निर्णय नं. ९२७ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२७ - लिखत पास भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/02 २०६७ निर्णय नं. ९२७ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको दे.फु.नं. ९२ फैसला भएको मिति : २०३२।९।२।३ निवेदक : का.जि. डुग्रनी पानी बस्ने विष्णुप्रसाद उपाध्याय विरुद्ध विपक्षी : ऐ. डिल्लबजार बस्ने गु.प्रो. नरेन्द्रराज पण्डितज्यू मुद्दा : लिखत पास (१) अर्काको जग्गासमेत भित्र पर्ने गरी लेखिएको किल्ला कायम राखी लिखत पास गरिदिन नहुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा ०३०।४।८।२ को डिभिजन बेञ्चबाट छिने उपर दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा यो मुद्दा एकपटक फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट प्रमुख सचिवालय राजदरबार मार्फत ०३१।१०।१४ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट इन्साफ जाँच्नको लागि यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : चितवन पर्सा मौजाको पूर्व नयाँ खनेको नहर पश्चिम मूलबाटो सडक दक्षिण केसरीराजको जग्गा उत्तर मेरै जग्गा यति ४ किल्ला भित्रको जग्गा बिगाहा ५ को कित्ता १ र पूर्व धनी मौजा उत्तर कोमलप्रसादको जग्गा पश्चिम नयाँ खनेको नहर दक्षिण मेरै जग्गा यति ४ किल्ला भित्रको जग्गा बिगाहा १ समेत जग्गा बिगाहा ६ मलाई ०२१।७।२ मा विपक्षीले बकसपत्र गरिदिनु भएको उक्त लिखत पास गरिनदिएकोले पास गराई पाउँ भन्ने वादी । ३. वादी मेरो घरमा काम गर्ने कारिन्दा भएकोले निजले लेखी ल्याएको ४ किल्ला ठीकै होला भनी सही गरिदिएपछि जग्गामा गई हेर्दा सावित्रीदेवीको जग्गा बीचमा पारी निजको जग्गा नै नभएको झै गरी आफ्ना ४ किल्लामा पारेको देखिएकोले अर्काको नाउँको जग्गा मैले लेखिदिन लोप गराउन समेत नहुने हुँदा कागज फेरि दिएर पास गरी दिन्छु भन्दा वादीले मन्जुर नगरेकोले अर्काको नाउँमा दर्ता रहेको जग्गा मैले पास गरिदिन मेरो हक नभएकोले र सो जग्गा मेरो नभएकोले अर्काको जग्गा पर्न जाने हुँदा सो लिखत पास गरिदिन मन्जुर छैन भन्नेसमेत प्रतिवादी । ४. नरेन्द्रराजले लेखिदिएको जग्गा निज नरेन्द्रराज दर्ताको होइन सावित्रीदेवी दर्ता १५ बिगाहा मध्येको जग्गाको हो सो जग्गा मेरो नाउँमा दर्ता भई तिरो भोग गरिआएको छु नरेन्द्रराज दर्ताको जग्गा सावित्री दर्ता जग्गादेखि उत्तरमा छ लोग्ने नरेन्द्रराजसँग ०२० सालदेखि छुट्टि बेगल बसेकी म सावित्री दर्ताको जग्गा नरेन्द्रराजको हक पुग्नै नसक्ने र निजले दिने लिन पाउने कुरै होइन भन्नेसमेत पेटवोलीबाट बुझिएकी सावित्रीदेवीको बयान । ५. प्रतिवादीको प्रतिउत्तरबाट कागज गरिदिएको देखिएको तर भइआएको नक्साबाट ४ किल्ला प्रष्ट हुन नआएको दर्ता बुझ्दा नरेन्द्रराजका नाउँमा जग्गा बिगाहा ९द्र।४ सावित्रीको नाउँमा जग्गा बिगाहा ।२।।३ दर्ता भएको भन्ने चितवन मालबाट जवाफ प्राप्त भएको हुनाले वादीले बक्सपत्रबाट पाएको भनी फिरादमा दावी लिएको जग्गा दर्ता बुझ्दा मालबाट आएको जवाफमा नरेन्द्रराजको दर्ताको जग्गा मिल्न नआई फरक पर्न आएको देखिनाले सहीछाप गरिदिएको हो भनी प्रतिवादीले प्रतिउत्तरमा लेखेतापनि दर्ता मिल्न नआएकोले लिखतपास गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने का.जि.अ.को फैसला । ६. सो उपर चित्त बु