निर्णय नं. ८२१ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२१ - लिखत पास भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/१८ २२४० निर्णय नं. ८२१ ने.का.प. २०३१ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १५८ फैसला भएको मिति : २०३१।३।१८।३ निवेदक : जि.बारा ब्रहृमपुरी गा.पं.बस्ने नरसिंहप्रसाद साहू विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने वनवारी साहू तेली मुद्दा : लिखत पास (१) घरको मुख्य जानिफकार बाबु छँदाछँदै १७ बर्षको छोराको नाममा गराएको लिखत कानूनले बन्देज गराएको कुरा नहुने । सो राजीनामामा हक छाडिदिएको जग्गा विगाहा २ जग्गा विगाहा २।।।२।।।४ मध्ये भन्ने लेखिएकोमा सो २।।।२।।।४ को अंक बेगलै मसीले पछि थपेको भन्ने जुन तर्क उठाइएको छ, त्यसको सम्बन्धमा उक्त राजीनामा लिखत हेर्दा २।।।२।।।४ को अंकको मसी केही गाढा जस्तो देखिन आएको पनि खुद हक छाडिदिएको जग्गा विगाहा २ को अंक त्यस्तो नभएकोले मध्ये जनाएको अंकको मसी केही गाढा हुँदैमा त्यसले लिखतको औचित्यमा कुनै असर पुर्याउने देखिँदैन । घरको मुख्य जानिफकार बाबु छँदाछँदै बर्ष १७ को छोराको नाममा लिखत गराएको भन्ने हकमा त्यो कानूनले बन्देज गरेको कुरा होइन र झुक्याई सही गराएको भन्ने प्रतिवादी जिकिरलाई त्यसले कुनै मद्दत गर्न पनि सक्दैन । (प्रकरण नं. १५) (२) कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु नपर्ने त्यस्तो रसिद सौंपनु पर्ने कारण राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउने । खास गरी पहिले प्रतिवादीमा कपाली तमसुक भनी झुक्याई सही गराएको भन्ने जिकिर लिए पनि पछि कागज सुनाई बयान गराउँदा जग्गा लेखिदिएको भन्ने कुरा स्वीकार गरी निज प्रतिवादीले बयान गरेको छ । उक्त राजीनामामा लिखतमा ०२१ सालको रसिद नक्कल सौंपि दिएँ भन्ने लेखिएको ०३०।३।१५।६ को फुबलेञ्चको आदेशबमोजिम सो रसिद नक्कल वादीबाट पेश दाखिल गराई प्रतिवादीलाई देखाए सुनाएकोमा सो रसिद नक्कलको पिठमा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त छ भनी लेखिएको ठाउँमा लागेको दायाँ ल्याप्चे सहिछाप कीर्ते हो भनी प्रतिवादीले बयान गरेको देखिन्छ । तर सो ल्याप्चे सहिछाप निज प्रतिवादीको मिसिल सामेल ०२९।७।६।६ को वारेसनामामा लागेको ल्याप्चे सहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जचाउँदा वारेसनामामा लागेको दोस्रो ल्याप्चे नबुझिने र पहिलो ल्याप्चे रसिदको पिठमा लागेको पहिलो ल्याप्चेसँग मिलेको भनी विशेषज्ञले राय व्यक्त गरेकोबाट सो ल्याप्चे सही कीर्ते हो भन्ने प्रतिवादीको जिकिर समर्थित हुन आएन । कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु पर्दैन । त्यस्तो रसिदको नक्कल सौंपनु पर्ने कारण त राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउँछ किनकी रजिष्ट्रेशनको १७ नं. अनुसार राजीनामा लिखत रजिष्ट्रेशन पास गराउँदा राजीनामा दिएको जग्गामा आसामीको हक भएको हकको प्रमाण पेश गर्नुपर्छ । राजीनामा गरिदिएको नभए लिखतसाथ रसिदको नक्कल सौंपिदिनु पर्ने नै थिएन । यसबाटै राजीनामा लिखत गरी दिएलिएको सद्दे साँचो व्यवहार रहेछ भन्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता केशवनाथ शर्मा उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भनी निवेदकले दिएको निवेदनमा भएका न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्यादिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक