निर्णय नं. ८२२ - गठी जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२२ - गठी जालसाजी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०१/१० ३११५ निर्णय नं. ८२२ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको फौ.फु.नं. २७ फैसला भएको मिति : २०३१।१।१०।३ निवेदक : नेपालगञ्ज धुम्वोजी लाइन बस्ने रामलखन भन्ने लखनलाल काडु विरुद्ध विपक्षी : ऐ.घरबारी टोल बस्ने डिल्लीराम न्यौपानेसमेत मुद्दा : गठी जालसाजी (१) वादीका लेखबाटै देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको, ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी गरेको नालिस अ.बं.७२।८२ र ठगीको १ नं.बमोजिम खारेज हुने । यसमा ठगी र जालसाजीको ऐनअन्तर्गत दावी गरी विगो भराइपाउँ भन्ने समेत वादी कानूनबमोजिम देवानी मुद्दा वा फौजदारी मुद्दाको फिराद दायर गर्न पाउने वादीलाई कानूनले बन्देज लगाएको छैन । फौजदारी अपराधमा नोक्सान हुन गएको विगोमासमेत फौजदारी मुद्दाबाटै दावी गर्न सकिने कुरा हो । विगोमा दावी गर्‍यो भन्दैमा देवानी मुद्दासमेत मिश्रित भएको भनी डिभिजन बेञ्चले अ.बं.७२ नं.लगाई खारेज गरेको मिलेको छैन भनी वादीतर्फका विद्वान अधिवक्ताले बहसमा जोड दिनुभयो । वादीको लेखाइमा हेर्दा बयान गरेको रू.२३२३। र तपाईंले थैली थपी राजीनामा लिइदिनुहोस् भनी बयानको कागजको साथै डिल्लीरामलाई दिएको रू.१६००। सम्बन्धित जग्गामा देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ समेत भराइपाउँ र डिल्लीरामको छोराको नाममा सम्बन्धित घर जग्गाको जालसाजी राजीनामा गरेको बदर गराइपाउँ भन्ने समेत वादीको लेखाइमा खुलाएको देखिन्छ । बयानको लिखत गरी लिनुदिनु गरेको भनेको र लिखतै नगरी पत्यारले डिल्लीरामलाई रू.१६००। दिए भनेको कलमका हकमा ठगीको १ नं. को परिभाषाभित्र नपर्ने, पत्यारमा कार–व्यवहार गरेको भन्ने उल्लेख देखिने, देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ वादीले जो खर्च गरेको भनेको छ, सो कुनै भनाई वा ललाई फकाइमा परी वा झुक्यानमा परी खर्च गरेको भन्ने नदेखिएको हुनाले सो कलमको दावी फौजदारी भन्न नमिल्नेसमेत वादीकै लेखबाट देखिन आउँछ । वादीतर्फका विद्वान अधिवक्ताले प्रस्तुत मुद्दामा देवानीको बिषय समावेश भएको छैन भनी गर्नुभएको तर्क युक्तिसंगत भएन । वादीका लेखबाट देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी नालिस गरेको देखिएको हुनाले समेत अ.बं.७२।८२ र ठगीको १ नं. बमोजिम यो वादीको फिरादबाट कारवाही तहकिकात गर्न नमिल्ने देखिँदा खारेज गर्ने गरी ०२८।८।५।१ को डिभिजन बेञ्चले फैसला गरेको मनासिव ठहर्छ । निवेदक रामलखन भन्ने लखनलाल कादुले मुद्दा दोहर्‍याएमा डिभिजन बेञ्चका फैसलाले जरिवाना गरेको नहुँदा अ.बं.२०४।२०३ नं.बमोजिम रू.१। एक जरिवाना हुन्छ । वारेस हुँदा असूल गर्न लगत दिन नियमबमोजिम मिसिल बुझाइदिनु । (प्रकरण नं. १३) फैसला न्या. झपटसिं रावल १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।१।२८ मा हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : रामलखन बनियाको घर सो उत्तर समेत