निर्णय नं. ८१९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१९ - ज्यान भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/१० ३२५० निर्णय नं. ८१९ ने.का.प. २०३१ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०३० सालको फौ.सा.नं.६४, फौ.पु.नं. ५७९ फैसला भएको मिति : २०३१।३।१०।२ मा पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : रामेछाप जिल्ला गागल गा.पं.वडा नं.९ साहूने बस्ने धनमाया क्षेत्रीनी मुद्दा : ज्यान (१) जबरजस्ती करणी गरेको रीस थाम्न नसकी १ घण्टाभित्रै करणी लिएको थलोमै मारेको देखिन आए सजायको भागी नहुने । अब कस्ले कर्तव्य गरी मारेको हो भन्नेतर्फ विचार गर्दा चुलामा आई छोरा नरबहादुरले मलाई लडाई बलात्कार करणी गर्‍यो । ढोका उघार्न जाँदा उघार्न दिएन आधा घण्टापछि मझेरीमा जबरजस्ती करणी गर्‍यो । सोपछि पनि मलाई नछोडी १ घण्टापछि ओछ्यानमा करणी गरेपछि लठ्ठ जस्तो भई सुतेकोले म आमाजस्तोलाई करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी गरेको १ घण्टाभित्रै मासु काट्ने खुकुरीले रेटिदिएँ । छटपट गर्दै थियो । रेटेको रेट्यै गरी चल्न छाडेपछि छोरा सेरिई मरे भनी खलबल गरें मेरै कर्तव्यबाट मरेको भन्ने प्र.धनमायाले प्रहरीमा कागज गरी सावित भएको सोकुरा लालबहादुर जैसी भन्नेले सिकाएबाट भनेको हुँ, मेरो कर्तव्य होइन, आफैं सेरिई मरेको हो भनी धनमाया अदालतमा आई इन्कारी भए तापनि लालबहादुर, र जसि भन्ने कनिकादेवीले सिकाएको भन्ने कुरामा प्र.धनमायाले सबूत प्रमाण दिन गुजार्न नसकेकोले निजहरूले सिकाएको भन्न मिल्ने देखिँदैन । मौका तहकिकात लासजाँच सर्जमिन मुचुल्काबाट मर्ने नरबहादुर धनमायाकै कर्तव्यबाट मरेकोमा शंका देखाई सर्जमिनहरूले लेखिदिएको देखिएको लासजाँच सर्जमिनबाट र प्रहरी प्रतिवेदनबाट धनमायाले प्रहरीमा गरेको सावित कागज समर्थित भएको देखिने सो कागज गरिदिएको हुँ भनी धनमाया आफैंले अदालतमा पनि बयान गरेकोबाट समेत प्र.धनमायाले नै कर्तव्य गरी नरबहादुरलाई मारेको देखिन आउँछ । त्यसरी छोरालाई मार्नुपर्ने अन्य रिस कारण पनि देखिन नआई मर्ने छोरा नरबहादुरले जबरजस्ती करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी लिएको १ घण्टाभित्रै करणी लिएको थलोमै खुकुरीले रेटी छोरा नरबहादुरलाई मारेको देखिन आएको र प्रहरी प्रतिवेदनमा पनि जबरजस्ती करणीको ८ नं. अनुसार गर्नुपर्ने भन्ने उल्लेख भएबाट समेत जबरजस्ती करणीको ८ नं. ले कर्तव्यवाला प्र.धनमाया सजायको भागी नहुने हुँदा सजाय गर्ने गरेको शुरू जि.अ. रामेछापको इन्साफ उल्टी गरी रिहाई दिने ठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन गरेबापत वादी श्री ५ को सरकारलाई केही गर्नु परेन मुद्दा किनारा भएको जानकारी निमित्त यो फैसलाको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. १७) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा जनकपुर अञ्चल अदालतको इन्साफउपर वादी श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : २०२४ साल आश्विन ११ गते धनमायाले गुहार पुकार गरेको सुनी जाँदा नरबहादुर घाँटीमा हतियारले काटेको चोटबाट मरिरहेछ, मगज विग्रेको मानिस हो । आफैं अपहत्या गरी मर्‍यो वा कर्तव्य परी मरेको हो थाहा भएन भनी धनमायाले भनेको हेर्दा घाँटी काटिएको देखिएकोले लासजाँच मौका तहकिकात गरिपाउँ भन्ने समेत खिलबहादुरको जाहेरी दर्खास्त । ३. छोरा नरबहादुर मगज बिग्रेको मानिस हुनाले आफैं सेरिई मरेको हुनुप