निर्णय नं. ९२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/02 २१११ निर्णय नं. ९२८ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०३१ सालको रि.फु.नं. ४६ आदेश भएको मिति : २०३२।९।२।३ निवेदक : का.जि. ओमबहाल टोल बस्ने गिर्जादेवी भन्ने रत्नमायाँ श्रेष्ठ विरुद्ध विपक्षी : जि.ल.पु. छायाबहाल बस्ने प्रकाशमान श्रेष्ठ समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अधिकार क्षेत्र भित्र रही अघिदेखि कबुलियत गराई बाली खाइआएको भन्ने प्रमाण सर्भे डोरमा दिएको निवेदन पर्चासमेतको मूल्यांकन गरी गरेको निर्णय कानूनी त्रुटि गरी निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्र.नं. ११) मुद्दा दोहर्‍याउने तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे रिट निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बकस भई आएका हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : बकसपत्र अपुतालीबाट हक भएको जग्गा बाली भराई निष्कासन गरिपाउँ भन्ने गिर्जादेवी भन्ने रत्नमायाँको फिराद वादीले लेखेको ३ऽ। जग्गा नापी हुँदा कि.नं.४१८ को २।.।। जग्गाधनी प्रकाशमान जोताहा म र कि.नं.४०३ को १।।ऽ।। बेखालाल जग्गाधनी म मोही भई कमाई आएकाले वादीको जग्गा कमाएको छैन भन्नेसमेत पूर्णकुमार समेतको प्रतिवादी भएको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा वादीको दावीको प्र.पुनकुमारबाट भरी पाउने र जग्गाबाट निष्कासन समेत हुने ठहराई ०२६।१२।३ मा भू.प्र.कार्यालय भक्तपुरबाट निर्णय गरेको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक प्रकाशमान समेतले दिएको रिट निवेदनमा गिर्जादेवी जग्गावाला नै नहुनाले वहाँले बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी उजूरी दिने अधिकारी अ.बं.८२ नं. ले नहुँदा त्यस्तो बेसरोकारवालाबाट उजूरी लिई कारवाई चलाई निर्णय गर्न हुने जग्गावाला म प्रकाशमान हुँ भनी मोहीले भनेपछि म दर्तावाला तथा जग्गावाला प्रकाशमानलाई बुझ्नु पर्ने बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत गर्दै जग्गाको हक बेहक सम्बन्धी निर्णय गरी बकसपत्र समेतको आधारबाट गिर्जादेवी भन्ने रत्नमायाँको हकको जग्गा ठहराएको हुनाले त्यसरी जग्गाको हक बेहक छुट्याउने अधिकार भूमिप्रशासकलाई नभएको बन्धकी र रसिद दोहरी समेतको आधारबाट जग्गा गिर्जादेवी भन्ने रत्नमायाँको ठहराएको छ लिखत कागज रसिद हाम्रा उपर प्रमाण लगाउनलाई सुनाउनु पर्ने त्यसमा नामकरण गराएपछि सद्दे ठहरेमात्र प्रमाण लगाउन मिल्नेमा त्यस्तै प्रमाण लगाएको छ त्यसरी प्राकृतिक न्याय सिद्धान्त विपरीत अधिकार क्षेत्र नाघी गरिएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ । ४. प्रकाशमान जग्गाधनी होइन भनी निर्णय नगरिएको हुनाले निजको कुनै हक हनन भएको छैन उत्प्रेषणको आज्ञा आदेश अनाधिकार कार्यका सम्बन्धमा स्वच्छ हात लिई सबै कुरा देखाई सम्मानित अदालतमा आउनेका हकमा जारी हुने हो मुद्दाको औचित्य वा इन्साफलाई लिई रिट निवदेन गर्न पाउने होइन र कुरा दवाई अदालतबाट झुक्याउने उद्देश्य राखी झुट्टा कुरा जोडी आउनेलाई कुनै प्रकारको आज्ञा आदेश जारी हुन सक्ने ह