निर्णय नं. ९२९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/02 २०६४ निर्णय नं. ९२९ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको रि.फु.नं. ३७ आदेश भएको मिति : २०३२।९।२।३ निवेदक : इलाम फिकल आदर्श गा.पं.वार्ड नं.८ आहाले बस्ने लोकप्रसाद राई विरुद्ध विपक्षी : शाखा अधिकृत जि.भू.सु.कार्यालय इलामसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) म्याद नघाई कूत धरौट राखेकोलाई मान्यता दिने गरी गरेको भू.सु.कार्यालयको निर्णय कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । प्रत्यक्ष कानूनी त्रुटिपूर्ण निर्णय गरेको देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा : परमानन्दप्रसाद सिंह वि.श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयतसमेत (रि.फु.नं ३२) आदेश न्या. सुरेन्द्रप्रसाद सिंह १. प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भनी निवेदक लोकप्रसादको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : घुर्विसे पाखाबारी कित्ता १ टिमुरे डाँडा बारी कित्ता १ समेत कि.नं.७६,१२९ मा दर्ता भई पुर्जा पाएको कूत नबुझाएकोले कूत दिलाई मोहीबाट निष्कासन गरिपाउँ भन्ने लोकप्रसादको वादी, गा.पं.कार्यालयमा धरौट राखी भरपाई लिएको छु मोही कायम गरी पाउँ भन्ने समेत बलबहादुरको बयान भएको कूत दिलाई मोही निष्कासन गरिपाउँ भन्ने मुद्दामा नगदी कूत लिने व्यवस्था भएको नदीको लेख भएकोमा दावी बमोजिमको कूत पञ्चायतमा धरौट राखेको हुँदा म्याद नघाई धरौट राखेकै मात्र आधारले मोहीबाट हटाउन उपयुक्त भएन । धरौट रहेको वादीलाई बुझाई जग्गा प्र.वादीले जोत्न पाउने गरी ०२९।१२।२१ मा भू.प्र.कार्यालय इलामबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक लोकप्रसादले दिएको रिट निवेदनमा पुस मसान्तसम्ममा जग्गावालालाई कूत बुझाउनुपर्ने नबुझे ३० दिनभित्र धरौट राख्नुपर्नेमा फागुन २८ गते धरौट राखेको म्याद नाघेको छ । म्याद नघाई धरौट राखेकोमा बुझाएको नमानिने कानूनी व्यवस्थाको प्रतिकूल गर्दै भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (२) को र ऐ.नियम ४६ को कानूनी त्रुटि गर्दै म्याद नाघी धरौट राखेको मैले बुझिलिनुपर्ने गरिएको छ । म्यादभित्र वाली नबुझाउने धरौट नराख्ने मोहीलाई निष्कासन गर्नुपर्ने दफा २९ को उपदफा (१) को कानूनी व्यवस्थाको समेत प्रतिकुल गरी विपक्षीले जग्गा जोत्न पाउने निर्णय गरिएको छ । उत्प्रेषणको आदेश जारी गरी विपक्षीले गर्नु भएको निर्णय बदर गरी कानूनबमोजिम निर्णय गर्नु भन्ने परमादेश जारी गरी संवैधानिक तथा कानूनी हक प्रचलन गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको देखिन्छ । ४. भूमि सम्बन्धी ऐन, ०२१ को दफा ३६ को उपदफा २ मा म्याद नाघी धरौट राखेकोमा कूत बुझाएको मानिने भनी भनिएको छैन म्यादभित्र कूत नबुझाई धरौटसमेत राख्ने मोहीलाई भूमिसम्बन्धी ऐनको दफा २९ (१) मा मोहीलाई निस्काशन गर्नैपर्छ भन्ने अनिवार्य देखिदैंन । निष्कासन गर्न सक्ने आदेश दिन सक्नेछ भन्ने मात्र उल्लेख भएको देखिंदा कसूर हेरी निष्कासन नगर्न पनि सक्ने कानूनको प्रष्टै मनसाय बुझिन्छ । कूत दिलाई निष्कासन गरिपाउँ भन्न