निर्णय नं. ८१७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१७ - लिखत बदर भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/१४ २०३७ निर्णय नं. ८१७ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२८ सालको दे.फु.नं. ११७ फैसला भएको मिति : २०३१।३।१४।६ निवेदक : जि.सप्तरी प्र.जगदर मौजे वभुवा बस्ने बुनिमाझीको सकार गर्ने झौलाई चौधरी थारु कानून चौधरी थारु विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने हंसावति थरुनी मगली थरुनी समेत मुद्दा : लिखत बदर (१) धेरैजना उपरको छुट्टाछुट्टै बिषयको कुरामा अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने । तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अदालती बन्दोबस्तको ९८ नं.मा एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै बिषयको कुरा लेखिल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै बिषयको कुरा लेखिल्याएको भए पनि लिई सोबमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी दावीको २ लिखतको आसामीसम्म एउटै भए पनि राजीनामा दिएको जग्गा मिति साहूसमेत फरक भएको र लिखत बदर गरिपाउँ हंसावती मंगलीले गराएको दर्ता बदर गरिपाउँ आफ्नो नाममा दर्ता गराइपाउँ भन्ने ३ किसिमको वादीको माग दावी भएको समेतबाट झगडाको बिषय एउटै नभई छुट्टाछुट्टै हो भन्नमा कुनै शंका छैन । यस्तो धेरैजनाउपरको छुट्टाछुट्टै बिषयको कुरामा उक्त अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने कानूनी व्यवस्था प्रष्ट छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : अधिवक्ता झुलेन्द्रप्रसाद छतकुली फैसला न्या. झपट सिं रावल १. प्रस्तुत मुद्दा ०२४।१०।२३।३ को डिभिजन बेञ्चबाट निर्णय भएको दोहर्याइपाउँ भन्ने वादी पक्षको निवेदन परेकोमा व्यहोरा साँचो भया डिभिजन बेञ्चले फैसला गरेको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत ०२८।२।११।३ मा हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : मेरो छोरा जेठो धोनीलाल माइला झौलाई साइला मुटाई काइला कानून कान्छा पाचु ५ भाइ हुन् पाचु २००७ सालमा परलोक भएपछि बाबुको नामको जग्गा कठ्ठा द्र४ समेत जेठो छोरा धोनीलालका नाममा दर्ता गराइराखेको मेरो मन्जुरीबेगर कसैलाई दिन नपाउनेमा धोनीका नामको दर्तामध्ये मौजे डधेनाको नं.५५९।४४७ मध्ये १३।२ भा.रू.१५०० मा हंसावतिलाई १९।११।१३ मा घरायसमा राजीनामा गरी लिए ऐ.१६ गते रजिष्ट्रेशन पास गरेको र मौजे बधाखालको नं.८५६,८५७ को जग्गा कठ्ठा द्र४ भा.रू.५०० मा मंगलीलाई ०१९।११।२४ मा राजीनामा गरी ऐ.१५ गते रजिष्ट्रेशन पास गरी दिएको कुरा २०२०।२।१५ मा थाहापाएको सो राजीनामा लिखत र हंसावति मंगलीले गराएको दर्ता दाखिलसमेत बदर गरी जग्गा मलाई थामी मेरा नाममा दर्ता गराइपाउँ भन्ने समेत वादी । हामीहरूको बाबु धोनीलाल र बाजे वादीसमेत तीसौं बर्ष अघि नै भिन्न भई कान्छा बाबु पाचु र हाम्रो बाबु धोनीसँग बस्नु भएको बाबु पाचु र बाबुको अंशको पछि बाजेको जग्गासमेत २ भाइले भोगिआएको पाचु मरेपछि पाचुको अंशको जग्गासमेत बाबु धोनीलालकै नाममा दर्ता गराउनु भएको धोनीलाले आफ्नो खुसी गर्न पाउने जग्गा राजीनामा रजिष्ट्रेशन पास गराई दिएलिएको हो लिखत बदर हुन सक्ने होइन भन्ने समेत हंसावति मंगलीको प्रतिव