निर्णय नं. ९३२ - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२ - चोरी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2026/01/05 २७१२ निर्णय नं. ९३२ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको फौज्दारी पुनरावेदन नम्बर ५५९ आदेश भएको मिति : २०२६।१।५।५ प्रतिवादी पुनरावेदक : का.ई. डुगंबहिल बस्ने अक्कलबहादुर खड्गी विरुद्ध वादी विपक्षी : श्री ५ को सरकार मुद्दा : चोरी (१) सयकडा बढी मुनाफा लिएको देखिए चोरीको माल भनी निजलाई थाहा भएकै कुरा देखिन आउने त्यस्तोमा चोरीको २४ नं.बमोजिम सजाय हुने । (प्रकरण नं. ५) विपक्षी तर्फबाट : का.मु. सरकारी अधिवक्ता इन्द्रराज पाण्डे फैसला न्या. लोकराज १. लोकसेवा आयोगको सरकारी मोटरको चक्का सहितको बिगो रु. ४७०।६३ बिगोको पांग्रा चोरी गर्ने रामबहादुर समेत दाखिल गरेको छु भन्ने पुलिसको रिपोर्ट साथ पक्राउ भई आएको रामबहादुरले उक्त पांग्रा चोरी गरी अक्कलबहादुरलाई बिक्री गर्न लगाई आएको रु.३२५। मध्येबाट मैले २४०।– रु.लिए बाँकी ६५।– रुपैयाँ अक्कलबहादुरले लिए सो रुपैयाँ खर्च गरी खाइसक्यो कानूनले जो ठहर्छ भन्ने बयान र रामबहादुरले चोरीगरी मलाई बिक्री गरिदेउ भनी दिएको चक्का सहितको पांग्रा लिई थिरत्नलाई रु.३२५।– मा बिक्री गरी ६५।– रुपैयाँ मैले लिई बाँकी २५०।– रामबहादुरलाई दिएको हुँ । रामबहादुरले चोरी गरेको भन्ने थाहा थिएन भनी बयान गर्ने अक्कलबहादुर चोरीको हो भनी नजानी अक्कलबहादुरसँग चक्का सहितको मोटरको पांग्रा रु.३२५।– मा खरिद गरेको हो कानूनले जे ठहर्छ भन्ने थिरत्नसमेतको बयान भएको यस मुद्दामा सरकारी अभियुक्तसमेत रोहवरमा राखी इन्साफतर्फ विचार हुँदा चोरी गरेमा रामबहादुर र चोरीको माल बिक्री गरी हिस्सा खाएमा अक्कलबहादुर निज अक्कलबहादुरसँग चोरीको माल सन्धी पारी खरिद गरेमा थिरत्नसमेतको सावित भई बयान गरेको सावितीका हकमा अरू केही विचार गर्नु नपरी भएसम्मका परीबन्धबाट माथि लेखिएकै कसूर गरेको ठहर्छ भन्ने ०२४।१०।१४।१ को श्री अञ्चलाधीशको कार्यालय बागमती अञ्चलका सहायकअञ्चलाधीशले गरेको फैसला । २. लोकसेवा आयोगको सरकारी मोटरको चक्का सहितको पांग्रा चोरी गरी पक्राउ भइ आएका रामबहादुरको बयानबाट माल बिक्री गरी रु.६५।– कमिशन खाएको भन्नेसमेत रामबहादुरको बयान र उक्त माल चोरी गरी ल्याएको भन्ने मलाई थाहा छैन माल बिक्री गरिदेउ तिमीलाई कमिशन दिन्छु भनेबाट कमिशन खाने चलन भई कमिशनसम्म खाएको हुँ भन्ने मेरो बयान भएकोमा कमिशन खाएकोलार्इं चोरीको माल बिक्री गरी बाँडी खाएको भन्ने अभियोग लगाई श्री सहायक अञ्चलाधीश बागमती अञ्चलको फैसलामा चित्त बुझेन भन्नेसमेतको प्रतिवादी अक्कलबहादुर खड्गीको पुनरावेदन । ३. रामबहादुर ड्राइभरले मोटरको पांग्रा आफूले चोरी गरेमा सावित भएको चोरी ल्याएको भन्ने कुरा अक्कलबहादुरलाई थाहा दिएको निजको बयानबाट नदेखिएको चोरी ल्याएको भन्ने नजानी मोटरको पांग्रा चालक रामबहादुरबाट लिई अर्को थिरत्नलाई बिक्री गरी दिई केही फाइदा उठाएमा अक्कलबहादुरलाई चोरीको माल भन्ने थाहा नभई अन्जान हुँदा चोरीका १२।२० नं.बमोजिम सजाय गर्न नमिल्ने देखिएको र सोही चोरीका २३।२४ नं.बमोजिम सयकडा बढी मुनाफा पाउने गरी लिई राखी बिक्री गरी बीचमा मुनाफा उठाएकोसम्म हुँदा निज पुनरावेदक अक्कलबहादुरलाई चोरीको २४ नं.बमोजिम सजायँ गर्नुपर्ने देखिएकोले अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलको निमित्त अधिवक्ता उपस्थित गराउनु होला भनी महान्यायाधीवक्ताको कार्यालयलाई पेशीको १५ दिन अगावै सूचना पठाई