतको जस्तो दाग भनेकोलाई प्रमाणको आधार मान्नु पर्ने स्थिति हुन आउँथ्यो । सोबमोजिम नभई अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न भएन । सोबाहेक अरू कुनै सबूत प्रमाण पनि देखिँदैन । (प्रकरण नं. २०) पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल विपक्षी तर्फबाट : वैतनिक अधिवक्ता कुलराज गुरुघराना फैसला न्या. वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा ०२८।८।८।५ को डिजिजन बेञ्चका माननीय न्यायाधीशज्यूहरूको मतैक्य हुन नसकी रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : ०२३ साल माघ १५ गते छोरी सावित्री बाख्रा चराउन गएकी घर नफर्केकी खोजतलास गर्दा फेला परिनन्, भोलिपल्ट १७ मुरे खेतका खोल्साको अँगेरीको बोटमुनी लास फेला पर्‍यो । कानको माडवारी नभएको र रुद्रप्रसादको कर्तव्यबाट मरेको यकीन भएकोले जाहेर गर्न आएको छु भन्ने मर्नेको बाबु खिल शर्मा सेढाइँको जाहेरी दर्खास्त । ३. ०२३ साल माघ १५ गते रामबहादुरको घर गई ३ बजे घर आइपुगी भात पकाई खाई सुतेँ भोलिपल्ट बिहान भात खाने बेलामा भाइ र आमा १० मुरे खेततर्फ हेर्न लागे, के हेरेको भनी सोधनी गर्दा खिल शर्माको छोरीको लास भेटियो रे भनेबाट हेर्न गएँ मरेको देखें । निज सावित्रीलाई मैले मारेको होइन, लास रहेको ठाउँ छरिएको पोते बहिनी कान्छी पँडेनीले लगाएको देखेकोले निजैले सावित्रीलाई कर्तव्य गरी मारेको होला अरूउपर शंका लाग्दैन भन्ने समेत प्रहरीमा भएको रुद्रप्रसाद सेढाइँंको कागज । ४. दाजु रुद्रप्रसादको र मेरो दाउरा घाँस लिन जाँदादेखि करणी भएको थियो । ०२३ साल माघ १५ गते म बारीमा कोदो टिप्न भनी गएँ । एक थुन्चे जति नल काटिसकेपछि मर्ने सावित्री र कृष्ण थपिलयाकी छोरी सानु आई एकछिन बसी निजहरू तलतिर झरे । दिसा गर्न म खोल्सातिर जाँदा ठूलो दाजु पनि बाख्रा धपाउन भनी आएको थिए । मैले दिसा धोई जान लाग्दा दाजु कटुसको बोटमुनि बसेको रहेछ भेट भयो । दाजुले दूध समाई सुत भन्नु भयो । करणी लिनुदिनु भयो । सावित्रीले देखेपछि