निर्णय नं. ८२० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२० - अंश भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/२५ २२६३ निर्णय नं. ८२० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. ११८ फैसला भएको मिति : २०३१।३।२५।३ निवेदक : नुवाकोट जिल्ला वेलकोट बस्ने सोमकुमारी उपाध्याय विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने चेतमाया जैसिनी मुद्दा : अंश (१) तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भनी नालिस २०१९।२।१७।४ मा दर्ता भएको देखिए नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. बमोजिम निर्णय हुने । यसमा प्रतिवादी सोमराजबाट पनि अंश दिलाइपाउँ भनी वादीले दावी गरेकोमा निज सोमराजपट्टिको हकमा वादीले केही सम्पत्ति लिनुदिनु गरी दावी छाडी मिलापत्र गरिसकेकी देखिनाले प्रतिवादी सोमकुमारीपट्टि मात्र निजबाट वादीले अंश पाउने नपाउने र पाउने भए के कति भाग पाउने हुन्, त्यतिसम्म कुराको अहिले यसबेञ्चबाट निर्णय हुनु पर्ने देखिन्छ । प्रतिवादी सोमकुमारीसमेतबाट वादीले अंश पाउने ठहराई बागमती अञ्चल अदालतले छिनेउपर प्रतिवादी सोमकुमारीले पुनरावेदन नै नगरेकी र हाल बहससमेतमा निज सोमकुमारीले वादी अंशियारै होइन, मैले अंश दिनु पर्दैन भन्नेतर्फ कुनै जिकिर पनि नउठाएकीले निज सोमकुमारीबाट वादीले अंश पाउने कुरा निर्विवाद हुँदा त्यसतर्फ अरू शंका गरिरहनु परेन । अब के कति भाग पाउने हो भन्नेतर्फ वादी आफू ल्याइते भन्ने कुरामा स्वयं सावित हुनाले तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भन्ने हाल प्रतिवादी सोमकुमारीको मुख्य जिकिर भएको र न्यायिक समितिबाट पनि तर्क उठाइएकोले त्यसतर्फ हेरेमा वादी आफू वैद्यनाथको ल्याइते स्वास्नी हुँ भनी फिरादपत्रमै उल्लेख गरेकी र प्रस्तुत नालिस नयाँ मुलुकी ऐन लागू हुनुभन्दा अगावै २०१९।२।१७।४ मा दर्ता भएको देखिन आएर दे.फु.नं. ३३६ धनकुमारी विरुद्ध पवनकुमारीको अंश धनमाल मुद्दामा ०२२।९।१३।३ को फुल बेञ्चबाट निर्णय हुँदा कानून व्याख्यासम्बन्धी सिद्धान्तअनुसार वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा जुन ऐन लागू थियो, साधारणतः सोही ऐनबमोजिम पक्षहरूको हकबेहकको निर्णय गर्नुपर्ने ठहर भइराखेको समेत हुँदा नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. को तालिका अनुसार ल्याइते वादीले २० को १७ खण्डे हिसाबले पाउनेजति मात्र अंश पाउने देखिन्छ । तसर्थ वादी चेतमाया १ प्रतिवादी सोमराज १, प्रतिवादी सोमकुमारी १ समेत ३ अंशियार देखिएकोले शुरू फैसलाले कायम गरिराखेको सोमकुमारीको तायदातीबमोजिमको निजको जिम्मा रहेको विगो रू.८३७८। सम्पत्ति उक्त अंशबण्डाको ६ नं. अनुसार २० को १७ खण्डे हिसाबले सोमकुमारीको भाग २० सोमराजको भाग २०। वादी चेतकुमारीको भाग १७ समेत जम्मा ५७। मा १७ भाग वादीले पाउने हुँदा सो हिसाबबाट हुन आउने जम्मा रू.२४९८।७० को श्रीसम्पत्ति वादीले प्रतिवादी सोमकुमारीबाट अंश पाउने ठहर्छ । ३ खण्डको १ खण्ड पाउने ठहराएको सम्म ०२९।२।१७।३ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १८) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : (दे.फु.नं. ३३६ धनकुमारी वि.पवनकुमारी, अंश) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने निवेदकको निवेदन परेकोमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको स