निर्णय नं. ८२४ - बिक्री बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४ - बिक्री बदर भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०४/११ २१४८ निर्णय नं. ८२४ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको दे.फु.नं. १०७ फैसला भएको मिति : २०३१।४।११।६ निवेदक : रुकुम मुसिकोट लहु गाउँ बस्ने तिलकराम खड्का विरुद्ध विपक्षी : ऐ. थमारु गाउँ बस्ने जङ्गबहादुर वलीसमेत मुद्दा : बिक्री बदर (१) वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्थाको नदेखिई वादीको वारेसले तारिख गुजारेको मुद्दा अ.बं.१७९ तथा १८५ क.अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने । वादी दावीको प्रसंगसमेतबाट प्रस्तुत मुद्दामा वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्नलाई वादी दावीमा ५ खण्डको ४ खण्ड बदर गरिपाउँ भनेकोमा दावीअनुसार ४ खण्ड नै बदर हुने हो भनी पूरैमा ४ खण्ड बदर हुने होइन ३ खण्ड २ खण्ड १ खण्डमात्र बदर हुने हो भनी आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको प्रतिउत्तरपत्र वा मिसिल सामेल रहेको अरू प्रमाणबाट देखिन ठहर्न आउनुपर्छ, अनिमात्र त्यस्तो भन्न मिल्ने हुन्छ । प्रतिउत्तरपत्र हेर्दा लेखिएको खेत निजहरूको भागबण्डामा पर्ने भए पनि मौकामा नै उजूर गर्नुपर्ने थियो भन्ने उल्लेख गरेको र वादीमध्ये सर्वजीतबाट रू.८५०। झुमलालबाट रू.८५०। प्रतिवादी अम्बरबहादुरबाट रू.१५००। मा घरायसमा छुट्टाछुट्टै राजीनामा गराइलिएको भनी अरू अरू जग्गाको राजीनामा लिखतहरू प्रमाण दिई पेश गरेको समेतबाट झगडा परेको जग्गा वादीहरूको भागबण्डामा पर्ने होइन भन्ने व्यक्त गरेको पाइन्छ । वादी दावीअनुसार वादीहरूसमेतको भागबण्डा लाग्ने र लिखत बदर हुनु पर्ने भन्ने कुरा प्रतिउत्तरपत्रमा कतै पनि स्वीकार गरेको नदेखिएको र त्यस्तो कुनै प्रमाण पेश पनि नभएकोले वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्था देखिएन । (प्रकरण नं. १६) तसर्थ उपरोक्त कारणहरूबाट शुरूमा वादीहरूको वारेसले तारिख गुजारेको यो मुद्दा अ.बं.१७९ तथा १८५ क.नं. अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने हुँदा शुरू रुकुम जिल्ला अदालतले ०२८।७।१८।५ मा डिसमिस गरेको मनासिव छ इन्साफ गर्ने गरेको राप्ती अञ्चल अदालतको सदर गरी ०२९।११।२५।५ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : अन्यायको अम्बरबहादुर र हामीहरू समेत ०१८।२।१५ गते मानो छुट्टी बसी अचल सम्पत्ति सगोलमा राखी आयस्ता बण्डा गरी खाने गरिआएकोमा सिमलबोट भन्ने खेत मुरी ।१० मध्ये ।३ हामीहरू घरमा नभएको अवस्था अन्यायको अम्बरबहादुर दिने तीलकरामले लिने गरी रू.३५००। मा ०२६।१२।२७ मा राजीनामा पास गरी दिनुलिनु गरेको ०२७।८।२९ गते थाहा पाएको हुँदा हाम्रो समेत अंश भागमा पर्ने जग्गा हामीहरूको मञ्जुरी नलिई लिनुदिनु गरेको राजीनामा बदर गरी हाम्रो हक ५ खण्डको ४ खण्ड फिर्ता गराइपाउँ भन्ने समेत जङ्गबहादुर, रूपलाल, सर्वजीत नन्दकलीसमेतको फिराद । ३. वादीहरूको बेमञ्जुरी भए यी वादीवाला मध्ये सर्वजीत वलीले मबाट रू.८५०