निर्णय नं. ८२३ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२३ - जग्गा खिचोला भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०४/२५ २५२० निर्णय नं. ८२३ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. ११९ फैसला भएको मिति : २०३१।४।२५।६ निवेदक : कास्की मौजे कोटभनी भाटथर काफलगेरे बस्ने रत्नलाल रानाभाटको सकार गर्ने माया भटेनी विरुद्ध विपक्षी : ऐ. लाहाचोक बस्ने बालु रानाभाटसमेत मुद्दा : जग्गा खिचोला (१) तत्काल प्रचलित साहू आसामीको ४नं.– भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार तमसुक नै दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गराई लिनुदिनु गर्नुपर्ने तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको भरपाइले कानूनी मान्यता पाउन सक्ने नदेखिने । यही दर्ताको जग्गा वादीले प्रतिवादी गोवर्द्धन भन्ने रत्नलालको दाजु जगलाल रानाभाटबाट रू.११००। मा १९७६ सालमा भोगबन्धकी लिएको सो भोगबन्धकी थैली रू.११०० मध्ये गोवर्द्धन भन्ने रत्नलालको बण्डा रू.५५०। वादीले बुझी ०१५।१०।२८।३ मा भरपाई गरिदिएको भनी प्रतिवादीहरूबाट पेश हुन आएको सो भरपाइसमेतमा झुक्याई सही गराएको भन्ने वादीको उजूर दावी भएको पाइन्छ । सो भरपाई हेर्दा त्यसमा यही जग्गा भन्ने प्रष्ट उल्लेख छैन र भोगबन्धकीको दोहरीसमेतको प्रमाण प्रतिवादीहरूबाट पेश दाखिल हुन आएको पनि पाइँदैन । सावाँमध्ये केहीमात्र भर्ना दिँदा लिँदा तमसुक वा खाता बही भरपाइसमेत जो लिखत भएको छ, त्यसैको पिठमा दरपिठ गर्नु अथवा लिखत नपाएकोमा रीतपूर्वकको भरपाई गरी दिनुलिनु गर्नुपर्छ भन्ने तत्काल प्रचलित साहू आसामीको नं.४ मा व्यवस्था भएको, साथै भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार सो तमसुककै पिठमा दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गरी दिनुलिनु पर्ने थियो । रूपैयाँ बुझाई तमसुकमै दरपिठ जनाएको भन्ने प्रतिवादीहरूकै भनाई नभएको र छुट्टै लिएको भनेको उक्त भरपाइमा तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको समेत हुनाले उक्त भरपाइले कानूनी मान्यता पाउन सक्ने देखिँदैन । त्यस्तो भरपाइको आधारमा यही झगडा परेको जग्गा वादीले भोगबन्धकीमा लिई प्रतिवादी गोवर्द्धन भन्ने रत्नलालबाट अघि थैली बुझी जग्गा छाडिदिएको भन्न नमिल्ने प्रष्ट छ। (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला न्या. वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहराएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : गोवर्द्धन भन्नेलाई फकाई आफ्नो पक्षको मानिस साक्षी राखी बेदाममा बालु चन्द्रवीरले ०१६ साल श्रावण महिनामा अड्डा भोर्याई गोवर्द्धन भन्ने मानिसलाई मेरो नाम मिलाई रै.नं. ५ कि. ८७४ को घर अगाडि पछाडिको बिजन पाथी १ को पाखामध्ये घरपछाडिको विजन माना ।।४ पाखो ने.रू.७००। मा राजीनामा पास गरी ल्याएको कुरा हाल तोरी छर्दा यो जग्गा तिमीले खान पाउँदैनौ भन्ने हाल जवाफ दिएबाट ठाडै बुझिदिनु भन्ने पोखरा अदालतका नाममा आदेश पाउँ भनी रत्नलाल रानाभाटले चढाएको निवेदनपत्रमा ठाडै बुझी ऐनबमोजिम गरी निर्णय गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भएको । ३. सो जग्गा ९० सालको नापीमा मेरो नाममा दर्ता भई मैले भोगचलन गरी तिरो तिरी रसिद लिएको जग्गालाई गोवर्द्धन भन्ने रत्नलाल भन्ने नाम राखी बाल